संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज
संस्कृतिविद् सत्यमोहन जोशी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ। छाती दुखेपछि उनी २५ माघमा अस्पताल भर्ना भएका थिए।
संस्कृतिविद् जोशीको मुटुमा समस्या देखिएको थियो। त्यस्तै, उनको छातीमा निमोनिया भएको थियो। छातीरोग विशेषज्ञ डा.मिलेशजंग सिजापतीको टोलीले जोशीको उपचार गरेको थियो।
एक साता अस्पताल बसेका जोशीलाई अक्सिजनको सपोर्टमा राखिएको थियो। उनलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमै राख्नुपर्ने अस्पतालले जनाएको छ।