कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
मंगलबार बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले १ फागुनमा प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन्।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ४ फागुनमा प्रतिनिधि सभाको बैठक बोलाएका छन्।