प्रतिनिधि सभा बैठक पाँचौं पटक स्थगित
२६ माघमा बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
प्रतिनिधि सभाको अर्को बैठक २ फागुनमा बस्ने संसद् सचिवालयद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ। पछिल्लो एक महीनामा प्रतिनिधि सभा बैठक पाँचौं पटक स्थागित भएको हो।
यसअघि २२ पुस, २८ पुस, ३ माघ र १६ माघ बस्ने भनिएको बैठक पनि सूचना टाँसेर स्थगन गरिएको थियो।