गोपाल किरातीलाई एनेकपाबाट निष्कासन गरेको दाबी
गोपाल किराती नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) ले उनलाई नै पार्टीबाट निष्कासन गरेको दाबी गरेको छ।
एनेकपाको केन्द्रीय समिति बैठकले किरातीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जनाइएको छ। यससँगै बैठकले आलोक रायमाझीलाई अध्यक्ष चयन गरेको विज्ञप्ति मार्फत जनाएको छ।
१४-१८ माघमा बसेको आठौं पूर्ण विस्तारित बैठकले किरातीलाई निष्कासन गरेर आफूलाई अध्यक्ष बनाएको रायमाझीले जानकारी दिएका छन्। यस सम्बन्धी विस्तृत जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए।