मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ।
नागरिक अभियानकर्मी तारानाथ दाहालले उजुरी दिएका हुन्। उनले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका छन्।
५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नसंहार दोहो¥याउने धम्की दिएकी थिइन्। ७ चैत, २०६३ मा तत्काली मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए।
मन्त्रीको उक्त अभिव्यक्तिले विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्धन्द फैलाउने कारबाही गर्न उजुरीमा माग गरिएको छ। कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरी जाहेरी दरखास्त हुलाकमार्फत रौतहट प्रहरीलाई पठाएको दाहालले बताए।