छुट्टै भेला गरेर कमल थापाले भने- राप्रपाका कसैलाई पनि नयाँ पार्टीमा आउन करकाप गर्दिन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्।
राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले सोमबार काठमाडौंमा आफू पक्षीय कार्यकर्ताको भेलामा नयाँ पार्टी खोल्न लागेको बताएका हुन्। थापाले भने, “नयाँ यात्रामा आउन म कसैलाई पनि करकाप गर्दिन, आफैले विवेक प्रयोग गर्नुहोला।”
अध्यक्ष लिङ्देनले आफ्नो माग प्ररा गरेको अवस्थामा भने आफू राप्रपामा रहन तयार भएको थापाको भनाइ छ। उनले भने, “सकेसम्म नयाँ पार्टी खोलेर दुःख गर्न चाहन्न, तर जति मलाई भित्तामा पु¥याउने प्रयास हुन्छ त्यत्ति नै ‘रिबाउन्ड’ भएर आउँछु।”
राजदरबारले हस्तक्षेप नगरे आफू अझै पनि राजतन्त्रको अजेन्डा बोकेर हिंड्न तयार रहेको पनि थापाले बताए।