प्रकाशशरण महत कांग्रेसको प्रवक्ता नियुक्त
नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्। उनलाई सोमबार प्रवक्ता नियुक्त गरिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जनाएका छन्।
उनी कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। यसअघि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
यसअघि कांग्रेसका प्रवक्ता रहेका विश्वप्रकाश शर्मा थिए। महामन्त्रीमा निर्वाचित भएपछि उनले राजीनामा दिएका थिए।