कर्णाली र सुदूरपश्चिममा हिमपात (तस्वीरहरू)
पश्चिमी वायुको प्रभावले मौसम बदली हुँदा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
गएरातिदेखि कर्णालीको हुम्ला, जुम्ला, रुकुम (पूर्व) का विभिन्न भागमा हिमपात भएको छ। लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ।
त्यस्तै, सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा र डोटीका उच्च पहाडी भूभागमा हिमपात भएको छ।
हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध छ। गएरातिदेखि परेको हिउँले राजमार्गमा अवराेध पैदा भएको इलाका प्रहरी कार्यालय, बुडरले जनाएको छ।