माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता खारेजीकाे मागसहित आयोगमा निवेदन दर्ता भएका बताए। उनले भने, “दल दर्ता खारेजीको माग गर्दै एउटा निवेदन दर्ता भएको छ।”
माओवादीका पूर्वनेताहरूले बुधबार माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन्। माओवादी केन्द्र प्रचलित कानून र विधानसम्मत नचलेको भन्दै दर्ता खारेज गर्न माग गरिएको छ।
अधिवक्ता सरोज बुढाथोकीको नामबाट निवेदन दर्ता भएको आयोगले जनाएको छ। माओवादी केन्द्रका पूर्वनेता लीलबहादुर थापा लगायत आयोग पुगेका थिए।