आज जोर नम्बरका सवारी मात्र चलाउन पाइने
काठमाडौं उपत्यका लगायत तोकिएका ठाउँमा चल्ने सवारीसाधनमा आजदेखि नेपाली महीनाको गतेअनुसार जोर/बिजोर प्रणाली लागू भएको छ। आज जोर नम्बर मात्र चलाउन पाइनेछ।
गृहमन्त्रालयले बुधबार सूचना जारी गरेर जोर/बिजोर प्रणाली लागू गरेको छ। अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा यो प्रणाली लागू गरिएको हो।
अब जोर गते जोर नम्बर भएका र विजोर गते विजोर नम्बर भएका सवारी साधन मात्र चलाउन पाइनेछ। आज २२ साउनमा जोर नम्बर मात्र चलाउन पाइनेछ।
काठमाडौँ उपत्यका लगायत सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेका जिल्लामा पनि जोर/बिजोर प्रणाली लागू भएको छ। ती सबै स्थानमा आज जोर नम्बर भएका सवारीसाधन मात्र चलाउन पाइनेछ।
कोभिड(१९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था लागू गरेको हो। तोकिएको बाहेक सञ्चालन भएका सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ। यसअघि जोर/बिजोर प्रणाली लागू हुँदा पनि नियम उल्लंघन गर्ने सवारीसाधन नियन्त्रणमा लिएर साँझ वा अर्को दिन मात्र छाडिने गरिएको थियो।