संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश
सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) का कारण संघीय संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभाको बैठक संसद् सचिवालयले ७ चैतदेखि यता सूचना टाँस गरेर सार्दै आएको छ भने राष्ट्रिय सभाको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले राष्ट्रपतिको कार्यालयबाट पत्र आएपछि संसद अधिवेशन अन्त्य भएको सूचना टाँस गरिने बताए।