कला/साहित्य बुधबार, फागुन १४, २०७६

योगप्रसाद उपाध्यायको आत्मकथा ‘माइ लाइफ एण्ड टाइम’ सार्वजनिक

हिमालखबर

योगप्रसाद उपाध्यायको आत्मकथा ‘माइ लाइफ एण्ड टाइम’ सार्वजनिक
कनकमणि दीक्षितकाे ट्वीटर हेण्डलबाट।

पूर्व राजनीतिज्ञ, मन्त्री एवं कूटनीतिज्ञ योगप्रसाद उपाध्यायको आत्मकथा ‘माइ लाइफ एण्ड टाइम’ बुधबार लोकार्पण गरिएको छ।

ललितपुरको यलमाया केन्द्रमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव र लेखक उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन्।

२६ फेब्रुअअरी १९२७ मा जन्मिएका उपाध्यायले आफ्नो जन्मदिनकै अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो।

सांग्रिला बुक्सकाे ट्वीटर हेण्डलबाट।

पुस्तकमा उपाध्यायको बाल्यकालदेखि विभिन्न चरणका राजनीतिक उतारचढावका साथै प्रजातन्त्रका लागि गरेको संघर्ष लगायतका विषयहरूलाई कुल ११ वटा च्याप्टरमा समेटिएको छ।

लोकार्पण कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले योगप्रसाद उपाध्याय नेपाली कांग्रेस पार्टीले नै श्रद्धाले लिने नाम भएको भन्दै पुस्तक नयाँ पुस्ताका लागि झनै महत्वपूर्ण हुने बताए।

लेखक उपाध्याय र पुस्तकबारे पूर्व सभामुख दमननाथ ढुंगाना, पुष्पलता भट्टराई र पत्रकार प्रतीक प्रधानले पनि मन्तव्य राखेका थिए।

सन् १९४६ मा अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेस (हालको नेपाली कांग्रेस)बाट राजनीति शुरु गरेका उपाध्यायले नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, प्रवक्ता, सांसद, गृहलगायतका विभिन्न मन्त्रालय, अमेरिकाका राजदूत लगायत थुप्रै महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

सन् १९५२ मा फुलब्राइट छात्रवृत्ति पाएका उपाध्याय यो छात्रवृत्ति पाउने नेपालकै पहिलो व्यक्ति भएको पनि पुस्तकमा लेखिएको छ । सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु.५४५ राखिएको छ ।

कनकमणि दीक्षितकाे ट्वीटर हेण्डलबाट।

 

प्रतिकृया दिनुहोस