कला/साहित्य शनिबार, फागुन १०, २०७६

रातो बङ्गलामा पाँचौं बालसाहित्य महोत्सव सम्पन्न

हिमालखबर

रातो बङ्गलामा पाँचौं बालसाहित्य महोत्सव सम्पन्न

रातो बङ्गला किताबले पाँचौं बालसाहित्य महोत्सव सम्पन्न गरेको छ ।

बालबालिकाहरूमा रमाइलो तरिकाले किताब पढ्ने बानीको विकास गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा उपत्यकाका करीब पाँच हजार विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएका छन् ।

रातो बङ्गला स्कूलमा शनिबार भएको महोत्सव रातो बङ्गला किताब, रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेशनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

यस्ता महोत्सवले अभिभावक र समुदायका सदस्यहरूलाई सिकाइको विकास गर्ने स्रोतको रूपमा किताबहरूको प्रयोग गर्न र बालबालिकाहरूका लागि सामग्रीको निर्माण र उपभोग गर्न सहयोग पु¥याउने अभिभावक रन्जु आचार्यले बताइन् ।

नेपालमा अझै पनि गुणात्मक बालसाहित्यको अभाव रहेको छ । किताबहरू उपलब्ध भए पनि तिनलाई प्रभावकारी रूपमा प्रयोग गर्ने जानकारी साथै इच्छाको अभाव छ ।

यस्ता समस्याहरूको समाधानका लागि बालसाहित्य महोत्सवले शैक्षिक कार्यशाला, प्रख्यात लेखकहरूसँगको रमाइलो भेटघाट तथा साहित्यमा आधारित अन्य आकर्षक क्रियाकलाप गर्दै आएको छ ।

३ देखि १६ वर्ष उमेरका बालबालिकाहरूले व्यंग्यचित्र कार्यशाला, कठपुतली, चित्रकला कार्यशालामा भाग लिएका थिए । अभिभावक र शिक्षकहरूले सिप विकासका कार्यशालाहरूमा भाग लिएका थिए । महोत्सवमा फेस पेन्टिङ तथा सांगीतिक कार्यक्रम समेत भएको थियो ।

प्रतिकृया दिनुहोस