सन्दीप लामछाने मैदानमा, बनाउलान् शतक विकेट ?
जारी बिग बास लिगमा सन्दीप लामछाने आवद्ध टीम मेलबर्न स्टार्सले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।
ब्रिसबेन हटले टस जितेर पहिले ब्याटिङ राजे पछि मेलबर्नले फिल्डिङको निम्तो पाएको हो । प्ले अफमा स्थान बनाइसकेको मेलबर्नले शीर्ष स्थानमा कायम रहन आजको खेल जित्नुपर्नेछ ।
१३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको मेलर्बनलाई पछ्याइरहेको सिड्नी सिक्सर्सले १३ खेलबाट १९ अंक जोडेको छ । मेलबर्नले यो हार्न पुगे र सिड्नीले अन्तिम खेल जिते भने मेलबर्न शीर्ष स्थानमा तल झर्नुपर्नेछ ।
सँगै, आजको खेलबाट सन्दीपले सय विकेट बनाउने कीर्तिमान समेत राख्ने संभावना छ । सन्दीपले ७३ खेलबाट ९८ विकेट लिएका छन् । अहिलेसम्म कुनै पनि नेपाली बलरले यति धेरै विकेट लिएका छैनन् ।