नेपालको कीर्तिमानी जितमा पुरुष भन्दा महिला अगाडि (नामावली सहित)
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा २० वर्ष पुरानो कीर्तिमान तोड्दै नेपाल अगाडि बढेको छ ।
अहिलेले १९ मंसीरसम्म ४१ स्वर्णसहित ११६ पदक जितिसकेको छ । यो साग यात्राकै सवैभन्दा ठूलो उपलब्धी हो । सन् १९९९ को आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
फेरि यसपटक घरेलु मैदानमा नेपाली खेलाडीले स्वर्णसहित पदक बढाइरहेको छ । व्यक्तिगत र विधागत रुपमा नेपालका थुप्रै खेलाडीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका छन् । यस्ता रोचक तथ्यहरु मध्ये स्वर्ण जित्नेमा नेपालका महिला खेलाडी अगाडि देखिएका छन् ।
४१ मध्ये २२ स्वर्ण महिलाले दिलाएका छन् भने तेक्वान्दो पुम्सेमा आयशा शाक्य र सञ्जिवकुमार पाण्डेले संयुक्त रुपमा स्वर्ण जितेका छन् ।
महिला स्वर्ण विजेता
जुनी राई, (उसु, ५६ केजी)
सञ्जु चौधरी, (भारोत्तोलन, ५९ केजी)
गौरिका सिंह, (पौडी, क्याकस्ट्रोक)
गौरिका सिंह, (पौडी, फ्रिस्टाइल)
लक्ष्मी श्रेष्ठ, (साइक्लिङ क्रसकन्ट्री
निमा घर्तिमगर, (उसु थाउलो)
संगीता बस्याल, (तेक्वान्दो)
निश्मा श्रेष्ठ, (डाउनहिल)
सन्तोषी श्रेष्ठ, (एथ्लेटिक्स, १० हजार मिटर)
सुस्मिता तामाङ, (थाउलो)
सोनी गुरुङ, (ट्रायथलन)
काजल श्रेष्ठ, (तेक्वान्दो, ४६ केजी मुनि)
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई, (टीम पुम्से, २३–२९)
निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिना, (टीम पुम्से)
आयशा शाक्य, (तेक्वान्दो पुम्से, २९ माथि)
पार्वती गुरुङ, (तेक्वान्दो पुम्से, २३–२९)
सीना मादेन, (तेक्वान्दो पुम्से, १७–२३)
अनुपमा मगर, (कराते, ६८ केजी)
सुनिता महर्जन, (कराते, ६८ केजी)
अनु अधिकारी, (कराते, ५० केजी)
कुसुम खड्का, (कराते, ४५ केज)
निर्मला तामाङ, संगिता मगर र सरु कार्की (टीम काता, कराते)
संयुक्त
आयशा शाक्य र सञ्जितकुमार पाण्डे (तेक्वान्दो पुम्से टीम, २९ माथि)
पुरुष स्वर्ण विजेता
मण्डेकाजी श्रेष्ठ, (एकल काता कराते)
विजय सिञ्जाली, (उसु, थाउलो)
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण मानन्धर (टीम काता, पुरुष)
लक्ष्मण तामाङ, (कराते, ५५ केजी)
विप्लवमान श्रेष्ठ, (कराते, ८४ केजी)
नविन रसाइली, (कराते, ६७ केजी)
कमल श्रेष्ठ, (तेक्वान्दो पुम्से, २३–२९)
बीरबहादुर महरा, (तेक्वान्दो, ६८ केजी मुनि
हिमाल टमाटा, (डुवाथोलन)
दीपक हमाल, (थाउलो)
राजेश मगर, (साइक्लिङ)
सक्षम कार्की, (तेक्वान्दो, ८७ केजी)
बुद्धिबहादुर तामाङ, (साइक्लिङ, क्रसकन्ट्री)
भुपेन श्रेष्ठ, (तेक्वान्दो, ८७ केजी)
गोपीचन्द्र पार्की, (५ हजार मिटर दौड)
सुवास तामाङ, (गल्फ)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निराज तामाङ, (गल्फ टीम)
विकास थापा, (भारोत्तोलन, ८९ केजी)