आन्दोलनरत विद्यार्थीद्वारा परीक्षा बहिष्कार, सीएमसीमा प्रवेशपत्र जलाइयो
तोकिएको भन्दा बढी लिइएको शुल्क फिर्ता लगायत माग राखेर आन्दोलनरत विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।
चितवन मेडिकल कलेज, यनिभर्सल कलेज र जानकी मेडिकल कलेजका एबीबीएस, एमडीएस, नर्सिङ लगायत सवै संकायका विद्यार्थीले पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले भने प्रवेशपत्र नै जलाएका छन् ।