खेलकुद आइतबार, मंसिर १५, २०७६

साग महिला भलिवलः पहिलो पटक नेपाल फाइनलमा

हिमालखबर

साग महिला भलिवलः पहिलो पटक नेपाल फाइनलमा

दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिवलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।

श्रीलंकालाई सोझो सेटमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित गरेको छ ।

समूह चरणमा उपविजेता बन्दै नेपाल सेमिफाइनल पुगेको थियो । बांग्लादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग सोझो सेटमै पराजित भएको थियो । श्रीलंका भने समूह ‘बी’ बाट विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

उपाधि नजिक पुगेको नेपाललाई फाइनल यात्रा पनि ऐतिहासिक हो । यसअघि, नेपाल फाइनल पुग्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस