नेता नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ।
पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै दुवै जनालाई ६ महीनाका लागि निलम्बन गरिएको एक नेताले जानकारी दिए।
७ चैतमा बसेको बैठकले वरिष्ठ नेता नेपालसहित चार जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनीहरूमध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरणको प्रत्युत्तर पठाएका छैनन्।