HimalKhabar.com :: A Complete Nepali Political News Portal
वार्ता कथा
म आफैं जन्मेको हुँ: रोशन
म आफैं जन्मेको हुँ: रोशन मेरा तीन जना मानस–सन्तान छन्। मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री। जसमध्ये एउटा हो रोशन। हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं। कहिले सिनेमा हेर्छौं। कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं। कहिले बाक्ला थियटरतिर बरालिन्छौं।