‘एमालेमा बोल्न पाइँदैन भनिन्थ्यो। अब माओवादीमा पनि बोल्न पाइँदैन। कांग्रेसमा बोल्न पाइन्छ भनिन्छ। बोल्नु र बोलेका कुरा लागू हुनु फरक हो। कसैले बोले वा नबोले पनि अहिले मुख्यगरी तीन वटा पार्टीका नेतृत्वप्रति आममान्छेका कमेन्ट छन्।’
राजनीतिसँगै लेखनमा पनि सक्रिय विन्दा पाण्डे को नयाँ पुस्तक आएको छ, भुइँमान्छे । नेकपा (एमाले)को संगठन निर्माणमा भूमिगत कालमा नेता तथा कार्यकर्तालाई आममान्छेले दिएको आश्रय, सुरक्षा र सम्पर्कलाई पुस्तकमा दस्तावेजीकरण गरिएको छ।
पाँच भागमा विभाजित पुस्तकमा उनले आफ्ना अनुभव र अनुभूति पनि समेटेकी छन्। यसैमा केन्द्रित रहेर हिमालखब रको प्रस्तुति किताबका कुरा मा लेखक पाण्डेसँग धनु विश्वकर्मा ले गरेको कुराकानी :
यो किताब लेख्नुपर्छ भन्ने किन लाग्यो?
२०७७ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भयो र नेकपा बन्यो। दुई वर्ष नपुग्दैै विवाद शुरू भयो। त्यो विवाद बढ्दै मुद्दामामिला भएपछि सर्वोच्च अदालतले छुटाइदियो।
त्यसपछि एमालेभित्रै पनि विवाद शुरू भयो। त्यति वेला म अन्तर्वार्ता दिन एउटा टेलिभिजनमा गएकी थिएँ। केपी शर्मा ओली र माधव नेपालबीच वार्ता मिलेन भन्ने समाचार आयो। त्यो वार्ता मेरियट होटलमा भएको थियो। अनि मैले भनेको थिएँ- ‘झुपडीमा बनेको पार्टी किन पाँचतारे होटलमा वार्ता मिल्थ्यो?’
त्यो वाक्यलाई नै म किताबको शिलान्यास मान्छु। त्यसपछि २०४६ सालअघि भूमिगत भएर काम गरेका, आश्रय दिएका र विभिन्न ठाउँमा सम्पर्क सूत्र भएर काम गरेका साथीहरूसँग सम्पर्क गर्न थालें। केही साथीसँग भेटेर कुराकानी गरें। कतिपय साथी भावुक भए। कुराकानीपछि किताब लेख्नुपर्छ भन्ने लाग्यो।
पार्टी र अन्य कामले जहाँ जान्थें, त्यहाँमा एक-दुई दिन बढी बस्न थालें। त्यहींका साथीलाई भेटेर कुराकानी गर्न थालें।
शुरूमा आश्रयदाता कहाँ कहाँ, को को थिए भन्ने खोजें। धेरै जनाको सूची बनेपछि केन्द्रीय तहको कार्यक्रम भएको ठाउँ छनोट गर्न थालें। केन्द्रीय कार्यक्रम के-कस्ता मान्छेको घरमा भयो? त्यो वेला के के गर्नुभयो? व्यवस्थापन कसरी गरिन्थ्यो? सबै कुरा सोधखोज गरें।
यसरी किताब तयार भएपछि २०८१ पुस ११ मा विमोचन गर्ने तय भएको थियो। तर असोज २३ गते हाइकिङ जाँदा खुट्टामा चोट लाग्यो। त्यसको अर्को दिन असोज २४ मा भवन निर्माणका लागि एमालेले जग्गादान पायो। त्यसपछि त विवाद सिर्जना भयो। स्पष्टीकरण दिने क्रम चल्यो। पुस १० मा पार्टीले मलाई निलम्बन गर्यो।
त्यसैले पुस ११ मा सम्भव भएन, अनि फागुन २१ मा पुस्तक विमोचन भयो। झापा विद्रोहका क्रममा सुखानीमा २०२९ फागुन २१ गते पाँच जनाको हत्या भएको थियो। त्यहीं दिनको छेको पारेर किताब आयो।
त्यसो भए निलम्बनमा पर्नु र किताब आउनु संयोग मात्र हो?
पुस्तक लेख्न चार वर्ष लाग्यो। २०७८ वैशाखदेखि यो काम शुरू गरेकी हुँ।
२०८१ पुस ११ मा नभएपछि पार्टी स्थापना दिवस अर्थात् वैशाख ९ मा पुस्तक विमोचन गर्ने सोचेकी थिएँ। निलम्बनमा परेपछि भने सुखानीका शहीदको स्मृति दिन चयन गरिएको हो।
२००६ सालको नेकपादेखि हालको नेकपा (एमाले)सम्म आइपुग्दा थुप्रै भुइँमान्छेको योगदान छ। अहिले एमालेले उनीहरूलाई र उनीहरूले एमालेलाई कसरी हेरिरहेका छन्?
म २०३७ सालदेखि आन्दोलनमा लागेकी हुँ। पार्टी कसरी बन्यो भनेर ‘भुइँमान्छे’ खोज्ने क्रममा बुझें। पुस्तकबारे १८-२० ठाउँमा समीक्षा पनि भइसकेको छ। अर्को, यो पुस्तकमा जो जोसँग कुराकानी गरिएको थियो, उनीहरूको हातमा पुर्याउनुपर्छ भन्ने लाग्यो। किताब बोकेर दोहोर्याएर ती मान्छेसम्म पुगें। त्यस क्रममा पनि धेरै कुरा थाहा पाएँ।
त्यसैले यो पार्टी कसले बनायो भन्दा सबैभन्दा धेरै गरिखाने र श्रमजीवी जनताले बनाएका हुन्। झापादेखि रुपन्देहीसम्म तराई भेग र मधेशमा धेरै काम भएको थियो। मधेश हाम्रो पार्टी बनाउने केन्द्र रह्यो। त्यसमा पनि दलित बस्तीमा धेरै काम भएको रहेछ। दलित बस्तीमा किन भयो भने त्यो वेला पार्टी चाहिं गरीबको बीचमा पुग्नुपर्छ भन्ने थियो।
महिलाको पनि उल्लेखनीय सहभागिता रहेको देखिन्छ। तर अहिले महिला, दलित, जनजाति र मधेशीलाई भाग खोसेको जस्तो व्यवहार गरिन्छ। वास्तवमा यो पार्टी तिनै समुदायले बनाएका हुन्। यसलाई पार्टीले भित्रैदेखि अनुभूत गर्न जरूरी छ।
अहिले पनि उनीहरू पार्टीप्रति त्यत्तिकै प्रतिबद्ध छन्। एउटा मात्र गुनासो छ- पार्टी निर्माण गर्दा हामीलाई जे जे भनियो र विश्वास दिलाइयो, पार्टी सत्तामा पुगेपछि त्यो किन भएन? किन काम गर्न सकेन?
पर्वतको कार्कीनेटामा स्थानीय बासिन्दासँग कुराकानीका क्रममा ‘तपाईंहरूको माग के हो’ भनेर सोधें। उनीहरूको जवाफ थियो, “हामीलाई केही चाहिंदैन। कम्तीमा डाँडामा गएर हेर्दा हाम्रो पार्टी सत्तामा गएपछि यस्तो भयो भनेर ठाडो शिर पारेर भन्न सकौं। आमनागरिकलाई हुने भए हामीलाई पनि भइहाल्यो।”
त्यति वेला आदिवासी, जनजाति, मधेशी, दलित लगायत सीमान्तीकृत समुदायका घरबस्ती किन आश्रयस्थल बनेका थिए?
तत्कालीन नेकपा (माले)को ‘हामी श्रमजीवी वर्गका बीचमा रहेर काम गर्नुपर्छ’ भन्ने सिद्धान्त थियो। यसैले अधिकांश बैठक, भेला श्रमजीवीकै बस्तीमा हुन्थे। अर्को, श्रमजीवी समुदायको विश्वास जित्नु पनि थियो। त्यसैले बैठक अन्य समुदायको घरमा गरे पनि समापन दलित समुदायको घरमा हुने गर्थ्यो। राज्यले विभेद गरे पनि हाम्रा लागि त्यो समुदाय बराबर हो भन्ने सन्देश दिनु थियो।
धनुषाको ठेरकचौरीमा महरा बस्ती थियो। त्यो गरीब बस्तीमा प्रशासनको हत्तपत्त आँखा पर्दैनथ्यो। गरीब, त्यसमा पनि दलित भए। पानी पनि खान नहुने भनेर प्रशिक्षित राज्य व्यवस्थाका मान्छे बस्तीमा जाने भएनन्। सुरक्षाका हिसाबले पनि लडाकू समुदाय हो। त्यो समुदायले सुरक्षा दिन्छ भन्ने विश्वास पनि थियो।
काठमाडौंमै पनि एउटा दमाईं टोल थियो। त्यस बस्तीमा बाहिरका मान्छे जाँदैनथे। टोलमा कोही हिंड्दैनथे। उनीहरूको घरमा कोही पनि डेरामा बस्दैनथे। नेताहरू शिक्षक भएर बसेका थिए।
कम्युनिस्ट पार्टीका नेताहरूले भूमिगत कालमा सामाजिक जागरणका काम गरेको पनि देखिन्छ। त्यो वेला सामाजिक जागरणका लागि के-कस्तो काम हुन्थ्यो?
भूमिगत भनेर लुकेर बसेका होइनन्। घरमा छोराछोरीलाई पढाउँथे। विद्यालय पठाउनुपर्छ भनेर प्रशिक्षण गरिन्थ्यो। महिला र श्रमिकलाई किन दमन गरिन्छ, यसको अन्त्यका लागि कसरी संगठित हुनुपर्छ भन्ने प्रशिक्षण हुन्थ्यो। भूमिगत हुने भनेको जनतालाई जागरुक बनाउने हो। सचेतना निर्माण गर्दै संगठन बनाउने हो।
२०३२ सालमा को-अर्डिनेशन केन्द्र बनेपछि कुन बाटोमा क्रान्ति गर्ने भनेर ठूलो बहस भएको थियो। एउटा सशस्त्र आन्दोलन भन्ने, अर्को जनआन्दोलन गर्ने। हतियार प्रयोग गर्दा डरले रूपान्तरण हुन्छ। जुन दिन डर हराउँछ, फेरि यथास्थितिमा आउँछ। जनतालाई सचेत बनाएर गर्दा दिगो हुन्छ। लामो बहसपछि २०३७ सालमा जनक्रान्तिको बाटो समात्यो।
आजका दिनसम्म एमालेको संगठन बलियो छ। त्यति खेरको लगानी हो। राजनीतिक, सामाजिक र आर्थिक विषयबारे सैद्धान्तिक प्रशिक्षण गरिएको थियो। त्यो वेला नेता बिग्रिए पनि नीति र जनता बिग्रिंदैनन् भन्ने थियो। आज पनि त्यो वेलाको जगले एमाले हल्लेको छैन। नेताहरूको व्यवहार परिवर्तन भयो भने एमाले पहिलो पार्टी बन्छ।
किताबमा पनि एमालेको जग सीमान्तीकृत समुदाय रहेको उल्लेख छ। तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नै समावेशिताको सिद्धान्त विपरीत बोलिरहनुभएको छ। किन यस्तो भयो?
यति लामो लडाइँ लडेर ल्याएको संविधानले नै समावेशिताको व्यवस्था गरेको छ। एक जना व्यक्तिबाट जोखिम छ भन्न मिल्दैन। अहिलेका सबै विकृति, विसंगति एक जना व्यक्ति केपी शर्मा ओलीका कारण भयो भन्ने भाष्य बनाइएको छ।
अर्को, एमाले मात्र नभएर ठूला दल कांग्रेस, माओवादीमा पनि व्यवस्था परिवर्तनसँगै नेतृत्व पनि परिवर्तन र पुस्तान्तरण हुनुपर्छ भन्ने स्वीकार गर्न सकिएन। पार्टी बनाउँदा सीमान्तीकृतको मुक्तिका लागि भनियो। दलित, महिला र गरीबलाई बिचरा भन्ने भाष्य बनाइयो। त्यो मानसिकता अहिले पनि छ। फरक फरक सुमदायका फरक फरक समस्या छन्। उनीहरूको सम्बोधन त्यसरी नै गरियो भने नतीजामा समानता आउँछ। मूल नेतृत्वले अझै नबुझेर हो।
कुनै वेला कम्युनिस्ट पार्टीलाई गरीबको पार्टी भनिन्थ्यो। आज एमाले कसको पार्टी हो?
आमरूपमा भन्दा श्रमजीवीको पार्टी हो। एमालेमा ६ लाखभन्दा बढी सदस्य छन्। बहुसंख्यक श्रमजीवी नै छन्। आर्थिक रूपले फरक फरक हैसियत होला।
एउटा घटना स्मरण गर्छु। एक जना साथी हुनुहुन्छ। उहाँ एमालेमा आएको एक दशक भयो। केन्द्रीय सदस्य हुनुभयो। उहाँले गाडी किन्ने कुरा गर्नुभएछ। मलाई सोध्नुभयो, “तपाईंका सबै केन्द्रीय सदस्य गाडी चढेर जान्छन्, हो?”
मैले भनें, “गाडी त सबै गाडी नै चढेर आउनुहुन्छ। तर कस्तो गाडी चढ्नुहुन्छ, त्यो फरक छ।”
नेताका वरिपरि हुनेहरूको पहुँच छ। यो पार्टी कसको भनेर प्रश्न छ, तर आमरूपमा भन्दा म श्रमजीवीको पार्टी भन्छु।
अहिले त एमाले मात्र होइन, कुनै पनि पार्टीको नेतृत्वले श्रमजीवीको आवाज सुनिरहे जस्तो देखिंदैन। पार्टीभित्रै पनि नेतृत्वबारे बोल्न नपाइने अवस्था आएको हो?
नेतृत्व बलियो भयो भने लोकतन्त्र बलियो हुने हो। पार्टीमा पनि सदस्य बलियो भयो भने दल बलियो हुने हो।
हुनत एमालेमा बोल्न पाइँदैन भनिन्थ्यो। अब माओवादीमा पनि बोल्न पाइँदैन। कांग्रेसमा बोल्न पाइन्छ भनिन्छ। बोल्नु र बोलेका कुरा लागू हुनु फरक हो। कसैले बोले वा नबोले पनि अहिले मुख्यगरी तीन वटा पार्टीका नेतृत्वप्रति आममान्छेका ‘कमेन्ट’ छन्।
कहिलेकाहीं नेताले आममान्छेलाई ‘हाम्रो पार्टीबारे तिमीलाई के मतलब’ भन्ने गरेका छन्। तर लोकतन्त्रमा त्यस्तो भन्न पाइँदैन। पार्टीको निर्णयले सिंगो समाजलाई प्रभाव पार्छ। राजनीतिक संस्था भनेको सार्वजनिक संस्था हो। त्यसमा औपचारिक रूपमा छिर्ने कि नछिर्ने, इच्छाको कुरा हो। सदस्य छैन भन्दैमा लोकतन्त्रमा कुनै पार्टीबारे बोल्नै पाइँदैन भन्ने होइन।
अन्तिममा फेरि किताबमै फर्कौं। किताब सार्वजनिक भइसकेपछि एमालेभित्र के-कस्तो छलफल भयो?
पार्टीको संरचनाभित्र किताबबारे छलफल भएको छैन। जुन वेला यो किताब आयो, त्यो वेला म निलम्बनमा थिएँ। व्यक्ति निलम्बनमा हुने र किताब लेख्ने फरक कुरा हो। त्यति वेला पनि झापा र इलामको जिल्ला कमिटीको कार्यक्रमका लागि काम गरिरहेकी थिएँ। त्यहीं कार्यक्रमको वेला सार्वजनिक गरौं भन्ने सोचेकी थिएँ।
शुरूमा ‘हुन्छ’ भनियो। पछि कहाँ के कुरा भयो, थाहा छैन। विमोचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते पार्टीको केन्द्रीय प्रकाशन तथा प्रचार विभागबाट ‘सेन्सर पास गरेर ल्याउनुपर्छ’ भनियो। किताब छापिइसकेको छ, सेन्सर गर्न लैजाने कुरा भएन। पञ्चायतकालमा कुनै किताब र लेख सेन्सर गरेर छापिएन। आफैंले ४० वर्ष लडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकेपछि ‘मैले किताब लेखेकी छु, हेरिदिनू’ भनेर निवेदन हाल्न मेरो स्वाभिमानले दिएन।
धेरैलाई के परेको छ भने, निलम्बनको वेला पुस्तक आएको हो। पार्टीबारे धुनधान लेखेको छ।
यसो सोच्दा त डराईडराई किन्ने र पढ्ने अवस्था भयो। काठमाडौंमा भएको समीक्षा कार्यक्रममा प्रदीप ज्ञवाली आउनुभयो। केही कार्यकर्ताले निलम्बनमा रहेको मान्छेको किताबको समीक्षा गर्न नेताहरू जान हुन्छ भनेर प्रश्न गरेको पनि सुनें। केही नेताले किताब किनेर पढ्नुभएको छ।
पञ्चायतकालमा आमनागरिक कसरी लडे भन्ने पनि किताबमा छ। यो भुइँमान्छेको इतिहास हो जो माटामा उभिएका छन्।
VIDEO
किताबका कुरा का थप सामग्री
‘कुनै वेला निजामती सेवामा थिएँ भन्दा लाज लाग्छ’
‘राजा वीरेन्द्रको त्यो प्रश्नपछि चेपाङले आफ्नो थर बदले’
‘लेखनमा तटस्थ भन्ने कुरा ढोंग हो’
‘भूटानबाट नेपाली समुदाय खेदिएपछि देशको सीमा नै खुम्चिंदै गयो’
‘काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ’
‘बेलसँग बिहे गर्ने प्रचलनले छोरीलाई सती जानबाट जोगाएको थियो’
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’