‘पहिले लिम्बू समाजमा कुनै केटी मन पराएको छ भने तानेर ल्याउने चलन थियो। तर कोइलाखादतिर केटालाई तानेर ल्याउँदा रहेछन्।’
श्रमिकको कथा रेमिटल्यान्ड लेखेर चर्चामा आएका लेखक श्याम सिंघक को दोस्रो पुस्तक आएको छ, कोइलाखाद । यसमा उनले भारतको मेघालय पुगेर कोइलाखानीमा काम गर्ने मजदूरको कथा उधिनेका छन्।
पूर्वोत्तर भारतका मेघालय र आसाममा सन् १९७० देखि कोइला निकाल्न थालिएको थियो। पूर्वी नेपालबाट रोजगारीका लागि कोइलाखानीमा काम गर्ने जाने प्रचलन थियो। कतिपय उतै घरजम गरेर बस्थे भने कतिपय फर्किन्थे।
त्यस क्षेत्रमा कोइलाखानी नभनेर कोइलाखाद भन्ने गरिन्छ। तिनै कोइलाखादमा काम गर्ने मजदूरको कथालाई सिंघकले उपन्यासको रूप दिएका छन्। यही सेरोफेरोमा हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक सिंघकसँग उर्मिला गम्वा थारू ले गरेको संक्षिप्त कुराकानी :
२०७३ सालमा रेमिटल्यान्ड उपन्यास आएको थियो। नौ वर्षपछि कोइलाखाद आएको छ। दोस्रो पुस्तक लेख्न किन धेरै समय लाग्यो?
रेमिटल्यान्ड निस्किएपछि एक वर्ष कामै गरिनँ। २०७५ सालदेखि लेख्न शुरू गरेको हुँ। टाढाको भूगोल भएकाले पनि कति कुरा सहज नभएका कारणले समय लाग्यो।
मलाई पूर्वोत्तर भारतको मेघालय र आसाम क्षेत्रको कोइलाखानीको सिंगो इतिहास लेख्न मन थियो। त्यस क्षेत्रमा सन् १९७० देखि कोइला खन्न शुरू भएको हो। सन् २०१४ मा कोइलाखानी बन्द भए।
पूरै इतिहास लेख्न त्यस क्षेत्रका आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पाटा आउनुपर्छ भन्ने लागेको थियो। अनि सबै सूचना नभएकाले त्यहीं गएर जानकारी बटुल्न पनि समय लाग्यो। पुस्तक लेख्न सात वर्ष जति लाग्यो।
उपन्यास लेखनका लागि कसरी त्यो भूगोलको छनोट गर्नुभयो?
तीन दशकअघिसम्म पूर्वी पहाडबाट कोइलाखादतिर जाने चलन थियो। धेरै युवा उतै बस्थे। त्यसबारे धेरै किस्सा-कहानी पनि छन्। गाउँघरमा सुन्ने गरिएको थियो।
त्यस ठाउँमा हाम्रा दाजुभाइले जसरी समय बिताउनुभयो, त्यसको पनि दस्तावेजीकरण हुनुपर्छ भन्ने लाग्यो। अनि उपन्यासका लागि कोइलाखादको छनोट गरिएको हो।
त्यस ठाउँमा काम गर्न जाने त धेरै मान्छे थिए। पात्रको छनोट कसरी गर्नुभयो?
मेरै दौंतरी पनि धेरै थिए, कोइलाखानीतिर गएका। कतिपय फर्केनन्। त्यस विषयवस्तुले घचघच्याइरहेको थियो।
त्यस्तै, गाउँघरमा कोइलाखादका अनौठा किस्सा सुन्न पाइन्थ्यो। विभिन्न खालका चालचलन, संस्कारबारे कुराकानी हुन्थे। त्यति वेला त यसरी लेखिनुपर्छ भन्ने लागेको थिएन। पछि लेख्ने जाँगर चल्यो।
कोइलाखादमा धेरै पात्र छन्। अनि इतिहास लेख्नका लागि पनि धेरै पात्र चाहिन्छन्। उपन्यासको मुख्य पात्र लोचनबहादुर लिम्बू काल्पनिक हो। रुथ त्यहाँको खासी जातिको मान्छे हो, त्यो पनि काल्पनिक पात्र हो। अरू सबै पात्र जस्ताको तस्तै राखेको छु।
कोइलाखानीमा काम गर्न जाने थुप्रै मान्छे छन्। कतिपयलाई जस्ताको तस्तै राखेको छु भने कतिपयको नाम परिवर्तन गरिएको छ। जस्तो कपिल भन्ने पात्र वास्तविक हो, तर नाम फेरिएको छ।
तपाईंको परिवारबाट पनि कोही जानुभएको थियो?
मेरो परिवारबाट त कोही गएको छैन, तर छिमेकबाट धेरै जना गएका छन्। जो अहिलेसम्म फर्किएका छैनन्।
पुस्तकमा गाउँघरमा सुनेका कुरा पनि राख्नुभएको छ?
केही राखेको छु, धेरै त छैन। मेघालय गएँ। खोजबिन गर्दै जाँदा धेरै कुरा पाएँ। उता झन् रमाइला र अनौठा कुरा भेटिए।
सबैभन्दा अनौठो लागेको कुरा चाहिं के हो?
त्यस क्षेत्रमा मातृसत्तात्मक समाज पाएँ। त्यो हाम्रा लागि अचम्मलाग्दो हुने नै भयो। अनि नेपालबाट गएका साथीहरूको दिनचर्या पनि अनौठो लाग्यो। त्यहाँ काम गर्ने प्रकृति र उनीहरूको जीवनपद्धति पनि नौलो थियो।
गाउँघरमा सुनेका कुनै किस्सा छन्, जुन अहिले पनि बिर्सनुभएको छैन?
कोइलाखादका महिलाले चिन्डोमा हान्छन्। जसको चिन्डोमा हान्यो, ती मान्छे कहिल्यै फर्किंदैनन् भनिन्थ्यो। तर त्यहाँ गएपछि अर्कै पाएँ।
पहिले लिम्बू समाजमा कुनै केटी मन पराएको छ भने तानेर ल्याउने चलन थियो। तर कोइलाखादतिर केटालाई तानेर ल्याउँदा रहेछन्।
अघि उता मातृसत्तात्मक समाज भन्नुभयो। तर रुथले केही निर्णय गर्नुपर्दा समाजले के भन्छ भनेर डराएको जस्तो पनि देखिन्छ नि?
धेरै कुरा सीमाभित्रै रहेर गर्नुपर्छ। त्यसैले केही निर्णय लिंदा डर चाहिं पैदा हुन्छ। मातृसत्तात्मक समाज भए पनि महिला भएकाले जुन हिसाबले उसलाई डर लागको छ, शायद पुरुषको हकमा त्यो कम हुन्छ।
मुख्य पात्र लोचनको स्वभाव ढुलमुले छ। किन यस्तो पात्र छान्नुभयो?
समाजमा ढुलमुले स्वभावका मान्छे पनि हुन्छन्। परिस्थितिले जता लग्यो, उतै ढल्किन्छन्। यस्तो पात्र राख्यो भने वस्तुस्थिति सजिलै देखाउन सकिन्छ। त्यहाँको परिस्थिति देखाउन पात्रलाई लामो समयसम्म त्यहीं टिकाइराखियो।
‘बोल्ड’ पात्र भयो भने फर्किहाल्छ। अनि मेघालयको कुरा अन्त्यसम्म भन्नु पनि छ मलाई। त्यही भएर लोचन जस्तो पात्रको माध्यमबाट भन्न सजिलो हुन्छ भनेर रोजेको हुँ।
पहिले रेमिटल्यान्ड र अहिले कोइलाखाद । उपन्यास लेख्न मजदूरको कथा नै किन रोज्नुभयो?
यो संयोग मात्र हो। यसरी रोजेको हैन।
VIDEO
कोइलाखाद यो स्वरूपमा आउँदासम्म पुनर्लेखन कति गर्नुभयो?
धेरै पल्ट पुनर्लेखन गरें, भनिसाध्य छैन। समग्र इतिहास लेख्नु थियो, त्यो पनि आख्यानका रूपमा। धेरै ‘फर्म्याट’ परिवर्तन गरें। ४० पल्टसम्म पुनर्लेखन गरें। चार वर्षसम्म त्यस्तै भयो। सबै कुरा ल्याउँदा पनि लय आएन। लय नआएपछि खिचडी जस्तो भयो। आफूले ल्याएको धेरै कुरा निर्मम तरीकाले फ्याँकें।
आफैंले लेखेको कुरा फ्याँक्न चाहिं धेरै गाह्रो हुन्छ। तर मैले फ्याँकें र लयमा ल्याएँ।
किताबका कुरा का थप सामग्री
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’