“भ्रष्टाचार बढ्नुमा समाज पनि त्यत्तिकै जिम्मेवार छ। जस्तो- ‘मह काट्नेले हात चाट्छ’ भनेर सामान्य ठानिने गरिएको छ।”
करीब चार दशक निजामती सेवामा बिताएका प्रकाश तिवारी को हालै नयाँ पुस्तक आएको ९६ गड्डी । भ्रष्टाचारको सेरोफेरोमा लेखिएको यस पुस्तकमा कर्मचारितन्त्रभित्र मौलाइरहेको भ्रष्टाचार उजागर गरिएको छ।
उनको यो चौथो पुस्तक हो। यसअघि परित्यक्त , निलोफा र निहारिका उपन्यास प्रकाशित छन्। पछिल्लो पुस्तक ९६ गड्डी को सेरोफेरोमा केन्द्रित भएर हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक तिवारीसँग शमशाद अहमद ले गरेको कुराकानी :
यो उपन्यास लेख्ने सोच कसरी आयो?
योभन्दा अघि परित्यक्त , निलोफा र निहारिका गरी तीन वटा उपन्यास लेखिसकेको थिएँ। अनि चौथो उपन्यास कस्तो लेख्ने भनेर मनोविमर्श गर्दैगर्दा जागीरको अन्तिम समयतिर थिएँ। स्वाभाविक रूपमा कर्मचारितन्त्र र राजनीतिको सम्बन्धबारे जानकार थिएँ। कर्मचारितन्त्र राजनीतिक सत्ताको मातहत क्रियाशील हुन्छ। कर्मचारितन्त्र र राजनीति एकै सिक्काका दुई पाटा हुन्। यही सन्दर्भमा एउटा बृहत् कथा लेख्न सकिन्छ कि भन्ने सोच आयो।
हिजो प्रजातन्त्रको नारा दिएर राणाशाही विरुद्ध क्रान्तिमा होमिएका त्यागी नेताहरू हुन् वा २०२८ साल र २०५२ सालको सशस्त्र विद्रोह गरेर उदाएका कम्युनिस्टहरू हुन्, शासनसत्ताको वरिपरि छन्। तर ती सबै हिजोको आदर्शमा किन अडिग रहन सकेनन्? किनकि अहिलेका नेताहरूमा चारित्रिक विशृंखलता आइरहेको छ। त्यसको छाप कर्मचारितन्त्रमा परेको छ।
यी सबै कुरालाई आख्यानमा ढालेर लेख्दा कस्तो हुन्छ भन्ने सोच आयो। अनि त्यसैलाई मूर्तरूप दिएँ।
भ्रष्टाचारलाई किन विषयवस्तु बनाउनुभयो?
भ्रष्टाचार अन्तर्राष्ट्रिय रोग हो। नेपालका लागि त महारोग हो। यसले देशलाई कहिल्यै अग्रगतिमा जान दिएन। मुलुकलाई अघि बढाउन भ्रष्टाचारको समूल अन्त्य गर्न जरूरी छ। मूल समस्याबारे चर्चा-परिचर्चा गर्दै समाधान खोज्नुपर्छ भन्ने ठानेर यो विषय रोजेको हुँ।
पुस्तकमा आमनागरिकदेखि मन्त्री, विद्यार्थीदेखि नेता, डन, बिचौलिया लगायतलाई पात्र बनाउनुभएको छ। फरक फरक क्षेत्रका पात्रबारे बुझ्न कतिको गाह्रो भयो?
गाउँका साधारण व्यक्तिदेखि लिएर नेपाली राजनीतिका भीभीआईपीसम्म उपन्यासका पात्र छन्। प्रस्ट रूपमा भन्दा मार्फेल भन्ने पात्र मार्फत प्रधानमन्त्रीलाई संकेत गरिएको हो। मार्फेल अर्थात् विकृति र विसंगति विरुद्ध मार हान्न सफल हुनुपर्ने पात्र। तर उल्टो विकृति र विसंगतिको संवाहक बन्न पुग्छ।
जो सत्ताको सर्वोच्च स्थानमा बसेको छ, उही आलोचना रुचाउँदैन। आलोचना गर्नेलाई विभिन्न बहानामा दण्डित गर्न उद्यत हुन्छ। उपन्यासमा एसएसपी आलोकले मार्फेललाई सरकार अलोकप्रिय भइरहेको सुनाउँछ। तर मार्फेल उल्टै आलोकलाई धम्क्याउँछ। दुर्गम ठाउँमा सरुवा गरिदिने धम्की दिन्छ। जुन प्रवृत्ति अहिले पनि यथावत् छ।
यस्ता पात्रबारे लेख्दा कहिलेकाहीं सोच्नुपर्ने हुन्छ। त्यति वेला अलिकति असहज भएको छ।
अहिले ‘ठूलो माछा’ नसमातिने गरेको भाष्य बनेको छ। उपन्यासमा पनि ठूल्ठूला भ्रष्टाचार गर्नेहरू नसमातिएको देखाइएको छ। यो संयोग मात्र हो?
पुस्तकमा विज्ञान जेलमा हुँदा उसकी श्रीमती सामनाले यस्तै कुरा उठाउँछिन्। उनी भन्छिन्, ‘अर्बौं हसुर्नेले उन्मुक्ति पाएका छन्। तपाईंलाई ९६ गड्डीमा फसाइयो।’ ९६ गड्डी भनेको ९६ लाख रुपैयाँ हो।
तर पश्चात्तापमा रहेको विज्ञान सामनाको तर्कलाई नकारिरहेको हुन्छ। आफू ‘गलत नै हुँ, गल्ती गरेकै हुँ’ भन्ने सोच्छ। आफ्नी प्रेमिका कुमुदाको जुन परिकल्पना र आदर्श थियो, त्यसमा अडिग रहन सकेको भए आज यस्तो हुँदैनथ्यो भन्ने ठान्छ। सामनालाई ‘भ्रष्टाचारी ठूला हुन् या साना, तिनले सजाय भोग्ने पालो अवश्य नै आउँछ। तिमी प्रतीक्षा गर’ भन्छ।
यथार्थ पनि यही हो। तर अहिलेसम्म ‘ठूला माछा’ हरू समातिएका छैनन्।
मान्छे किन भ्रष्टाचार गर्न पुग्छ, आवश्यकताले कि परिस्थितिको परिबन्धमा परेर?
यसबारे मेरो धारणा नै सबैले मान्नुपर्छ भन्ने छैन, तर भ्रष्टाचार बढ्नुमा समाज पनि त्यत्तिकै जिम्मेवार छ। जस्तो- ‘मह काट्नेले हात चाट्छ’ भनेर सामान्य ठानिने गरिएको छ। मान्छेलाई खान (भ्रष्टाचार)का लागि प्रेरित गर्ने हाम्रो संस्कार छ। सूटबूटका साथ गाडी चढ्ने व्यक्तिहरू भ्रष्टाचारमा लिप्त भए पनि आदर, सम्मान पाएको हुन्छ भने गरीब व्यक्ति इमानदार, आदर्शवादी भए पनि आदर, सम्मान पाएको हुँदैन। बाबुआमाको पनि धनी र गरीब सन्तानबीच गरिने व्यवहार फरक हुन्छ।
तथापि सबै नीतिको मूलनीति राजनीति हो। यसका सम्पूर्ण संयन्त्र, शासन पद्धतिका सम्पूर्ण अवयवलाई निर्देशित र नियन्त्रित गर्ने भनेको राजनीतिले हो। त्यसैले खोला सफा गर्न मुहान सफा गर्नुपर्छ र मुहान भनेको राजनीति हो। राजनीतिमा शुद्धीकरण त हुनै पर्छ। यद्यपि राजनीतिले मात्रै भ्रष्टाचारलाई समूल नष्ट गर्न सक्दैन। यस अभियानमा समाज पनि लाग्नुपर्छ।
नयाँ पुस्ता तडकभडकतिर आकर्षित भइरहेको छ। यसले भ्रष्टाचारलाई प्रोत्साहन गर्छ भन्न खोज्नुभएको हो?
अहिलेका युवा वृद्ध भएका व्यक्तिलाई समस्याका रूपमा देखाइरहेका छन्। तर के सबै युवा साँच्चिकै चरित्रवान् र नैतिकवान् छन् त? कतिपय अवस्थामा युवाको बोली र व्यवहारमा एकरूपता देखिंदैन। हाम्रो हिन्दू संस्कारमा ठूलालाई इज्जत, आदर र मान-सम्मान गरिन्छ। बाहिरी संस्कृतिको प्रभावमा परेर नयाँ पुस्ताले यो सबै बिर्सेका हुन् जस्तो लाग्छ। अर्थात् समस्या युवा पनि होइन, समस्या वृद्ध पनि होइन। समस्या हाम्रो मनोविज्ञान हो। त्यसैले जबसम्म भ्रष्टाचारको मूल जरो पत्ता लगाएर निर्मूल गर्ने अभियान चलाइँदैन, तबसम्म उन्मूलन हुँदैन।
वृद्ध भनेका अनुभवका खानी हुन्। कतिपय वृद्ध छन् जसले जनतामा आशा पैदा गर्न सकेका छैनन्। जो अगुवा हुनुपर्ने उनीहरू नै विकृतिको वाहक बनेका छन्। फेरि युवा पनि मौका पाउनासाथ त्यही विकृति र विसंगतिको संवाहक बनिरहेको देखिन्छ।
पाठकबाट कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?
‘टेस्ट’ भनेको सबैको एकैनास हुनु जरूरी छैन। कसैलाई राम्रो लाग्छ, कसैलाई नराम्रो। यो ९६ गड्डी को हकमा नयाँपन आएको जस्तो छ। भ्रष्टाचारले व्याप्त विकृति र विसंगतिलाई विषय बनाएर उपन्यास लेखिएको मेरो जानकारीमा छैन। त्यसले यस पुस्तकले नयाँ ‘टेस्ट’ दिन्छ भन्ने मलाई लाग्छ।
एउटै चिजले सबैलाई सन्तुष्ट बनाउन सकिंदैन। अहिलेसम्म आएका पाठकका प्रतिक्रिया र पत्रपत्रिकामा आएका समीक्षा वा टीकाटिप्पणीमा राम्रो उपन्यासका रूपमा लिएका छन्। धेरैले समसामयिक समस्या उठाएको भनेर प्रतिक्रिया दिएका छन्।
अन्त्यमा, उपन्यासमा जस्तै निजामती सेवाका क्रममा देखे-भोगेका केही घटना छन्?
म भ्रष्टाचार विरोधी भएकाले ममाथि ‘एक्सन’ लिन खोजिएको थियो। साढे ३८ वर्ष जागीरे जीवन बिताएँ। जागीरको शुरूआती वेला २०४० सालतिर हो, म गृहजिल्ला लमजुङमा जेटीए भएर काम गरिरहेको थिएँ। काम नै धेरै हुँदैनथ्यो। त्यसैले हप्ताको दुई-तीन दिनमा सबै काम सक्थें।
आफ्नो ड्यूटी पूरा गरेको छु भने सधैं किन फिल्डमै बस्नुपर्यो भनेर मैले घरबाट नै आउनेजाने गरेको थिएँ। कसैको चाकडी-चाप्लुसी नगर्ने बानी थियो। एक पटक कार्यालयबाट ‘फिल्ड चेकिङ’ मा गएछन्। शनिबारको दिन थियो। म ‘फिल्ड’ मा थिइनँ।
त्यो वेला म अस्थायी जागीरे थिएँ। मेरो म्याद थप नहुने भनेर अनेकौं प्रश्न तेर्स्याइएका थिए। हाकिमले हटाउने मनसायले स्पष्टीकरण सोधे। त्यति वेला युवा जोश-जाँगर थियो। केको स्पष्टीकरण खोज्दै हुनुहुन्छ भनेर हाकिमकै अगाडि स्पष्टीकरण पत्र धडाधड च्यातिदिएँ।
पछि भित्री कुरा थाहा पाएँ, उनीहरूलाई कुखुरा, रक्सी खुवाउनुपर्ने रहेछ। मेरो यस्तो स्वभाव नै थिएन। यस्तायस्तै कुराले अप्ठ्यारोमा पर्ने गरेको थिएँ।
VIDEO
किताबका कुरा का थप सामग्री
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’