ऐजन ऐजन
“छिः लोग्नेमान्छेको जात!” जाँदाजाँदै उनले खूब जोड दिएर यो वाक्य बोलिन्। मैले पनि उनलाई ‘आइमाई मान्छेको जात’ भनिदिएको भए उनलाई मन पर्ने थिएन। के महिलालाई चाहिँ बिहे गर्न, प्रेमी बनाउन या कसैको भावनात्मक साथको जरुरत पर्दैन?
छोडेर जानेको पछि लाग्न सकिंदो रहेनछ। एक्लै बाँच्न पनि मन नहुँदो रहेछ। तर जन्मँदा एक्लाएक्लै आएकाहरूले सँगै मर्ने संयोग कहाँ पाउँछन् र! सके उड्ने हो, नसके दौडिने। त्यो पनि नसके हिंड्ने र हिंड्न नसकेको दिन घिस्रिने। सक्दिनँ भनेर बस्ने छूट यहाँ छैन।
मनासँग सुखदुःख, जिन्दगी साटें। जोसँग सब चीज साट्न सकिन्छ, उसैसँग त रहेछ जिन्दगी सहज बित्ने। आजबाट त्यो सहज सहयात्रा पनि टुंगिएको छ।
घाटबाट फर्किरहेका मलामीहरू बोलिरहेका छैनन्। म अगाडि देखिरहेछु, अँध्यारो बाटो। त्यही बाटो भएर पुग्नु छ एकदिन मना गएको बाटो।
घर एकदमै शून्य छ। उनी थिइन् र पो घरमा स्वर थियो। छोरो दिनभरि कोठामा थुनिएर बस्छ। आमा बार्दली रुँगिबस्नुहुन्छ। नाति र बज्यै शोकले सुक्ने भए। कसैसँग कुरा गर्दैनन्। छिमेकमा पनि खासै घुलमिल हुँदैनन्।
मलाई छिमेकी चौपट्ट जाती लाग्छन्। उनीहरू कामबाट फुर्सद मिल्ने बित्तिकै हाम्रो आँगनमा आउँछन्। मना जानुअघि कोही पनि यसरी आउँदैनथे। मलाई थाहा छ, उनीहरू हाम्रो वेदना बाँड्न चाहन्छन्। दुःख–पीर पर्दा आडभरोसा दिनु सामाजिक संस्कार हो।
मनाको १३ दिनको काम सकिएको महीना दिनपछि केटो र उसकी बज्यै पोखरा गए। छिमेकी आँगनमा जम्मा हुने क्रम पनि पातलियो। म भएँ एक्लो। अब पो एक्लोपन र उदासीले गाँज्न थाल्यो। रातले त झन् खर्लप्पै निल्न खोज्थ्यो। ओछ्यानमा यता फर्के पनि रित्तै, उता फर्के पनि रित्तै।
रात परेपछि घरमुन्तिरको काब्रोको रूखमा लाटोकोसेरो कराउँछ। घरमाथिको बाटोमा आधा रातसम्म पनि केटाहरू सुसेल्दै ओहोरदोहोर गर्छन्। छिमेकमा बिहान तीन नबज्दै साखिने भाले बास्छ। यी सब चिजले मलाई ऐंठन हुन खोज्छ।
पूर्णेको रात, टहटह जून लागिरहेको छ। चिसो स्याँठ पनि चलिरहेछ। यो जून र चैतको चिसो उस्तो मन परिरहेको छैन। मन पर्न त मना गएदेखि केही चिज पनि मन परेको छैन। उनी साथमा हुँदा बिहान अबेरसम्म सुत्न, राति अबेरसम्म रक्सी पिउन, तास खेल्न खूब मन पर्थ्यो। अब त्यो पनि मन पर्न छोडेको छ।
कुनै कुनै मन पर्नुहरू स्थायी नहुँदा रहेछन्।
असरल्ल छ बिछ्यौना। भान्छा उस्तै छ। सामानहरू लथालिंग छन्। न खाने ठेगान छ न सुत्ने उठ्ने। तन्ना नफेरिएको महीना दिन भइसक्यो। कति वैरागलाग्दो हुँदो रै’छ लोग्नेमान्छे एक्लै बसेको घर!
आमाले फोन गरेर भन्नुभयो, “केही महीना यतै बस्छु। केटोको पनि यहाँ मन भुलेको छ। खाना पकाउनवर्न तँलाई गाह्रो भएको भए म कान्छीलाई भन्दिन्छु।”
कान्छी अर्थात् भाइकी श्रीमती। हामीबीच खासै कुराकानी हुँदैन। यद्यपि अब म भाइकी श्रीमतीमा निर्भर रहनुपर्नेछ। उनले मेरा लागि खाना बनाउनेछिन्, लुगा धोइदिनेछिन्। मनाले झैं उठ्ने बित्तिकै ओछ्यानमा चिया ल्याइदिनेछिन्।
मलाई आदत छ विलासिताको। म साह्रै सन्की छु। मलाई चुरोट पिउँदापिच्छे चिया चाहिन्छ। मेरो छेउमा तातोपानी र चियाको थर्मस हुनै पर्छ। मलाई चिया, चुरोट र रक्सीसँग मनाको ओठको नराम्रो लत छ।
मना! अलिअलि बिग्रेको थिएँ, झनै बिगारेर छोड्यौ। तिमीले किन भन्थ्यौ, ‘हजुर थाक्नुभएको छ। घरव्यवहार र अफिसको बोझ जम्मै हजुरको काँधमा छ। हजुर आफ्नो काम र छोरालाई ध्यान दिनुस्। घरधन्दा गर्न म छँदै छु।’
उनी खितित्त हाँसिन् र भनिन्, “भयो पर्दैन दाइ। हजुरको घरधन्दा पनि देखेकै हो। न चामलमा पानी अड्कल्न आउँछ, न लुगामा साबुनको गाज निखार्नुहुन्छ। हजुरलाई आइमाई धन्दा केही आउन्न। लोग्नेमान्छेको जात यस्तै हो!”
तिमीले भन्यौ, मैले मानें। हामीले थुप्रै काम मिलेर गर्यौं। तर भातभान्छा र घरायसी काममा तिमी एक्लै खटिइरह्यौ। तिमीसँग जिस्कँदै भान्छामा सघाउने सोच ममा कहिल्यै आएन। परिणाम, आज मलाई यी सबै काम गर्न भाइकी श्रीमतीको सहारा लिनुपरेको छ। यसरी कसैमा निर्भर रहन मलाई पटक्कै मन परेको छैन।
बुहारी नजीक पर्दा दकस माने झैं हेर्छिन्। खाना दिंदा छोइएला जस्तो परैबाट दिन्छिन्। उनलाई मसँग किन दकस लाग्छ? जेठाजु हुँ त्यसैले या लोग्नेमान्छे हुँ त्यसैले? अहो! म लोग्नेमान्छे भएकै कारण उनले मसँग दकस मानेकी हुन् भने आजैबाट मैले उनमा निर्भर हुन छोड्नुपर्छ।
एकदिन भनें, “भैगो छाड। अबदेखि म आफ्नो काम आफैं गर्छु।”
उनी खितित्त हाँसिन् र भनिन्, “भयो पर्दैन दाइ। हजुरको घरधन्दा पनि देखेकै हो। न चामलमा पानी अड्कल्न आउँछ, न लुगामा साबुनको गाज निखार्नुहुन्छ। हजुरलाई आइमाई धन्दा केही आउन्न। लोग्नेमान्छेको जात यस्तै हो!”
मर्ममै पर्यो उनको कुरा।
‘लोग्नेमान्छे’ र ‘आइमाई धन्दा’ ले थुप्रै दिनसम्म चिमोटिरह्यो। आजसम्म मना, छोरा, आमा र सिंगो समाजले असल लोग्ने, बाउ, छोरा र पुरुषका रूपमा देख्दै आएका थिए। म त्यति असल रहेनछु जति उनीहरू देख्छन्।
मनालाई भेटेपछि हो, मलाई आफ्नो माया यति धेरै लागेको। नत्र त मलाई पिउनु, दुई–चार पैसा कमाउनु र साथीभाइसँग उडन्ते भएर हिंड्नुमै रमाइलो लाग्थ्यो। जिन्दगीको अप्ठ्यारो मोडमा हामीले एकअर्कालाई भेट्यौं र भेटिरह्यौं, जीवनको रंगीन–बेरंगी घडीमा। हामीले एकअर्कालाई बानी झैं ग्रहण गर्यौं। एकअर्काको बानीलाई एउटै रङमा घोल्यौं र निर्माण गर्यौं भरोसा, साथ र सम्बन्धको अटुट रङ।
आज यसरी एक्लो जीवन घिसार्नुपरिरहेछ।
मना विनाको भविष्य सम्झेर एकदमै डर लाग्छ मलाई। उनी गए पनि आजसम्म आमा, भाइबुहारी, भतिजभतिजी र छोराको माया छ। उनीहरू पुलपुल गर्छन्। जतिवेलै मेरो वरिपरि घुम्छन्। तिनीहरू साथ नरहेको दिन मेरो के होला? छिमेकी पनि त मलाई देख्ने बित्तिकै मुस्कुराउँछन्।
एक साँझ खल्तीमा एक बोतल रम, भटमास र बदाम बोकेर घरमुन्तिरको रूखको फेदतिर हान्निन्छु। सिरसिर बतास चलिरहेछ। जूनको उज्यालो, नेपथ्यमा गाउँतिरबाट आएको मधुरो आवाज प्रस्ट सुनिन्छ। त्यो आवाजसँगै मनाको खिरिलो हाँसो पनि मिसिएर आए जस्तो लाग्छ।
मना! तिम्रो हाँसो साँच्चै मोहक छ।
आज तिमी र म भएर सिंगै बोतल रित्याऔं। मसँग तिमीले दुई महीनाअघि भुटेर छोडेको भटमास र अलिकति बदाम पनि छ। हेर त, मौसम कति सुन्दर छ! आज तिमी बिर्सिदेऊ घरधन्दा र छोराको चिन्ता। आऊ छेउमा बस। मलाई आज तिमीसँगै बसेर पिउन मन छ। हामी आज फेरि एकफेर जीवनको अन्तिम घडीसम्म सँगै हुने कसम खाऔं। मलाई एकदम डर लागिरहेछ मना। तिमी विना कसरी बुढेसकालको त्यो कहालीलाग्दो क्षण एक्लै काटुँला? अहिले त तिमी र ममा पहाड ढाल्ने जोश र बल छ। सधैं हामी यस्तै कहाँ रहन्छौं? म साह्रै स्वार्थी छु है। उस्तै डरपोक पनि। मलाई बुढेसकालमा एक्लै हुने डरले किन यस्तरी गाँजेको? के तिमीलाई पनि यस्तै डर लाग्छ?
मना मुसुक्क हाँसिन्।
दुई महीनापछि आज मना र मलाई यो एकान्त जुरेको छ। उनलाई पनि रमको स्वाद खूब मन पर्छ। अझ त्यो पनि मेरै मुखले पिलाएको। पिलाइदिएँ आफ्नै मुखबाट। उनले पानी नहालेको थोरै रम आँखा चिम्लेर घुटुक्क निलिन् र भटमास कुटुक्क टोकिन्।
भटमास टोकेको आवाजले झसंग भएँ। म त उनलाई कल्पिँदै रहेछु। कल्पनामा उनी मसँगै रम पिइरहेकी थिइन्। म मातेको थिएँ, रम र उनको ओठको स्पर्शले।
अहो!
जून उस्तै मादकताले मुस्कुराइरहेछ। चिसो स्याँठ चलिरहेकै छ। म भने कस्तरी तातिएको छु। एक्लोपन र छटपटीले उस्तै गाँजिरहेछ।
एक बोतल रम झन्डै आधा पारिसकेछु। रम र स्याँठले म काँपिरहेको थिएँ। उभिँदा झन्डै लडिनँ। मलाई आफ्नो साह्रै माया लाग्यो। म के थिएँ, के भएँ? मनाको साथ छुटेको केही महीना मात्र त बितेको छ। यो दुनियाँमा म मात्र एक्लो छैन, म किन भुलिरहेछु? बडहर छेउको टाँकी, टाँकीछेउको चिउरी पनि त एक्लै छन्। तैपनि तिनीहरू जिउन छोडेका छैनन्। यो प्रकृति, सृष्टि कति सुन्दर छ! पात झरेर रित्तिएको सालको बोट पनि त वसन्त लागेपछि सेतै फुल्न र फल्न छाड्दैन। म सृष्टि र प्रकृतिभन्दा पर किन भागूँ? म निर्जीव भइसकेको छैन। म पनि फेरि पलाउन र फुल्न सक्छु। सयौं हिउँद, बर्खा सहेर पनि म उभिनुपर्छ, पहिरोमाथिको सतिसाल झैं।
दृढ अठोट सहित बाँकी रम खल्तीमा हालेर लर्खराउँदै घर आएँ। भोलिपल्ट बिहान उठेर मुख धुन लाग्दा बुहारी लुगा मिच्दै थिइन्। बाटामा मेरा केही जोर लुगा अलग्गै भिजाइएको थियो। कान्छा चाहिं श्रीमतीलाई हेर्दै मुसुमुसु हाँसेर लुगा पखालिरहेथ्यो।
साँझ बुहारीले लुगा उठाउने वेला डोरीमा सुकाइएका लुगा ओल्टाइपोल्टाइ हेरिन् अनि मतिर पुलुक्क हेरेर मुसुक्क हाँसिन्। जवाफमा म मुस्कुराउन सकिनँ। उनले ती कपडा भोलि धुन छुट्याइएका लुगासँग राखिन्। म खिस्स परें।
शनिबारको दिन बिहानै उठेर तीन जोर लुगा र केही मोजा भिजाएँ। बुहारी उठ्नुअघि चिया उमालेर पिएँ। अनि भिजाएको लुगा माडमुड पारेर डोरीमा सुकाएँ।
मैले आफ्नोे काम आफैं गरें। सोचेर मुसुक्क मुस्कुराएँ।
साँझ बुहारीले लुगा उठाउने वेला डोरीमा सुकाइएका लुगा ओल्टाइपोल्टाइ हेरिन् अनि मतिर पुलुक्क हेरेर मुसुक्क हाँसिन्। जवाफमा म मुस्कुराउन सकिनँ। उनले ती कपडा भोलि धुन छुट्याइएका लुगासँग राखिन्। म खिस्स परें।
त्यो रातभरि निद्रा लागेन। भात–तिहुन पकाउन, लुगा धुन, घर सफा गर्न नजान्ने म हुस्सु!
भोलिपल्ट बुहारीले भनिन्, “गरिखानुहुन्न दाइ हजुरले। एउटा लुगाको गाज पनि निखार्न सक्नुहुन्न, कसरी हुर्काउनुहुन्छ बाबुलाई? दिदी भइदिएको भए हजुरलाई कति सजिलो हुन्थ्यो।”
उनको कुरा सुनेर लाजले मेरो शिर लत्रियो। छिः कति कमजोर म!
मैले दृढ निश्चय गरें– जेसुकै होस्, आफ्नो काम आफैं गर्छु। मैले मनाको निर्जीव देह छोएर प्रण गरेको छु, सके उड्छु, नसके दौडिन्छु। दौडिन पनि नसके हिंड्छु र हिंड्न पनि नसकेको दिन घिस्रिन्छु।
हो, हार मान्दिनँ। श्रीमती छैन त्यसैले बुहारीले मेरा सबै काम गरिदिन्छिन् भनेर सबैसामु ङिच्च हाँस्न म सक्दिनँ। मना साथमा हुँदा जसरी नै म ठाँटिएर हिंड्छु। मीठो खान्छु, राम्रो लगाउँछु अनि आत्मविश्वासका साथ भन्छु, म मनाको लोग्ने हुँ।
अफिसमा मन परेका महिला सहकर्मीतिर मेरा नजर गइरहन्थे। बाटोमा हिंड्दै गर्दा सोच्थें, कोही ठोेक्किए पनि हुने नि यात्रामा। जोसँग परिचय हुन्थ्यो, बिस्तारै फोन, ह्वाट्सएपमा कुराकानी अनि भेटघाट, भेटघाटपछि प्रेम। यदि यस्तो हुन्थ्यो भने...।
एकदिन भेटिइन् सृष्टि। उनी अविवाहित थिइन्। हामी कहिलेकाहीँ फोनमा कुरा गर्थ्यौं। उनलाई मेरो बारेमा सबै कुरा थाहा थियो। उनी जिस्क्याउँथिन्, “हजुरकी श्रीमती मरेको धेरै भयो त। कसरी बाँच्नु भ'को छ कसैको साथ विना?”
म प्रतिक्रियाहीन बसिदिन्थें। उनी मलाई बारम्बार जिस्क्याउँथिन्। प्रत्यक्ष भेटमा भन्दा ज्यादा फोनमा जिस्किन्थिन्। उनी जिस्किँदा मलाई मना जिस्किए झैं लाग्थ्यो। पर्फ्यूमसँग मिसिएर आउने उनको शरीरको गन्धले साह्रै लठ्याउँथ्यो। यदि सृष्टिसँग प्रेम हुन्थ्यो भने? उनले ‘हजुर र म बिहे गरम्’ भनेकी भए?
सोच्दा आङ सिरिंग हुन्थ्यो।
म झन् बढी पियक्कड हुँदै गएको थिएँ। आफ्नाहरूले ‘तँ एक्लो छैनस्’ भनेर जतिसुकै ढाडस दिए पनि प्रियसीको साथ विना एक्लो भइँदो रहेछ। राति मनाको लुगा च्यापेर उनलाई महसूस गर्थें। कहिलेकाहीँ अनिदै रात छर्लंग हुन्थ्यो। राता आँखा, फुस्रो अनुहार लिएर अफिस पुग्थें। सबैले मलाई दयाको आँखाले हेर्थे। जति म बलियो हुने कोशिश गर्थें, भित्रदेखि झन् बढी टुट्थें।
यो संसारमा प्रियसी र आफ्नाबाट टुटेको मान्छे म एक्लो थिइनँ। तर मान्छेले अरूको दुःख हेरेर आफ्नो चित्त सजिलै बुझाउन सकिन्न रहेछ। कसैको साथको बानी परेपछि मान्छे कमजोर हुँदो रहेछ।
सृष्टिसँगको झन्डै ६ महीनाको संगतपछि एकदिन भनें, “मनाको बरखी सकिने बित्तिकै म बिहे गर्छु होला।”
मेरो कुरा सुनेर उनी अचम्मित भइनन्। ओठ लेप्य्राउँदै भनिन्, “छिः लोग्नेमान्छेको जात जनाइहाल्नुपर्ने! घरकाहरू मृत्युको शोकबाट उत्रिसकेका छैनन्। हजुर भने बिहे गर्न खोज्दै हुनुहुन्छ।”
पर्न त उनको कुरा मर्ममै पर्यो। तैपनि म मुस्कुराएँ।
“छिः लोग्नेमान्छेको जात!” जाँदाजाँदै उनले खूब जोड दिएर यो वाक्य बोलिन्। मैले पनि उनलाई ‘आइमाई मान्छेको जात’ भनिदिएको भए उनलाई मन पर्ने थिएन। के महिलालाई चाहिँ बिहे गर्न, प्रेमी बनाउन या कसैको भावनात्मक साथको जरुरत पर्दैन?
सोचें, उनले भनेको पनि ठीकै हो। म मरेर मना बाँचेकी भए यतिन्जेल खाना न पानी भएर लडिरहेकी हुन्थिन्। पूरै जिन्दगी मेरै नाममा कोही पुरुष विना बाँच्ने थिइन्। तर मेरा आँखा श्रीमती खोज्न तल्लीन छन्।
मना भन्थिन्, “म त हजुरभन्दा अगाडि मर्ने हो। हजुर अगाडि मर्नुभयो भने म कसरी बाँच्न सक्छु?”
म भन्थें, “मर्ने कुरामा पनि को अगाडि को पछाडि भन्ने हुन्छ र? म अगाडि मर्न पनि सक्छु।”
“म त जसरी पनि हजुरभन्दा अगाडि मर्ने हो,” उनी भन्थिन्।
“के थाहा, तिमीभन्दा म नै अघि मर्छु कि? म मरेपछि एक्लै बाँच्न नसके बिहे गर्नु नि।”
उनी रिसाएर भन्थिन्, “छिः हजुर पनि के के भन्नुहुन्छ! हजुर मर्नुभयो भने मैले किन बिहे गर्ने? मेरो छोरा छ। हजुर लोग्नेमान्छेको जात जस्तो हो र श्रीमती मरेपछि एक्लै बाँच्न नसक्ने?”
उनले त्यसो भन्दा निकै हर्षित थिएँ। यो सोचेर कि, उनी मप्रति कति बफादार छिन्! तर अहिले बुझ्दै छु, म मरेर मना बाँचेकी भए उनलाई पनि भावनात्मक सहाराको जरुरत पर्थ्यो। र, मलाई यो पनि थाहा छ, मना जिद्दी थिइन्। उनले आफूलाई कसैको सहाराको जरुरत परेको कुरा कसैलाई भन्ने थिइनन्।
यसमा मेरो के दोष त? मैले उनलाई बिहे नगर भनेर बाँधिराखेको हुने थिइनँ। समाज र आफ्नो सोचसँग लड्न नसक्नु त उनको कमजोरी हुन्थ्यो। उनले थाहा पाउनुपर्थ्यो, हामीसँग समाज र परिस्थितिले लगाएको काँडेतार पन्छाएर अगाडि बढ्ने हिम्मत हुनुपर्छ।
नाति र बज्यै फर्किए पोखराबाट। केटो झनै दुब्लाएछ। आमा भने अलि चिल्लो हुनुभएछ। यसबीचमा मैले अलिअलि घरधन्दा सिकिसकेको थिएँ। आमाले मैले खाना पकाएको, धन्दा गरेको र लुगा धोएको उस्तो रुचाउनुभएन।
“तँ आइमाई धन्दा गर्न जान्दैनस्।”
आमा पनि! ‘आइमाई धन्दा’ रे!
भनें, “जाने पनि नजाने पनि आफ्नो काम आफैं गर्छु।”
आमाले त्यसो भन्नुहुँदा म झन्डै रोएँ। आमा पुलुक्क हेरेर अर्काेतिर फर्किनुभयो। अनि पछाडिबाट थपथपाउँदै भन्नुभयो, “छिः नरो। लोग्नेमान्छे रुनुहुन्न।”
आमा फिस्स हाँस्नुभयो। उतिखेरै अँध्यारो मुख पारेर भन्नुभयो, “तँलाई मनाले साह्रै पुलपुल्याएकी थिई। हेर् त बाबु, तँ के भइस्? दुब्लाएर सिन्का भ’को छस्। मनाको बरखी सकिएपछि बिहे गरिहाल्।”
आमाले त्यसो भन्नुहुँदा म झन्डै रोएँ। आमा पुलुक्क हेरेर अर्काेतिर फर्किनुभयो। अनि पछाडिबाट थपथपाउँदै भन्नुभयो, “छिः नरो। लोग्नेमान्छे रुनुहुन्न।”
म झनै घुँक्कघुँक्क पो रुन थालें।
कति कमजोर हँ म? छिमेकी, आफन्त, मनाका आमाबाबाले मलाई यही कुरा त भन्दै आएका छन्– लोग्नेमान्छे रुनु हुन्न, मनको व्यथा बाहिर देखाउनु हुन्न। लोग्नेमान्छेमा हरेक दुःख सहन सक्ने क्षमता हुनुपर्छ।
आफन्तहरू सान्त्वना दिन्छन्, “मना मरेपछि तैंले साह्रै दुःख पाइस् जेठा। के गर्छस् त, भाग्यमै लेखेको।”
म फिस्स हाँसिदिन्छु। हाँस्नु पनि त कर्तव्य हो।
मनाको बरखी सकियो।
एक्लोपन र कसैको निकटताको अभावले म खिइँदै गएको थिएँ। तर मलाई प्रस्ट थाहा थियो, छोराले आमाको स्थानमा कोही अर्काे आमा सजिलै स्विकार्नेवाला थिएन। ऊ सहयात्रीको आवश्यकता र चाहना बुझ्न सक्ने उमेरको भइसकेको पनि त छैन।
एकदिन कान्छी बुहारीले जिस्क्याउँदै भनिन्, “के हो दाइ? पहिले मना दिदी साथमा हुँदा त घरधन्दामा हजुरको मन लाग्दैनथ्यो। अचेल त घरधन्दा, भातभान्छा गर्नुहुन्छ। दुःख नगर्नू। नयाँ दिदी आएपछि यो सबै गरिहाल्नुहुन्छ नि।”
म खिस्रिक्क परें। बुहारीले पनि मुखेन्जी व्यंग्य गरिन्।
व्यवहार, घरधन्दा, जागीरे जीवन र एक्लोपनले मलाई अर्कै बनाउँदै लगेको थियो। घरधन्दाका लागि अर्काे कामदार राख्ने हैसियत थिएन मेरो। भाइबुहारी र भतिजभतिजीहरूको भर पर्न छोडिसकेको थिएँ। बिचरा बनेर बाँच्न मलाई कहिल्यै आएन। मनाले पनि जहिल्यै टाउको उठाएर बाँच्न सिकाइन्। हो मानें, उनी मेरी अर्धाङ्गिनीभन्दा ज्यादा सुसारे सरह थिइन्। मेरो सेवा गर्थिन्। यो घर निर्माणमा उनको प्रशस्त हात थियो। तर मैले पनि त आफ्नो तर्फबाट उत्तिकै लगानी र मिहिनेत गरेको थिएँ। उनले जागीर गरिनन्, पुरुष सरह बाहिरफेर निस्केर घुम्ने काम गरिनन्। तर घर सजाउन, मलाई बनाउन, छोराको भविष्य निर्माण गर्न, आफन्तहरूमाझ मेरो शिर ठडिनुमा मनाकै हात थियो।
मेरो गल्ती, मैले उनलाई सपना देख्न सिकाइनँ। तिमी घरधन्दामा सीमित नरहनू, रहरका केही काम गर्नू, कहिलेकाहीँ सँगीसाथीसँग घुमफिर गर्नू भनिनँ।
बाह्र पास गरेपछि छोरो पनि काठमाडौं छिर्यो। ऊ त पखेटा उम्रिइसकेको पन्छी, उड्न किन नदिऊँ? तर ऊ भुर्र उडेपछि घरमा झनै शून्यता छायो। कसैको भावनात्मक साथ र भौतिक उपस्थितिको महत्त्व झन् टड्कारो हुन थाल्यो।
सृष्टिसँगको मित्रता धिकिरधिकिर बाँचेकै थियो। उनले ‘छिः लोग्नेमान्छेको जात’ भनेर घृणाले निधार खुम्च्याएकै दिनदेखि मलाई ऊ मन पर्न छाडेको थियो। उनलाई याद पनि थिएन, उनको कुरा ममा कसरी बिझेको छ भनेर। हाम्रो मित्रताको औपचारिकता सन्चो–बिसन्चो सोधनीमा सीमित थियो।
एकदिन सृष्टिले मसँग बिहेको प्रस्ताव राखिन्। उनको त्यो प्रस्तावले एकछिन त मलाई पनि खुशी नै दियो। उनी रुँला रुँला जस्तै गरी मेरो सामु उभिएकी थिइन्। एकछिनपछि फिस्स हाँसेर भनिन्, “मलाई बिहे गर्न मन छैन। तर के गर्नु, बुढेसकालमा हातखुट्टा नचलेको दिन हात समाएर चर्पी लगिदिने मान्छे चाहिएन? बूढाबूढी भएर पिँढी कुरेर बसेको दिन हामी एकअर्काको साथी भइहाल्छौं। तर मेरो एउटा शर्त छ।”
‘शर्त’ शब्द सुनेपछि मन अमिलो भयो।
उनले भनिन्, “म बिहे त गर्छु, तर बिहेपछि मलाई सामाजिक काममा रोक्न पाउनुहुन्न। हजुरलाई पनि श्रीमतीको खाँचो, मलाई पनि आँटिलो श्रीमान्को खाँचो। मलाई छोराछोरी जन्माउने रहर पनि छैन। हजुरको छोरालाई आफ्नो मान्न सक्छु। म हजुर बाहेक दायाँबायाँ सोच्दिनँ। शर्त मन्जुर छ भने भन्नुस्।”
उनको कुरा सुनेपछि मेरो मन बेस्सरी टुट्यो। म रुन मात्र सकिनँ। मनाले पनि कुनै दिन ‘हजुर मर्नुभयो भने मैले किन बिहे गर्ने? मेरो छोरा छ, यत्रो श्रीसम्पत्ति छ’ भनेकी थिइन्। के हरेक स्वास्नीमान्छेलाई लोग्नेको भावनात्मक साथभन्दा ज्यादा सन्तान, पैसा र बाँच्नका लागि अलिकति स्वाभिमान भए पुग्छ? के जिन्दगी र सम्बन्ध भनेको यति नै हो?
मलाई झनक्क रिस उठ्यो। चर्काे आवाजमा भनें, “तिमीले ममाथि दया गरेकी हौ? तिम्रो शर्त सहितको प्रस्ताव म किन स्विकारूँ?”
सृष्टि केही बोलिनन्। अपमानबोधले उनको अनुहार रातो भयो।
“तिमीलाई लोग्नेको भावनात्मक साथ र सहाराको जरुरत छैन, सृष्टि। तिमीलाई मात्र बुढेसकालका लागि टेको चाहिएको छ। माफ गर, म टेको बन्न सक्दिनँ।”
“अनि हजुर पनि त कुन चाहिं प्रियसी खोज्दै हुनुहुन्छ र? त्यही लुगा धोइदिने, खाना पकाइदिने र बुढेसकालका लागि सहारा त खोजिरहनुभएको छ!”
आमाको कुराले झनै भावुक भएँ। आमालाई के थाहा, हिजो मनाको हौसला र साथको दह्रो खम्बा थियो र पो म बलियो थिएँ। त्यो खम्बा ढलिसकेको छ।
सृष्टिको कुरा गहिरो गरी बिझ्यो। म कसैमा निर्भर छैन, आफ्नो काम आफैं गर्छु भनेर गर्व गर्थें। बिस्तारै म आत्मनिर्भरको बाटोमा डोरिंदै थिएँ। यो कुरा सृष्टिलाई पनि थाहा थियो। आज उनको कुराले म रुन मात्र सकिनँ।
उनीसँग बहसमा उत्रिन मन लागेन।
घर आएर थपक्क ओछ्यानमा पल्टिएँ। आमा आउनुभयो कोठामा। उहाँले आवाज ननिकाली म रोएको थाहा पाउनुभएछ। काँधमा थुमथुम्याउँदै भन्नुभयो, “नरो न बाबु! लोग्नेमान्छे रुनु हुँदैन। उसले हजार पीर मनमा बोकेर मुस्कुराउनुपर्छ। परिवारका हरेक सदस्यको रहर र आवश्यकता पूरा गर्न हड्डी घोट्नुपर्छ। यसरी कमजोर भएर कसरी ठड्याउँछस् यो घरको मियो? घरको मियो ढल्न नदिन पनि तँ बलियो बन्नुपर्छ बाबु।”
आमाको कुराले झनै भावुक भएँ। आमालाई के थाहा, हिजो मनाको हौसला र साथको दह्रो खम्बा थियो र पो म बलियो थिएँ। त्यो खम्बा ढलिसकेको छ। अब घरको मियो ठड्याइराख्न म दह्रो भएर उभिनुपर्नेछ।
प्रिय मना! तिमी यसरी नआउनुपर्थ्यो या आएर नजानुपर्थ्यो सुटुक्क। तर म जन्म र मृत्युको यो नियम बदल्न सक्दिनँ। आदत छैन एक्लोपनको। जिन्दगीमा सबैले खोज्ने सहजता र सन्तुष्टि नै हो। मैले पनि यही बाटो रोज्न जाँदै थिएँ, तर भयो अब चाहिएन शर्त सहितको साथ।
बाँकी सब ऐजन ऐजन हुन्।
हिमाल दशैं साहित्यका थप सामग्री: