कला/साहित्य बुधबार, असार १०, २०७७

राष्ट्रिय विभूति अरनिकोको दुर्लभ चित्र नेपालमै

ज्ञानेन्द्र विवश

राष्ट्रिय विभूति अरनिकोको दुर्लभ चित्र नेपालमै
कलाकार अरनिकाेले चीनमा बनाएकाे चित्र र टिकटमा अरनिकाे ।

अन्वेषक मीनबहादुर शाक्यले अनुसन्धानका क्रममा फेला पारेको र चीनमा समेत नभएको अरनिकोले बनाएको सो दुर्लभ चित्रको प्रतिलिपि अब नेपालमै हेर्न पाइन्छ ।

कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीमा राष्ट्रिय विभूति कलाकार अरनिकोले बनाएका दुई थान व्यक्तिचित्रको प्रदर्शनीले इतिहासको अर्को अध्याय प्रारम्भ गर्यो‍ । २०६६ सालमा गरिएको सो सार्वजनिक कार्यले कलाका खोजीको यात्रालाई निरन्तरता दिन अध्येताहरूलाई हौस्यायो । व्यक्तिचित्रको सुन्दर र कलात्मक सिर्जनाको त्यस प्रदर्शनीले कलाकार अरनिको एक कुशल चित्रकारका रूपमा समेत ख्यातिप्राप्त व्यक्तित्व रहेको तथ्य सार्वजनिक भएको हो ।

ज्ञानेन्द्र विवश

अन्वेषक मीनबहादुर शाक्यले अनुसन्धानका क्रममा फेला पारेको र चीनमा समेत नभएको अरनिकोले बनाएको सो दुर्लभ चित्रको प्रतिलिपि अब नेपालमै हेर्न पाइन्छ । नेपालमा ल्याइएका ती चित्रको सक्कली रूप भने ताइवानको राजधानी ताइपेईको राष्ट्रिय प्रासाद सङ्ग्रहालयमा शोभायमान भएर रहेको छ । ई.सं. १२९४ मा बनाएको त्यो चित्र चीनका तत्कालीन युआनवंशी सम्राट कुब्लाई खाँ र उनकी श्रीमती छवी खाँको व्यक्तिचित्र हो । उनले नेपाली इतिहासका धेरै तथ्य अभिलेखहरू चीन र ताइपेईमा रहेको बताएका थिए । चीनको डुङवाङ गुफामा सं. ७१५ देखि ८१५ तिर नेपालबाट लगिएका कलाकारहरूले बनाएका चित्र रहेको बताएका थिए ।

याे पनि हेर्नुहाेस्–पूर्वाेत्तर भारतीय कलामा नेपाली संस्कृति

रेशमी कपडामा अत्यन्त मिहीन किसिमले बनाइएका ती चित्रकला उनको अनुपम सिर्जनाको नमूना मान्न सकिन्छ । चिनियाँ र मंगोल शैलीमा बनाइएको सो चित्र अरनिकोले नै बनाएको हो भन्ने प्रमाण ओहायो विश्वविद्यालयका प्रोफेसर एण्डिङ जिङले प्रमाणित गरेपछि भएको हो । अरनिकोले अरू पनि धेरै चित्र बनाएको हुनसक्ने उनले जानकारी दिएका थिए । शाक्यसँगको संवादमा अरनिको र भृकुटीको अनुसन्धानमा आफू संलग्न रहेको बताउँदै अरनिकोबारे अर्को तथ्य पनि खोलेका थिए । तर उनको सबै अनुसन्धान कार्य उनको निधनसँगै विराम लागेको छ ।

अरनिकोको अर्को चित्र अमेरिकाको लसएन्जलस काउण्टी म्युजियममा रहेको छ । सो चित्र नेपालको मौलिक पौभा शैलीमा बनाइएको हरित ताराको हो । त्यस्तै चिनियाँ र मंगोल भाषाका ग्रन्थहरूमा पनि अरनिकोले बनाएका क्यालिग्राफहरू प्रशस्त पाउन सकिन्छ ।

उनले भनेका थिए– अरनिकोको अर्को चित्र अमेरिकाको लसएन्जलस काउण्टी म्युजियममा रहेको छ । सो चित्र नेपालको मौलिक पौभा शैलीमा बनाइएको हरित ताराको हो । त्यस्तै चिनियाँ र मंगोल भाषाका ग्रन्थहरूमा पनि अरनिकोले बनाएका क्यालिग्राफहरू प्रशस्त पाउन सकिन्छ । अरनिकोको विषयमा धेरै अनुसन्धानात्मक लेख–रचनाहरू प्रकाशित भएको छ तर नेपालमा भने अरनिकोको पहिचान कम छ ।

याे पनि हेर्नुहाेस्– पोखरा: पानीरङकाे पाठशाला

अरनिकोकै कलाकारिताका कारण नेपाल र चीनका बीचमा त्यो समयदेखि दुई देशको सम्बन्ध प्रगाढ हुँदै आएको हो । आजसम्म पनि त्यस सम्बन्धमा झन् बढी गहिरो सम्बन्ध स्थापित भएको छ । यस्ता राष्ट्रवादी महान् कलाकार प्रत्येक नेपालीका लागि मार्गदर्शक पनि हुन् ।

कलाकार अरनिकाे र उनले चीनमा बनाएकाे चर्चित चित्र ।

नेपालमा कलाकार अरनिकोलाई चिनाउने कार्यमा अरनिकोविद् सत्यमोहन जोशीको योगदान पनि प्रशंसनीय रहेको छ । चार वर्षभन्दा बढी समय चीनमा रहँदा उनले इतिहासको गर्भमा लुकेर रहेका हाम्रा राष्ट्रिय विभूति अरनिकोलाई खोजेर नेपाली जनमानसमा ल्याइदिए । उनका अनुसार चीनमा वास्तुविद् अरनिकोले बनाएका अनेकौं स्मारक तथा मूर्तिहरू छन् । चिनियाँहरू आज पनि अरनिकोलाई महान् कलाकार मानेर ठूलो सम्मान दर्शाउँछन् ।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

जोशीले अरनिकोलाई नेपालमा चिनाउन ‘कलाकार अरनिको’ नामक एक ग्रन्थ नै लेखेका छन् । उनी चान्सलर रहेको नेपाल भाषा एकेडेमीमा अरनिको ग्यालरीकै स्थापना गरिएको छ। सो ग्यालरीमा अरनिकोको पूर्णकदको प्रतिमा समेत राखिएको छ। सो प्रतिमा मूर्तिकार राजेश अवालेले निर्माण गरेका हुन्। त्यस्तै त्यहाँ अरनिको सम्बन्धी धेरै दुर्लभ सामग्रीहरू राखिएका छन्। सोही ग्यालरीमा अरनिकोले बनाएको व्यक्तिचित्रको प्रतिलिपि पनि भएकोले अरनिकोबारे अध्ययन, अनुसन्धान गर्ने जिज्ञासुलाई आवश्यक जानकारी पर्याप्त उपलब्ध हुन्छ।

तत्कालीन चीन सरकारको निम्तो र नेपाल सरकारको स्वीकृतिमा ८० जना अन्य कलाकारहरूको नेतृत्व गर्दै अरनिको चीन प्रस्थान गरेका थिए । सन् १२६० को समयमा उनी आफ्ना सहयोगीहरू लिएर कोदारीको बाटो हुँदै महीनौं दिन लगाएर चीन पुगेका थिए । चीनमा रहँदा उनले अद्वितीय कलाकारी क्षमताद्वारा सबैलाई आश्चर्यचकित पारेका थिए।

तत्कालीन चीन सरकारको निम्तो र नेपाल सरकारको स्वीकृतिमा ८० जना अन्य कलाकारहरूको नेतृत्व गर्दै अरनिको चीन प्रस्थान गरेका थिए । सन् १२६० को समयमा उनी आफ्ना सहयोगीहरू लिएर कोदारीको बाटो हुँदै महीनौं दिन लगाएर चीन पुगेका थिए । चीनमा रहँदा उनले अद्वितीय कलाकारी क्षमताद्वारा सबैलाई आश्चर्यचकित पारेका थिए । किनभने सानै उमेरका भए पनि आफ्नो काममा उनी निपुण थिए ।

याे पनि हेर्नुहाेस्–कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

उनले चीनमा मूर्ति र वास्तुकलाका धेरै उदाहरणीय काम गरे । उनले अनेकौं बौद्धबिहार, स्तूप, बुद्धमूर्ति आदि नेपाली शैलीमा निर्माण गरे । यसका अतिरिक्त महत्वपूर्ण चित्रकला समेत सिर्जना गरे । ती चित्रहरू मूलतः तत्कालीन राजारानी, विभिन्न मन्त्रीहरू लगायत राजपरिवारका सदस्यहरूका साथै अन्य विशिष्ट व्यक्तित्वहरूका थिए। यी कुरा चीनमा रहेका स्मारक, अभिलेख आदिमा सुरक्षित रहेका छन् ।

अरनिकोले बनाएको श्वेतचैत्य लगायत उनका अन्य सिर्जनालाई चीन सरकारले महत्वपूर्ण पुरातात्विक सम्पदाका रूपमा राखेर त्यसको ठूलो सम्मान र संरक्षण प्रदान गरिरहेको छ । १३औं शताब्दीमा जन्मिएर आजसम्म उत्तिकै सम्मानित प्रतिभा अरनिको वास्तवमा नेपालका एक सपूत हुन् ।

नेपाली कलाकार अरनिकोको कलात्मक चेतनाको उँचाइप्रति सम्मान दर्शाउँदै चीन सरकारले उनलाई उच्च सरकारी सुविधा दिएको थियो । उनलाई उच्च पद दिएर चीनमै राखी त्यहाँका विभिन्न ठाउँमा बिहार, मूर्ति, चैत्य आदि उनकै नेतृत्वमा बनाउन लगाइएको थियो ।

नेपाली कलाकार अरनिकोको कलात्मक चेतनाको उँचाइप्रति सम्मान दर्शाउँदै चीन सरकारले उनलाई उच्च सरकारी सुविधा दिएको थियो । उनलाई उच्च पद दिएर चीनमै राखी त्यहाँका विभिन्न ठाउँमा बिहार, मूर्ति, चैत्य आदि उनकै नेतृत्वमा बनाउन लगाइएको थियो । नेपाली कलाका प्रेरणा स्रोत यस्ता महान् कलाकारप्रति हामी सधैं नतमस्तक हुनैपर्छ ।

याे पनि हेर्नुहाेस्–पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

नेपाली ललितकला जगतका प्रेरणास्रोत अग्रज कलाकार तथा राष्ट्रिय विभूति अरनिको वास्तवमा उत्कृष्ट वास्तुकलाविद्, मूर्तिकार र चित्रकार व्यक्तित्वका स्रष्टा थिए । छिमेकी मित्रराष्ट्र चीनमा गएर उनले आफ्नो र राष्ट्रकै पहिचान गराएको इतिहासमा उल्लेख छ । उनको जन्म वि.सं. १३०० मा र निधन ६३ वर्षको उमेरमा १३६३ सालमा भएको अनुमान छ ।

यस्ता आदरणीय अग्रज कलाकार अरनिकोको स्मृति दिवस नेपाल तथा चीनमा हार्दिक श्रद्धाका साथ हरेक वर्ष मनाइने गरिन्छ । यहाँ ‘अरनिको स्मृति दिवस’ प्रत्येक वर्षको पुस २३ गते मनाइने परम्परा छ । नेपालमा यो परम्परा २०५८ सालदेखि मात्रै शुरू भएको हो । त्यो पनि नेपाल कमर्सियल आर्टिष्ट संघको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो । त्यसपछि मात्र एक कलाकारको अनुहारको आधिकारिक स्वरूप र दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।

उता चीनमा अरनिको समाजको पहलमा अरनिकोको पूर्णकदको प्रतिमा निर्माण र प्रतिस्थापन भइसकेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पनि अरनिकोको पूर्णकदको प्रतिमा बनाउन शिलान्यास गरिसकेको छ । उता चीनमा महान् कलाकार अरनिकोद्वारा निर्मित प्रसिद्ध श्वेतचैत्य परिसरमा प्रतिस्थापित प्रतिमाले पुनः अरनिकोप्रति पछिल्लो पुस्ताले सम्मान दर्शाएको विश्वास गर्न सकिन्छ ।

याे पनि हेर्नुहाेस्–कलामा आमा, आमामा कला

चीनको बेइजिङमा अवस्थित श्वेतचैत्यलाई नेपाल–चीन पवित्र मित्रताको प्रतीकका रूपमा लिइने गरिन्छ । अरनिकोले बनाएको श्वेतचैत्यलाई चीनमा महत्वपूर्ण सम्पदास्थलका रूपमा लिइन्छ । चीन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक सो श्वेतचैत्यको अवलोकन नगरी फर्किंदैनन् ।

चीनको बेइजिङमा अवस्थित श्वेतचैत्यलाई नेपाल–चीन पवित्र मित्रताको प्रतीकका रूपमा लिइने गरिन्छ । अरनिकोले बनाएको श्वेतचैत्यलाई चीनमा महत्वपूर्ण सम्पदास्थलका रूपमा लिइन्छ । चीन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक सो श्वेतचैत्यको अवलोकन नगरी फर्किंदैनन् ।

यही स्थानमा हाम्रा अरनिकोको जीवन्त आकृति अङ्कित प्रतिमाको प्रस्थिापनले चिनियाँ र नेपाली जनमानसमा पनि अरनिकोप्रति श्रद्धाभाव अझै वृद्धि भएको अनुभव हुन्छ । सो प्रतिमा कलाकार के.के. कर्माचार्यले तयार पारेको डिजाइन र उनकै निर्देशनमा मूर्तिकार ओम खत्रीले निर्माण गरेका हुन् । २०५९ सालमा सो प्रतिमाको अनावरण गरिएको थियो ।

याे पनि हेर्नुहाेस्–नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

हाम्रा राष्ट्रिय विभूति कलाकार अरनिकोको पहिचानका सम्बन्धमा यहाँनेर अर्को स्मरणीय कुरा पनि उल्लेखनीय छ । त्यो हो कलाकार तथा मूर्तिकार अमर चित्रकारले रेखाचित्र तयार पारेको सन्दर्भ । २०२९ सालमै कलाकार के.के. कर्माचार्यले अरनिकोको पूर्णकदको चित्र तयार गरेको र त्यसलाई सरकारी मान्यता दिई हुलाक टिकटको प्रकाशन तत्कालीन सरकारले गरेको थियो ।

नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई २०२४ सालमा राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गरिएको थियो । सोही घोषणानुसार कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्णकदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको हो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकटमालाको प्रकाशन गरिएको छ । यी सबै नेपालका बहुप्रतिभाशाली कलाकारप्रतिको सम्मानका पुनित कार्यहरू हुन् ।

प्रतिकृया दिनुहोस