कला/साहित्य सोमबार, असार २२, २०७७

शङ्करनाथले के साेचेर बनाएका थिए नेपालकाे झण्डाकाे शास्त्रीय नमूना ?

ज्ञानेन्द्र विवश

शङ्करनाथले के साेचेर बनाएका थिए नेपालकाे झण्डाकाे  शास्त्रीय नमूना  ?

पहिले झण्डाको कुनै निश्चित आकार थिएन । केवल रङ मिले पुग्थ्यो । तर उनले विभिन्न अध्ययन, अनुसन्धान गरी झण्डाको आधिकारिक आकार निर्धारण गरे । पछि त्यही झण्डाले मान्यता पायो ।

नेपालको राष्ट्रिय झण्डा विश्वमै पृथक मौलिकताको एक जीवन्त नमूना हो यसका डिजाइनर हुन् वरिष्ठ कलाकार तथा इञ्जिनियर शङ्करनाथ रिमाल । यिनै रिमाललाई गएको साता उनको योगदानको उच्च सम्मान गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले एकलाख राशिको ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान २०७७’ प्रदान गरेको छ।

ज्ञानेन्द्र विवश

त्यस्तै ‘नइ कीर्तिनीधि पुरस्कार’ बाट पनि पुरस्कृत हुने निर्णय भइसकेको छ । रिमालको कलाकारितामाथिको यो सामग्रीले नेपाली कलामा एक अर्को अध्यायको कालखण्डलाई प्रकाशमा ल्याउने विश्वास छ।

कलाकार रिमाल पेशाले इञ्जिनियर हुन् तर चित्रकलामा उनको संलग्नता निकै अघिदेखि निरन्तर रहँदै आइरहेको छ । उनी नेपाल कला परिषद, न्यू आर्ट सर्कल, आधुनिक कला समाज जस्ता कला संस्थाहरूका संस्थापक कलाकार पनि हुन्।

नेपालको राष्ट्रिय झण्डा अन्य देशको भन्दा नितान्त भिन्न र मौलिक किसिमको छ। आज अमेरिकामा मात्रै नेपाली झण्डाको लाखौं रूपैयाँको कारोवार भइरहेको बताइन्छ। नेपालको झण्डा सङ्कलन तथा सजाउने क्रम त्यहाँ निकै बढिरहेको छ।

अन्य सामाजिक संस्थाहरूको संलग्नताको कुरा त बेग्लै भयो। ८६ वर्ष पुगिसकेका उनी नेपाली चित्रकला, वास्तुकला र डिजाइन कलाका अगुवा सिर्जनाकर्मी हुन्।

यो पनि पढ्नुहोस्—विवाहको निम्तो कार्डमा चित्रकला कहिले र कसले गर्‍यो प्रारम्भ ?

नेपालको राष्ट्रिय झण्डा अन्य देशको भन्दा नितान्त भिन्न र मौलिक किसिमको छ। आज अमेरिकामा मात्रै नेपाली झण्डाको लाखौं रूपैयाँको कारोवार भइरहेको बताइन्छ। नेपालको झण्डा सङ्कलन तथा सजाउने क्रम त्यहाँ निकै बढिरहेको छ।

वरिष्ठ कलाकार तथा इञ्जिनियर शङ्करनाथ रिमालका पेन्टिङ ।

२०१८ सालमा जागिर छाडेपछि स्वतन्त्र रूपले उनी आफ्नै इञ्जिनियरिङतिरै लागे। २०१९ सालमा उनलाई नेपालको राष्ट्रिय झण्डाको शास्त्रीय नमूना तयार पार्ने अनुरोध आयो। उनले त्यस कार्यलाई कुशलतापूर्वक पूरा गरे।

ई.रिमालका अनुसार हाम्रो देशको झण्डाका चन्द्रमामा आठवटा बराबरका कोण हुन्छन् । सूर्यमा बाह्रवटा बराबरका कोण हुन्छन् । नेपालको अन्तरिम संविधानको धारा ६ मा राष्ट्रिय झण्डाबारे उल्लेख भएको उनी बताउँछन्।

पहिले झण्डाको कुनै निश्चित आकार थिएन। झण्डामा केवल रङ मिले पुग्थ्यो। तर उनले विभिन्न अध्ययन, अनुसन्धान गरी झण्डाको आधिकारिक आकार निर्धारण गरे। पछि त्यही झण्डाले मान्यता पायो।

कलाकार रिमालको भनाइमा सिम्रिक रङको भुई र गाढा नीलोरङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमध्ये आठवटा कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नै नेपालको राष्ट्रिय झण्डा हो।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

कलाकार रिमालको भनाइमा सिम्रिक रङको भुई र गाढा नीलोरङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमध्ये आठवटा कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नै नेपालको राष्ट्रिय झण्डा हो।

आफूले सो झण्डाको आधिकारिक आकार निर्माणमा शास्त्रीय र परम्परालाई निरन्तरता दिंदै राष्ट्र र राष्ट्रियतालाई समेत मनन गरेर बनाएको उनी बताउँछन्। उनका अनुसार ठाडोमा चार र तेर्सोमा तीन छ । वेदमा समेत व्याख्या भएको ३, ४, ५ को रेसियो वा माप अनन्त हुन्छ। त्यही अनन्तलाई आत्मसात् गरी झण्डा बनाइएको उनको भनाइ छ।

प्राचीन ऐतिहासिक कालदेखि नै झण्डाको प्रयोग हुँदै आएकोले यसको महत्व र आवश्यकता पनि अत्यन्त ठूलो रहेको हुन्छ। कुनै पनि राष्ट्रको पहिचानका लागि झण्डाको प्रयोग गरिन्छ। यस किसिमको महत्व बोकेको हाम्रो राष्ट्रिय झण्डाको आधिकारिक डिजाइन गरी उनले आफ्नो कलाकारी तथा इञ्जिनियरिङ क्षमता देखाएका छन्।

त्यसैगरी कहाँको घर, मन्दिर, हल, ठूला–ठूला भवन आदिका कस्तो संरचना छ ? कस्तो वास्तु, कस्तो डिजाइन हुनुपर्दछ र भएको छ भन्ने बारेमा पनि उन फटाफट बताउँछन् । उनले स्वदेशदेखि विदेशसम्मका मठमन्दिर, औद्योगिक कार्यालय, बैंक, वित्तीय भवन, होटल, अस्पताल, अपार्टमेन्ट, आवासीय भवन, मोनुमेन्टलहरू, इन्टेरियर आदिको डिजाइन गरेका छन्।

वरिष्ठ कलाकार शङ्करनाथ रिमालका कला ।

हालको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानकोे डिजाइन पनि २०१९ सालमा उनले नै गरेका हुन् । जनकपुर चुरोट कारखाना, एभरेष्ट होटल आदि उनकै डिजाइनका भवनहरू हुन् । कैलाली, टीकापुरको टाउन सेन्टर पनि उनकै डिजाइनबाट तयार भएको हो।

पशुपतिनाथमा रहेको उन्मत्त भैरव मन्दिरको नमूना भवन पनि उनले नै गरेका हुन्। जनकपुरको रामानन्द गेट, हरिवन, सर्लाहीको चतुर्भुजेश्वर मन्दिर आदि पनि रिमालकै इञ्जिनियरिङ्ग कलाका जीवन्त नमूनाहरू हुन्।

याे पनि हेर्नुहाेस्– कलामा आमा, आमामा कला

कलाकार तथा इञ्जिनियर शङ्करनाथ रिमालले प्रारूप तयार पारेका अन्य नमूनाहरूमध्ये सिङ्गापुरमा विष्णुको मन्दिर र अमेरिकामा पशुपतिनाथ र बौद्ध शैलीका मठमन्दिरहरू रहेका छन्। यिनमा उनले मन्दिरमा रहने देवीदेवता, टुँडालमा रहने देवीदेवता तथा द्वारमा रहने वाहन आदिको नमूनासमेत तयार पारे।

नारायणहिटी राजदरवारको ल्याण्डस्केप डिजाइन पनि उनले नै गरेका हुन् । त्यस्तै बागबजारस्थित अङ्गुरबाबा जोशीको चर्चित खुट्टेघर तथा पुल्चोकस्थित खड्गबहादुर मल्लको गुड्नेघर पनि उनकै मौलिक नमूना कलाका स्वरूप हुन्।

कलाकार तथा इञ्जिनियर शङ्करनाथ रिमालले प्रारूप तयार पारेका अन्य नमूनाहरूमध्ये सिङ्गापुरमा विष्णुको मन्दिर र अमेरिकामा पशुपतिनाथ र बौद्ध शैलीका मठमन्दिरहरू रहेका छन्। यिनमा उनले मन्दिरमा रहने देवीदेवता, टुँडालमा रहने देवीदेवता तथा द्वारमा रहने वाहन आदिको नमूनासमेत तयार पारे।

शहीदगेटको डिजाइन पनि उनकै सिर्जना हो। संंस्कृति, पुरातत्व, वास्तुकला, ललितकलाका ज्ञाता, अध्येता, सङ्कलक पनि हुन् उनी। यिनै विषयका विविध पक्षका पुस्तकहरूका साथै ख्यातिप्राप्त कलाकारहरूको जीवनवृत्तका किताबहरू पनि खातका खात छन् रिमालसँग । हाल घरलाई नै ‘शशि–शङ्कर कलालय’ को नाममा ग्यालरी र पुस्तकालयको स्वरूपमा विस्तारित गरिएको छ। उनको व्यस्तता नेपाली कला, संस्कृति र साहित्यकै उन्नति–प्रगतिका लागि समर्पित छ।

इञ्जिनियरिङ त उनको आफ्नो क्षेत्र नै भई गयो। तन्त्र दर्शनका विविध पक्षमा पनि वार्ता र बहस गर्न उनीसँग यथेष्ट ज्ञान छ। 'लुम्बिनी चक्र' नामक उनको आर्कोलोजिकल किताब प्रकाशित भइसकेको छ । 'श्रीयन्त्र' सम्बन्धी अर्को पुस्तक पनि उनले लेखेका छन्। कलाको विषयमा पनि उनीसँग पर्याप्त जानकारी हुने नै भयो।

शुरूका दिनमा स्वाध्ययनले यस क्षेत्रमा नलागेको भए पनि पछि उनी नेपालका ख्यातिप्राप्त कलाकार लैनसिंह बाङ्देलसँगको चिनाजानीले अझ गहिरो किसिमले लागेका हुन्। उनले हिमाल, पहाड, मन्दिर तथा महिलाका अनेक चित्रहरू बनाएका छन्।

याे पनि हेर्नुहाेस्– पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

मूर्त, अर्मूत र अर्धअमूर्त शैलीका चित्रहरू वास, पानीरङ, एक्रेलिक र तेलरङको माध्यममा बनाइएका छन् । हिजोआज भने एक्रेलिक र तेलरङमा उनी काम गर्छन्। उनको विचारमा स्वतन्त्र कलामा सुन्दरताको आवश्यकता हुँदैन। तर जब हामी कलामा विक्रीको अपेक्षा राख्छौं तब कलामा सुन्दरता हुनुपर्दछ । त्यसैले ठाउँ अनुसार कलामा सुन्दरताको अर्थ तथा उपस्थितिमा फरकपन आउन सक्छ। कला र सुन्दरता कतिपय ठाउँमा भिन्न भइरहेको हुन्छ।

कलाकार शङ्करनाथ रिमालका कला ।

उनको कथन छ– ''म आफूले कहिल्यै यस्तो शैली र यस विषयमा काम गर्छु भनेर चित्र बनाउदिनँ। क्यानभासमा बनाउँदै गयो जे बन्छ त्यही नै मेरो चित्र हो। कुन बेलामा के बनाउने ? भन्ने कुरा त्यही बेला आउँछ । पूर्व तयारीले कला बन्न पनि सक्छ र नबन्न पनि सक्दछ । कलामा सुन्दरता नै आउनुपर्छ भन्ने मेरो मान्यता छैन।''

उनका अनुसार आर्किटेक्टमा कला हुन्छ तर त्यसमा स्वतन्त्रता हुँदैन। चित्त बुझाउन गाह्रो हुन्छ। तर चित्रमा जे गरे पनि र जस्तो बनाए पनि स्वतन्त्रता हुन्छ। इच्छानुसार जस्तो रङ प्रयोग गरे पनि भयो। राम्रो र नराम्रोको मतलव हुँदैन।

उनी भन्छन्– म कलाको व्याकरणमा बाँधिन चाहन्नँ । त्यसो भनेर जथाभावी काम गर्ने त होइन। कला भन्ने कुरा हेर्ने आँखा र उसको बुझ्न सक्ने क्षमतामा भर पर्दछ। एउटालाई मन परेको कला अर्को व्यक्तिलाई मन नपर्न सक्छ। 

याे पनि हेर्नुहाेस्– नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

यसैबीच जातजातिबीच मनमुटाव बढेका बेला स्याङ्जास्थित साल्मेडाँडामा केही वर्षअघि विभिन्न १८ जाति एउटै थलोमा उभिएको एक अनुपम जातीय एकताको स्तम्भ ‘गोर्खा स्मारक’ को डिजाइन शङ्करनाथ रिमालले नै गरेका हुन्। नेपालमा जातीय सद्भावलाई यसले केही हदसम्म भए पनि सहयोग पुग्ने देखिन्छ।

प्रतिकृया दिनुहोस