टिप्पणी आइतबार, असार १४, २०७७

भाँती पुर्‍याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ

डा. रामदेव पण्डित

भाँती पुर्‍याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ

बोतल, आम्खोरा आदिबाट पानी घट्घट् गरी पिउँदा त्यो सीधा आमाशयमा पुग्छ, त्यसमा मुखको पाचन–रस मिसिन पाउँदैन। अतः पानी सधैं गिलासमा राखेर मुख लगाएरै ग्रहण गर्नु बुद्धिमानी हुन्छ।

डा. रामदेव पण्डित

दैनिक कसले, कति, कसरी, कुन वेला, कस्तो पानी पिउने भन्ने विषयमा बजारमा धेरै खालका विचार पढ्न र सुन्न पाइन्छन्। जसले गर्दा जनमानसमा धेरै खालका द्विविधा उत्पन्न भइरहेका छन्। पानी स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर केहीले आवश्यकता भन्दा धेरै खाइरहेका छन् । केहीले भने पानी पिउनुलाई महत्व नै दिएका हुँदैनन् । आवश्यक मात्रा समेत नपिउनेहरूलाई पानीको अभावले शरीर के के हुनसक्छ भन्ने बारेमा बोध नभएरै त्यस्तो भएको हो।

खानेपानी कि पिउनेपानी ?

अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ । अतः नेपाली भाषाको ‘खानेपानी’ भन्ने शब्द एकदम सही छ।

यो पनि पढ्नुहोस्— खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र

पानीलाई पिउने होइन खाने नै गर्नुपर्छ । पानीको घुट मुखमा राखी खाना चपाए झैं आरामले चपाएर खानुपर्छ । पानी खाँदा मुखभित्र अवस्थित क्षारीय प्रकृतिको टाईलिन नामको र‍्याल (ग्रन्थीरस) पानीमा मिसिन्छ । र‍्याल मिश्रित पानीले आमाशयमा पुगेर त्यहाँको अम्लरससँग प्रतिक्रिया गरी अम्लको मात्रालाई सन्तुलनमा राख्छ ।

दैनिक कति पानी पिउने ?

आयुर्वेदमा दैनिक यति पानी पिउनुपर्छ भन्ने विषयमा स्पष्ट केही लेखिएको छैन । तिर्खा लाग्दा तिर्खा मेट्ने गरी पानी पिउनुपर्छ । तिर्खा प्राकृतिक वेग हो । शरीरमा पानीको मात्रा कम हुँदा मस्तिष्कको सहयोगमा तिर्खा मुख वा घाँटीमा लाक्षणिक रूपमा प्रकट हुन्छ । यसलाई रोक्नु वा दबाउनु कदापि हुँदैन। तिर्खा दबाए रोग उत्पन्न हुन्छ । तिर्खाको वेगलाई दबाउँदा त्यसबाट मुख सुक्ने, उत्साह हराउने, बहिरो हुने, बेहोश हुने, चक्कर लाग्ने, हृदय रोग लाग्ने हुन्छ । अन्य मौसम भन्दा वसन्त (गर्मी) र ग्रीष्म ऋतुमा बढी मात्रामा पानी पिउन उपदेश गरिएको छ।

 अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ ।

‘घरेलु पानीको गुणस्तर, सेवा स्तर र स्वास्थ्य’ विषयमा सन् २००३ अगस्टमा ग्ये हौवार्ड र जामी बार्टरामद्वारा लिखित एवं विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित रिपोर्ट अनुसार एक जना ७० किलो वजन भएका स्वस्थ पुरुष र ५८ किलो वजन भएकी स्वस्थ स्त्रीले प्रतिदिन २.२ लिटर पानी पिउनुपर्छ भनी सिफारिश गरेको छ।

त्यसैगरी उच्च गर्मीमा काम गर्ने महिला वा पुरुष मजदूरका लागि ४.५ लिटर पानी पिउनु उपयुक्त हुन्छ भनेको छ । रिपोर्टले बालबालिकाको सन्दर्भमा पनि बोलेको छ । ५ देखि १० किलो तौल भएका बालबालिकाले औसतमा ७०० मि.लि. देखि एक लिटरसम्म पानी सेवन गर्न उपयुक्त हुने सुझाव त्यहाँ दिइएको छ । व्यक्तिविशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कुरामा निर्भर गर्दछ।

याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो

जेस्सिका ब्राउनद्वारा लिखित ‘हाउ मच वाटर सुड यु ड्रिङ्क अ डे’ शीर्षकको आलेख (बीबीसी डटकम, २ मे २०२०) मा एक जनाले दिनभरिमा २४० मि.लि. अट्ने गिलासमा ८ गिलास पानी पिउनुपर्छ भनेर उल्लेख गरिएको छ । यस्तो ८ गिलास पानीले शरीरका लागि दिनभरिमा २ लिटर पानी आपूर्ति गरिदिन्छ । जसबाट शरीरको आवश्यकता पूर्ति हुन्छ।   

शरीर रचनाको हिसाबले मानव शरीरको करीब ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। शरीरमा सबै प्रणाली पानीमै निर्भर रहेको हुन्छ भन्दा फरक पर्दैन । हार्वर्ड मेडिकल स्कूलको ‘सिक्स विक्स प्लान फर हेल्दी इटिङ’ का अनुसार शरीरमा पानीले गर्ने धेरै महत्वपूर्ण कार्यहरूमध्ये शरीरका कोषहरूमा पोषक तत्वहरू र अक्सिजन सञ्चार गर्नु हो।

यो पनि पढ्नुहोस्—आखिर इम्युनिटी हो के ?

पानीले पिसाब थैलीबाट जीवाणुहरूलाई पखालेर बाहिर निकाल्छ । पाचन प्रणालीलाई सघाउँछ । कब्जियत हुनबाट बचाउँछ । रक्तचापलाई सामान्य राख्दछ, हृदयको धड्कनलाई स्थिर राख्दछ । शरीरका अंग र तन्तुहरूको सुरक्षा गर्छ । शरीरको तापक्रमको सन्तुलन मिलाउँछ । शरीरमा इलेक्ट्रोलाइट (सोडियम आदि) हरूको सन्तुलन कायम राख्छ । जोर्नीहरूमा गद्दी झैं नरमता प्रदान गर्छ ।

शरीरमा पानी आपूर्ति पर्याप्त मात्रामा भएन भने त्यसबाट जलअल्पता (डि–हाईड्रेसन) उत्पन्न हुन्छ । जसकारण कमजोरी महसूस हुन्छ, रक्तचाप घट्छ । चिड्चिडाहट हुन्छ । द्विविधा बढ्छ । पिसाब पहेंलो वा कालो भएर आउँछ । हार्वर्ड मेडिकल स्कूलकै किड्नी विशेषज्ञ डा. जुलियन सियफ्टरका अनुसार तुलनात्मक रूपमा युवा उमेरमा भन्दा बढ्दो उमेरमा कम तिर्खा लाग्ने हुन्छ । ६० वर्षपछि शरीरको तिर्खा लाग्ने प्रणालीको संवेदनशीलता घटेर जान्छ ।

यो पनि पढ्नुहोस्— बुझौं दुखाईका संकेत !

सन् १९४५ मा अमेरिकी संस्था ‘फूड् एण्ड न्युट्रिसन् बोर्ड’को अनुसन्धान परिषद्ले वयस्कहरूका लागि ऊर्जाका आधारमा पानी पिउन सिफारिश गरेको थियो । त्यसमा प्रति क्यालोरी १ मि.लि. पानी पिउन सुझाइएको छ । जस अनुसार एक जना २००० क्यालोरी ऊर्जा खपत गर्ने वयस्क महिलाका लागि २००० मि.लि. पानी र एकजना २५०० क्यालोरी ऊर्जा खपत गर्ने वयस्क पुरुषका लागि २५०० मि.लि. पानी आवश्यक हुन्छ भनिएको छ । यहाँ पानीको विकल्पको रूपमा फलफूल वा सागसब्जीको रसलाई पनि प्रयोग गर्न सकिने समेत भनिएको छ ।

कस्तो पानी पिउने ?

गन्धहीन, रङहीन, स्वादहीन र सफा पानीलाई गुणस्तरीय मान्न सकिन्छ । यस्तै सूक्ष्मजीवाणुहरू र हानिकारक माइक्रो अर्गानिजम नभएको पानी पिउनुपर्छ । पानी प्रयोग गर्नुभन्दा पहिला गुणस्तरका २७ वटा मापदण्डमा पूरा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ। आयुर्वेद अनुसार शरीरको लागि मनतातो पानी अमृत समान मानिन्छ । अति तातो पानीले नरम कोषहरूलाई मार्छ भने अति चिसो पानीले रक्तनलीहरू संकुचन गराई चर्काउँछ । त्यसैले यी दुवै खालका पानी स्वास्थ्यको लागि हानिकारक मानिन्छ।

पानीबारे धेरै मानिसका मनमा उठ्ने स्वाभाविक प्रश्नहरू पनि छन्।

याे पनि हेर्नुहाेस्–बहुगुणी गाँजा

धेरै पानी खाए के हुन्छ ? शरीरको स्वाभाविक आवश्यकता भन्दा बढी पानी पिउँदा कोषहरूमा सोडियम इलेक्ट्रोलाइटको सन्तुलन बिग्रिन्छ (घनत्व घट्छ)। जब कोषहरूले सोडियमको सन्तुलन कायम गर्न खोज्छ त्यसपछि अधिक पानी अन्यत्र स्थानान्तरण हुनपुग्छ । फलतः मस्तिष्क र फोक्सो सुन्निन सक्छ। यसरी शरीरमा पानीको आवश्यकतालाई सम्यक् रूपमा बोध गर्न नसक्दा त्यसबाट शरीरलाई खतरा पनि हुनसक्छ।

के पानीको विकल्प चिया/कफी हुनसक्छ ? शुद्ध पानी ऊर्जाविहीन हुन्छ, अर्थात् त्यसमा ऊर्जादायक कुनै तत्व निहित हुँदैन । अतः त्यसलाई शरीरको प्यास मेटाउन मात्र प्रयोग गरिन्छ । जब पानीको सट्टा अन्य पेय पदार्थ जस्तै चिया, कफी, फल–रस, बियर आदि सेवन गरिन्छ, त्यसमा ऊर्जादायक पोषक तत्व समावेश भएको हुन्छ । यदि पानीको सट्टा १०० मि.लि. मात्र अन्य पेय पिउने हो भने त्यसले शरीरमा अनावश्यक रूपले ऊर्जाको असन्तुलन ल्याउँछ । अतः पानीको सट्टा अन्य अरू पेय पिउनु ठीक मानिंदैन । त्यसो गर्दा सम्यक् सन्तुष्टि पनि प्राप्त हुँदैन।

याे पनि हेर्नुहाेस्–भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं

मोटोपन घटाउन पानीको प्रयोग कसरी गर्ने ? भर्जिनिया पोलिटेक्निक इन्ष्टिच्युटका पोषणशास्त्रका प्राध्यापक बे्रण्डा डेभीले मोटोपनको समस्या भएका वयस्क मानिसहरूको दुई समूह बनाएर एक अध्ययन गरेका थिए । दुवै समूहलाई तीन महीनासम्म स्वस्थकर खानपिन दिइएको थियो ।

धेरै पानी खाए के हुन्छ ? शरीरको स्वाभाविक आवश्यकता भन्दा बढी पानी पिउँदा कोषहरूमा सोडियम इलेक्ट्रोलाइटको सन्तुलन बिग्रिन्छ (घनत्व घट्छ)। जब कोषहरूले सोडियमको सन्तुलन कायम गर्न खोज्छ त्यसपछि अधिक पानी अन्यत्र स्थानान्तरण हुनपुग्छ । फलतः मस्तिष्क र फोक्सो सुन्निन सक्छ।

तीमध्ये एउटा समूहलाई खाना खानुभन्दा आधा घण्टा अगाडि ५०० मि.लि. पानी पिउन लगाइएको थियो । अन्तमा जुन समूहलाई पानी खान लगाइएको थियो त्यस गु्रपको तौल तुलनात्मक रूपमा बढी घटेको पाइयो । अतः शरीरमा सम्यक् मात्रामा पानीको आपूर्ति हुँदा खानाको मात्रा घट्दछ र त्यसले मोटोपन पनि घट्दछ ।

यो पनि पढ्नुहोस्—अनिद्राको समस्या छ ? यी हुन् मीठो निद्रा लाग्ने उपाय

कति पानी, कुन वेला पिउने ? आयुर्वेदशास्त्र अष्टाङ्ग हृदय (अध्याय ५ श्लोक १३ र १४)का अनुसार खाना खानुभन्दा २० देखि ३० मिनेट अगाडि पानी पिउनु स्वस्थकर मानिन्छ । त्यसैगरी खाना खाएको २० देखि ३० मिनेटपछि मात्र पानी पिउन निर्देश गरिएको छ । खाना लगत्तै पानी पिउँदा मोटोपन बढ्छ । त्यसवेला पिइएको पानीले पाचक अग्निलाई दबाउँछ । खाना खानु लगत्तै अगाडि पानी पिउँदा शरीरमा दुब्लोपन र कमजोरी बढ्ने उल्लेख छ। यसैगरी खानासँगै गाँसको बीच बीचमा खाइएको चार–पाँच घुट पानीलाई भने अमृत समान मानिएको छ।

उषापान के हो ?

एकाबिहानै (सूर्योदय भन्दा अगाडि वा ब्रह्ममुहूर्तभित्र) खाली पेटमा निश्चित मात्रामा पानी खानुलाई उषापान भनिन्छ । उषापान दाँत माझेर वा नमाझिकन पनि गर्न सकिन्छ । यसलाई आयुर्वेदमा रसायन चिकित्सा भनिएको छ। यसले शरीरमा रोगहरू लाग्नबाट बचाउँछ। उषापानले कब्जियत, अल्सर, अवशोषण प्रक्रियामा गडबडी, मोटोपन, पाइल्स, कोलाइटिस, आईबीएस्, पिसाब सम्बन्धी समस्या वा संक्रमणहरू, रक्त विकार, नाक–कान– घाँटी सम्बन्धी समस्या र छालासम्बद्ध रोगहरू लाग्नबाट पनि बचाउँछ।

एकाबिहानै (सूर्योदय भन्दा अगाडि वा ब्रह्ममुहूर्तभित्र) खाली पेटमा निश्चित मात्रामा पानी खानुलाई उषापान भनिन्छ । उषापान दाँत माझेर वा नमाझिकन पनि गर्न सकिन्छ । यसलाई आयुर्वेदमा रसायन चिकित्सा भनिएको छ। यसले शरीरमा रोगहरू लाग्नबाट बचाउँछ।

यो पनि पढ्नुहोस्—के हो ‘इन्टरमिटेन्ट फास्टिङ’ ?

वात र पित्त दोष हुने प्रकृतिका मान्छेले सुनको (वा माटोको) भाँडामा रातभरि राखिएको, कफ दोष वा मोटोपन भएका मानिसले तामाको भाँडोमा रातभरि राखिएको पानी वा मनतातो पानी सेवन गर्नुपर्छ । उषापानका क्रममा मात्रा वा कति पानी पिउने भन्ने कुनै निश्चित धारणा उल्लेख गरिएको पाइँदैन । रत्नाकर निघण्टुको रसायन अध्यायमा चाहिं व्यक्तिको आफ्नो अञ्जुलीले ८ अञ्जुली पानी पिउन उपदेश गरिएको पाइन्छ ।

अधिक चिल्लो पदार्थ खाएपछि, छाती दुखिरहेको वेला, बाडुल्की लागिरहेका वेला, अरुचि भएको वेला, पेट अघाएर टम्म भरिएको वेला भने पानी नपिउन भनिएको छ।

प्रतिकृया दिनुहोस