युनिभर्सल मानव धर्म सेन्टर कर्पोरेसनको भजन मण्डली प्रमुख बिर्ख गुरुङले न्यूयोर्कको रोचेस्टरबाट कार्यक्रम शुभारम्भको घोषणा गरे । उद्घोषक राम गुरुङले ओहायोको वेस्ट चेस्टरस्थित आफ्नो घरबाट दशऔंला जोडेर सबैलाई स्वागत गरे । अनि अमेरिकाभरि छरिएका सहभागीले ‘जय श्री सच्चिदानन्द’ भनेर अभिवादन फर्काएपछि ‘भर्चुअल सत्सङ्ग’ शुरू भयो । 
हरेक आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने मानव धर्मको यो भर्चुअल सत्सङ्गमा अमेरिकाका एकदर्जनभन्दा बढी राज्यका नेपालीभाषी एकत्रित हुन्छन् । हरेक साता यसमा सहभागी संख्या बढिरहेको छ । भक्तजनहरूले भित्ताको टेलिभिजन सेटमा इन्टरनेट जडान गरेर सत्सङ्गको आनन्द लिइरहेका हुन्छन् ।
 
हरेक आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने मानव धर्मको यो भर्चुअल सत्सङ्गमा अमेरिकाका एकदर्जनभन्दा बढी राज्यका नेपालीभाषी एकत्रित हुन्छन्।  हरेक साता यसमा सहभागी संख्या बढिरहेको छ। भक्तजनहरूले भित्ताको टेलिभिजन सेटमा इन्टरनेट जडान गरेर सत्सङ्गको आनन्द लिइरहेका हुन्छन्। यसपटक २१ जूनमा भने विश्व योग दिवस, विश्व संगीत दिवस र अमेरिकामा मनाइने ‘फादर्स डे’ पनि थियो।
छेक्यो कोरोनाभाइरसले 
मानव धर्मका गुरु सत्पाल जी महाराज । 
सहभागीहरूका लागि फलफूल र प्रसादी तयार पार्न फुर्सदमा रहेका भक्तजनले सहयोग गर्थे। पूरै नेपाली गाउँघरको झल्को आउने गरी यस्ता धार्मिक कार्यक्रम गर्ने चलन थियो।
यो पनि पढ्नुहाेस्– लक्ष्मीलाई आएको प्रियंका चोपडाको त्यो फोन 
सत्सङ्गमा प्रायः आध्यात्मिक चेतना, अहिंसा, परोपकार तथा दुःख निवारण आदिबारे बोलिन्छ। रोगी र गरीबहरूलाई मद्दत गर्ने प्रस्ताव आउँछन्। आफूखुशी सहयोगको घोषणा गरिन्छ।
 
भर्चुअल सत्सङ्ग सुन्दै पेन्सिलभेनियाको एक मानव धर्ममा आवद्ध परिवार । 
सत्सङ्गमा प्रायः आध्यात्मिक चेतना, अहिंसा, परोपकार तथा दुःख निवारण आदिबारे बोलिन्छ। रोगी र गरीबहरूलाई मद्दत गर्ने प्रस्ताव आउँछन्। आफूखुशी सहयोगको घोषणा गरिन्छ।
यो पनि पढ्नुहाेस्– अमेरिकामा भूटानी शरणार्थीहरु भन्छन्, “छरिएका सन्तानको सम्झनाले मुटु पोल्न थालेको छ” 
यो समुदायका सबै सदस्य शाकाहारी हुन्छन् । उनीहरू मादक पदार्थबाट टाढै रहन्छन्। भारतको हरिद्वारस्थित प्रेमनगर आश्रममा रहेका सत्पालजी महाराजलाई उनीहरू गुरुको रूपमा पुज्छन् । १०० भन्दा बढी मुलुकमा छरिएर रहेको यो समुदायका सदस्य आ–आफ्नो देशको समयानुसार हरेक आइतबार सत्सङ्ग गर्छन्।नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क