ब्लग मंगलबार, असार ९, २०७७

नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क

गोपाल गडतौला

नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क
वोइलिङ स्प्रिङ पार्ककाे प्रतिक्षालय ।

पेन्सिलभेनिया राज्यको एउटा सानो शहर कारलायस्थित वोइलिङ स्प्रिङ पार्क पुग्दा झापा र सुनसरीको सम्झना आयो । पार्कमा नेपाल सम्झाउने आकार र बान्कीका ताल प्रशस्तै छन् ।

तीन वर्षअघिको फागुनमा रिपोर्टिङका लागि सुनसरीको इटहरीस्थित तालतलैयादेखि झापा बाहुनडाँगीस्थित कृष्णथुम्कीसम्म पुगेको थिएँ । ‘भ्यालेन्टाइन डे’आउँदै गरेको हुनाले सबै पार्कमा भीडभाड थियो।

बेतना सिमसार क्षेत्रमा भने ‘भ्यालेन्टाइन डे’ मा नै पुगेको थिएँ । मूलगेटमा प्रवेश टिकटको लागि सयौं युवा धुरिएका थिए । दुई कर्मचारीलाई टिकट दिन भ्याईनभ्याई थियो।

होचो जमीनबाट रसाएको पानी जमेर बनेको पोखरीको वरिपरि सखुवाका रूख छन् । पोखरी र पार्कमा घेराबारा छैन। सिमसार क्षेत्र प्रवेश गरेको मान्छे जङ्गलको जहींतहीं बस्न वा टहलिन सक्छ। चरिचरनको लागि छोडिएका घरपालुवा जनावरको बथान त्यहाँ वरपर प्रशस्त देख्न सकिन्छ।

होचो जमीनबाट रसाएको पानी जमेर बनेको पोखरीको वरिपरि सखुवाका रूख छन् । पोखरी र पार्कमा घेराबारा छैन। सिमसार क्षेत्र प्रवेश गरेको मान्छे जङ्गलको जहींतहीं बस्न वा टहलिन सक्छ। चरिचरनको लागि छोडिएका घरपालुवा जनावरको बथान त्यहाँ वरपर प्रशस्त देख्न सकिन्छ ।

याे पनि पढ्नुहाेस्– लक्ष्मीलाई आएको प्रियंका चोपडाको त्यो फोन

झापाको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा हिउँदमा प्रायः पिकनिक खानेको भीडभाड देखिन्छ ।

चकलेट, चाउचाउ, बिस्कुट लगायत पत्रु खानाका खोल ‘फोहोर मलाई’ लेखिएका भाँडामा राख्ने बानी अझै धेरैमा विकास भएको छैन । बढी दुःखद् कुराचाहिं राजमार्गको आडैमा बसालिएको बजारमा रक्सी—बियर र पोलिरहेको सेकुवाको तीखो हरक टाढासम्म नाक पोल्ने गरी आउँछ।

२०७१ सालमा पत्रकार महासंघ झापाको एउटा कार्यक्रमका लागि जामुनखाडीमा जिल्लाभरिका पत्रकार जुटेका थियौं । जामुनखाडी सिमसार तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष परशुराम गिरीले पहिलो समस्या नै फोहोर व्यवस्थापनको बताएका थिए।

उनले भनेका थिए, “आगन्तुकहरूले फोहोर थुपार्न राखिएका कन्टेनर बाहिरै फालिदिन्छन्। शौचालयभन्दा बाहिरै रूखले छेकिएर दिसापिसाब गरिदिन्छन् । हामी हैरान छौं ।” उनले ‘असभ्यता’ उद्घाटित गरिरहेका थिए । आफूले उत्सर्जन गरेको फोहोरलाई ठीक ठेगानमा लगाउन नजान्नु सभ्यतामाथिको मजाक हो।

पानीको सफाइ !

पेन्सिलभेनिया राज्यको कुम्बरल्याण्ड काउन्टीस्थित यो वोइलिङ स्प्रिङ पार्कको स्थापना ११० वर्षअघि भएको रहेछ । पार्कको करीब तीन बिघा जमीनमा फैलिएको पोखरीमा पानीको मुहान भने सानो छ । पोखरीको वरिपरि चौडा आकारका ढुंगा एकमाथि अर्काे खप्ट्याएर राखिएको छ । तिनमा सिमेन्ट परेको छैन।

पोखरीमा हाँस तैरिरहेका छन् । प्लाष्टिकको एउटा टुक्रा धरी कतै देखिंदैन । ५/६ फुट गहिरो पोखरीको पिंधमा रहेका माछाका भुरा समेत देख्न सकिने सङ्लो पानी छ । शुल्क लिएर ‘फिसिङ’ गर्ने अनुमति छ।

पोखरीमा हाँस तैरिरहेका छन् । प्लाष्टिकको एउटा टुक्रा धरी कतै देखिंदैन । ५/६ फुट गहिरो पोखरीको पिंधमा रहेका माछाका भुरा समेत देख्न सकिने सङ्लो पानी छ । शुल्क लिएर ‘फिसिङ’ गर्ने अनुमति छ। रेस्टोरेन्टमा मानिसले बियर प्रशस्तै पिइरहेका देखिन्छन्। पानी सरी नै पिउँछन्। तर एउटा पनि बोतल रेस्टोरेन्टले तोकेको ठाउँ बाहिर भेटिंदैन। फोहोर तह लगाउने काइदा अत्यन्तै व्यवस्थित छ। पानीको सफाइका लागि अपनाइएको सजगता लोभलाग्दो छ । फोहोर नमिसाइदिने हो भने पानी आफैंमा फोहोर हुँदैन।

पेन्सिलभेनियाको यो पार्क वरिपरिका एकै उँचाइका सबै घरहरू ‘होम स्टे’ रहेछन् । मोटरको पछिल्तिर हुकमा अड्काएर ल्याइएको सफा ट्रलीमा घुम्ती पसल चलाउने पनि भेटिन्छन्, हाम्रा चोक घुम्तीका गुड्ने चटपटे पसल झैं । तिनले पसल खोल्नासाथ पहिला डस्टबिन राख्छन्। त्यसपछि मात्र चिया, कफी, हटडग र अरू खानाका पल्ला उघार्छन्।

साँझ आफ्नो पसलबाट उत्सर्जित फोहोर तह लगाएर मात्र फर्किन्छन् । बिहान आफूले पसल खोल्दा ठाउँ कस्तो सफा थियो, साँझ फर्किंदा त्यतिकै सफा पार्छन् । धेरैले त उनीहरू आफ्नो घुमन्ते चमेनागृहबाट निस्केको फोहोर झोलामा हालेर घरमै लैजान्छन् र निजी ‘डस्टविन’ मा खन्याउँछन् । सुन्दा सामान्य लाग्ने यो अभ्यासले नै यहाँका शहर सफा भएका हुन्।

एउटा पूर्व भूटानी शरणार्थी परिवारको ६ वर्षीय बालकले चकलेट खाइसकेपछि खोल गोजीमा राख्यो । यसो गर्न एक वर्ष अघि स्कूल भर्ना भएको पहिलो महीना नै सिकाएको रहेछ ।

पेन्सिलभेनियाको यो पार्क वरिपरिका एकै उँचाइका सबै घरहरू ‘होम स्टे’ रहेछन् । मोटरको पछिल्तिर हुकमा अड्काएर ल्याइएको सफा ट्रलीमा घुम्ती पसल चलाउने पनि भेटिन्छन्, हाम्रा चोक घुम्तीका गुड्ने चटपटे पसल झैं । तिनले पसल खोल्नासाथ पहिला डस्टबिन राख्छन् । त्यसपछि मात्र चिया, कफी, हटडग र अरू खानाका पल्ला उघार्छन्।

पेन्सिलभेनियाको कारलायस्थित वोइलिङ स्प्रिङ पार्क । तस्वीर : विकीपीडिया

सडकमा वेलावेला हिंड्दा मान्छे वा कुकुरको मलमूत्र खोला, पोखरी वा खुला ठाउँमा विसर्जन गर्दा ५०० डलरसम्म जरिवाना लेखिएको बोर्डमा आँखा ठोक्किन्छन् । नेपालीमा हिसाब गर्दा हिजोआजको भाउमा करीब रु.६० हजार ! कसैले पनि त्यस्तो फोहोर तोकिएको ठाउँबाहेक अन्यत्र विसर्जन गर्ने आँट किन गथ्र्याे र ?

भोगेको बेथिति

हाम्रो देशमा घर, स्कूल, अस्पताल, पसल आदिको भएभरको फोहोर लगेर खोला, खोल्सामा खन्याउने आदतै बसेको छ । पत्रकारिता गर्ने क्रममा काठमाडौंको गल्फुटारदेखि पाटनढोकासम्म धोबीखोलाको किनारै किनार मोटरसाइकलमा जाँदा पचासौं ठाउँमा घरभित्रको फोहोर पाइपबाट खोलामा मिसाएको देख्थें।

शवको अन्त्येष्टि गर्ने, ईश्वर मानेर वर माग्ने, पिण्डदेखि पूजाको फूलपातीसम्म सेलाउने ‘पवित्र’ वागमतीलाई हरेक दिन कार्यालय पुग्ने वेला बुद्धनगर नजिकै पार गर्नुपथ्र्यो । प्रदूषणको बाक्लो भारी बोकेर मुश्किलले बगिरहेको वागमतीको पुल पारि पुगेपछि बल्ल आफ्नो घ्राणग्रन्थीले दुर्गन्ध कम महसूस गर्दथ्यो।

झापा—मोरङको राजमार्ग दक्षिणका खेतका फाँटमा हलो जोत्दा आसपासमा रहेका शहरका अस्पतालबाट फ्याँकिएका ‘मेडिकल वेस्टेज’ मा रहेका सिरिञ्जले घोचेर किसानलाई हैरान पार्छ । कुलोमा पानीसँगै बगेर आउने प्लाष्टिकले खेत खनजोत गर्न समस्या छ।

शहरका काँच पसलबाट निस्किएका टुक्रा काँच चोटपटक र प्रदूषणको अर्काे स्रोत नै भए । पसलेहरूले बोरामा बाँधी काँचका टुक्राहरू पनि खोला खोल्सामै लगेर फ्याँक्छन् । वर्षायाममा हिलो र हिउँदमा धूलोको सनातनी सास्ती त छँदैछन्।

पिकनिक खाना र घुम्न आउनेहरूका सवारी साधन पार्किङ हाम्रा पर्यटकीय स्थलहरूका लागि चर्काे चुनौती बन्ने गरेको छ। आगन्तुकले जहींतहीं सवारी साधन पार्किङ गरिदिनाले पर्यटकीय स्थलको जमीन उबडखाबड हुने र ठाउँ पनि धेरै ढाकिने हुन्छ ।

तालतलैया, बेतना, राजारानी, चफेटी, दोमुखा, जामुनखाडी, स्माइल पार्क, कृष्णथुम्की, कीचकवध, बाह्रदशी झापा—सुनसरीको राजमार्ग खण्डमा रहेका त्यस्ता गन्तव्य हुन्, जहाँ पुग्न यातायातको समस्या छैन । तर तिनको स्वरुप एकदमै धिमा गतिमा मात्र बदलिंदैछ। अन्यत्रबाट गएका व्यक्तिलाई एकदिन बास बस्नका लागि पनि राम्रो प्रबन्ध छैन।

पिकनिक खाना र घुम्न आउनेहरूका सवारी साधन पार्किङ हाम्रा पर्यटकीय स्थलहरूका लागि चर्काे चुनौती बन्ने गरेको छ । आगन्तुकले जहींतहीं सवारी साधन पार्किङ गरिदिनाले पर्यटकीय स्थलको जमीन उबडखाबड हुने र ठाउँ पनि धेरै ढाकिने हुन्छ।

पेन्सिलभेनियाको वोइलिङ स्प्रिङ पार्क घुमेपछि हरेक वर्ष पैसा उठाएर पिकनिक जाने झापाको दोमुखा सम्झिएँ । महाभारतका दुईवटा डाँडाको बीचबाट निस्किंदै यहींबाट कनकाई नदी झापाको फाँट ओर्लिन्छ । मास्तिर कोही पौडी खेलिरहेको हुन्छ, अलिक मुन्तिर त्यही नदीको पानीलाई पवित्र मानेर कसैले अचाइरहेको (सुरुप्प पारिरहेको) हुन्छ । नजिकै कतै शव जलिरहेको धुवाँ उडिरहेको हुन्छ।

इटहरीको पर्यटकीय स्थल तालतलैया ।

वरिपरिका मठ–मन्दिरमा अघिल्लो दिन पूजा गर्दा चढाइएका फूल, अक्षता, अबिर, सिन्केधूप र बातीको खरानी सोहोरेर त्यही नदीमै मिसाइरहेको देखिन्छ । पिकनिक खानेहरूले काट्ने खसी, बोका, कुखुराका रौं–भुत्ला, बियर—रक्सीका खाली बोतल र जुठोपुरो (पिकनिकजन्य फोहोर) पनि नदीमै खन्याइन्छ । यी सबै बोकेर बग्दै गएको नदीलाई तल्लो क्षेत्रका मान्छेले फोहोर भन्छन् । तर त्यहाँ फोहोरी चाहिं नदी होइन मान्छे हुन्।

झापा, मोरङ र सुनसरीका मात्र होइन, राजमार्ग आडका सबैजसो होटल, खाजाघरहरूमा ग्राहकले शौचालय सोधे नजिकैको जंगलतिर देखाइदिन्छन् । हाम्रा पर्यटकीय स्थलमा रमाइलो वा मनोरञ्जन गर्नु भनेको रक्सी र मासु खाँदै चुरोटको धुवाँ उडाउनु र फास्ट बिटका हिन्दी गीतमा नाच्नु मात्र हो।

हामी कहिले बनाउने ?

मैले ३१ जेठ बिहान करीब चार घण्टा बिताएको कारलायको यो पार्क यहाँको धेरै ठूलो होइन । तर सडकको किनार नदेखिने गरी फूल र घाँस रोपिएको छ । औषधि पसल र इन्धन भर्ने ग्याँस स्टेसन नजिकै छन् । शोभायमान बनाउन सडकको रेलिङमा फुलिरहेको फूलको गमला राखिएको छ।

कोरोनाको कहरका कारण पेन्सिलभेनिया राज्यको कुम्बरल्याण्ड काउन्टीले रेस्टोरेन्टहरूलाई बढीमा सिट क्षमताको आधा संख्या मात्र ग्राहक राख्न सूचित गरेको छ । करीब डेढ महीनापछि यी रेस्टोरेन्टमा मान्छे पुग्न थालेका छन् । चारवटा कुर्सी भएका टेबलमा दुई जना भन्दा बढी बस्न पाइँदैन।

रेस्टोरेन्ट वा पसल खोल्नका लागि तय भएको मापदण्डमै पर्छन्, चौबीसै घण्टा तातो—चिसो पानी आउने धारा र बत्ती भएका शौचालय । किराना पसलमा पनि शौचालय अनिवार्य हुनुपर्छ । यहाँका बालबालिकाले शौचालयबाहिर दिसापिसाब गर्ने कल्पना पनि गर्दैनन् ।

कोरोनाको कहरका कारण पेन्सिलभेनिया राज्यको कुम्बरल्याण्ड काउन्टीले रेस्टोरेन्टहरूलाई बढीमा सिट क्षमताको आधा संख्या मात्र ग्राहक राख्न सूचित गरेको छ । करीब डेढ महीनापछि यी रेस्टोरेन्टमा मान्छे पुग्न थालेका छन् । चारवटा कुर्सी भएका टेबलमा दुई जना भन्दा बढी बस्न पाइँदैन।

शहर छेउको यो पार्कको पोखरीमा पनि हाम्रा जामुनखाडी, तालतलैयामा झैं डुङ्गा सयर गर्न पाइन्छ । महाभारत पर्वतशृंखलाको फेदी हुँदै दक्षिण बगिरहेका खोला, खोल्सा पानीका महत्वपूर्ण स्रोत हुन् । सिमसारहरूमा बस्नका लागि चौतारा, ओतिन पुग्ने सेट र सरसफाइमा ध्यान दिन सकियो भने ती पार्क पनि यस्तै बन्छन् । तर, फोहोर व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हो । फोहोरलाई आँगन कटाएर फाल्ने चेत फेरिनुपर्छ।

१४ फेब्रुअरी २०१७ मा मोरङको बेतना सिमसार क्षेत्रमा प्रवेश गर्न चाहनेको भीड ।

गत वर्ष दुईपटक पूर्वाेत्तर झापाको खुदुनावारी पुगेको थिएँ । पूर्वसांसद प्रेम गिरीको नेतृत्वमा त्यहाँ पर्या–पर्यटकीय क्षेत्र निर्माण शुरू भएको छ। केही वर्ष अघिसम्म त्यहाँ भूटानी शरणार्थीको एउटा शिविर थियो।

शरणार्थी पुनर्वासमा पश्चिमी देश गएपछि खाली भएको ठाउँमा पार्क बनाउने योजना थियो । पानीको खेर गइरहेको स्रोत एकत्रित गरेर डुङ्गा चलाउने, फूलबारी बनाउने, वृद्धाश्रम निर्माण गर्ने, बाटो पक्की गर्ने, ठाउँठाउँमा घामपानीबाट ओतिने सेट राख्ने र चमेनागृह बनाउने योजना समेटिएको फाइल बोकेर गिरी काठमाडौं र विराटनगरका सरकारी अड्डामा धाइरहेको थाहा पाएको थिएँ।

सिमसारहरूमा बस्नका लागि चौतारा, ओतिन पुग्ने सेट र सरसफाइमा ध्यान दिन सकियो भने ती पार्क पनि यस्तै बन्छन् । तर, फोहोर व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हो । फोहोरलाई आँगन कटाएर फाल्ने चेत फेरिनुपर्छ।

आज गरिएका वा गरिने यस्ता निर्माणको आयु निकै लामो हुनसक्छ । जस्तो, कारलायमा टहलिन बनाइएको एउटा पार्क एक शताब्दीभन्दा लामो समयदेखि पर्यटकीय गन्तव्य बनिरहेको छ । उसैगरी हाम्रो जामुनखाडी वा दोमुखा अर्काे शताब्दीसम्म पनि पर्यटकीय गन्तव्य बनिरहन सक्छन् । त्यसैले पूर्वाधारमा लगानी बढाउन आवश्यक छ।

छेउछाउको जग्गा अतिक्रमण हुनबाट जोगाउनु अर्काे चुनौती हो । पर्यटकीय स्थलको जग्गा भाडामा दिने र लिने व्यक्तिले त्यहाँ आफूखुशी घरटहरा बनाउन थालेपछि समस्याको बीजारोपण हुन्छ । यसो गर्दा उद्यानलाई पछि ठूलो क्षेत्रफल चाहिए ठाउँ खाली गराउन कठिनाइ हुन्छ ।

याे पनि पढ्नुहाेस्– साइँली, सुब्बिनी, मास्टरनी, फलानोकी आमा हाेइन, नामैले चिनिन थाले हजुरआमाहरु

 

प्रतिकृया दिनुहोस