– गोपाल गड्तौला,  पेन्सिलभेनिया, अमेरिका
गत ६ मेमा लक्ष्मी विश्वको मोबाइलमा घण्टी बज्यो । उताबाट बोल्नेले आफ्नो नाम ‘प्रियंका चोपडा’ बताउँदा शुरूमा त उनलाई पत्यार नै लागेन । तर, बहिनी सुनैनाले केही समयअघि कोरोना संक्रमणमा अग्रभागमा रहेर काम गर्नेहरूबारे भइरहेको खोजीका लागि इन्स्टाग्राममा लक्ष्मीको कथा लेखेर पठाएको सम्झना भयो ।
उनलाई फोन गर्ने बलिउड अभिनेत्री प्रियंका चोपडा नै थिइन् । प्रियंकाले लक्ष्मीलाई सोधिन्, “यस्तो आतेसको वेला नर्सको रूपमा तिमी कसरी काम गरिरहेकी छ्यौ ?”
लक्ष्मी विश्व: डेढ दशकअघि इलामको कन्याममा र अमेरिका पुनर्वासपछि । 
प्रियंकालाई लक्ष्मीले जवाफ दिइन्, “आमालाई मृत्यु शय्यामा सेवा गर्न नपाएकी मलाई कडा रोगसँग लडिरहेका मानिसहरूको स्याहार गर्दा ठूलो कर्तव्य निर्वाह गरे जस्तै लाग्छ, हृदयले सन्तोष महसूस गर्छ ।”
लक्ष्मी एकल महिला हुन् । उनकी तीन वर्षकी छोरी छिन् । उनी ११ वर्षअघि पुनर्वास भएर अमेरिकाको केन्सास आएकी हुन् । अहिले केन्सासकै एडभेन्ट हेल्थ सवानी मिसन अस्पताल र केन्सास कम्युनिटी होम हेल्थमा काम गर्छिन् । केही महीना यता कोरोनाभाइरस संक्रमितको उपचारका लागि उनले प्रत्येक दिन कम्तीमा १२ घन्टा अस्पतालमा बिताउँछिन् । 
अहिलेकाे परिस्थितिमा अग्रभागमा रहेर काम गर्ने महिलाहरुलाई आफ्नाे कथा पठाउन अभिनेत्री प्रियंका चाेपडाले गरेकाे भिडियाे आह्वान । 
पहिलाे र दाेस्राे हप्ताका विजेताहरु ।