ब्लग शनिबार, जेठ ३१, २०७७

साइँली, सुब्बिनी, मास्टरनी, फलानोकी आमा हाेइन, नामैले चिनिन थाले हजुरआमाहरु

गोपाल गडतौला

साइँली, सुब्बिनी, मास्टरनी, फलानोकी आमा हाेइन, नामैले चिनिन थाले हजुरआमाहरु
स्केचः भानु भट्टराई

क्यानाडाबाट सञ्चालित न्यूज पोर्टल ‘नेपाल टच’ मा बाला रिजालको एउटा आलेख छापिएको रहेछ । ‘आमाहरूका नौरङ्गी नाम’ शीर्षकले नै तान्यो । करीब आँखा नझिम्क्याई पढिसिध्याएँ।

म आफैं पनि सोच्न थालें कि मैले मेरा नातागोताका हजुरआमा, काकी, बडीआमा, माइजू, सानीआमा, ठूलीआमा, भाउजू, बुहारी, भदैनी, भतिजी, बहिनी, सासू, जेठीसासू, छोरी, नातिनी आदिको नाम कति जानेको छु ? मेरी श्रीमतीका तीन जना मीतिनी छन् । उहाँहरू पनि नाताभित्रकै हुनुहुन्छ । तर मलाई एक जनाको पनि नाम थाहा छैन।

बुवाले घरमा श्राद्ध गर्दा तर्पण दिने वेला उच्चारण गरेको नाम ‘रन्धता’ हाम्री घरपट्टिकी हजुरआमाको थियो । उहाँ दिवंगत भएको ७० वर्ष नाघिसकेछ । जीवित रहनुभएकी मामाघरकी हजुरआमाको नाम भर्खरै मात्र खोजी गरें । दशैंमा कानकान पुग्ने गरी रातो टीका लगाइदिएर मलाई आफ्नो हात ढोग्न दिने हजुरआमाको नाम कौशिला रहेछ।

यही मेसोमा दमकस्थित घरका छिमेकी महिलाहरूका अनुहार सम्झिएँ । बलेंसी जोडिएको घर श्रेष्ठको हो । त्यो घरकी अजीलाई म नामले चिन्दिनँ । खोक्दा वा हाच्छिउँ गर्दा पनि सुनिने नजिकैकी अजीकी छोरी गीता चाहिं मेरी सहपाठी हुन्, उनलाई नामैले बोलाउँछु।

आँगन अघिल्तिरको घर याखाको छ । त्यो घरकी बूढी हजुरआमा केही वर्षअघि परलोक हुनुभयो । उहाँको शव लाइफलाइन अस्पताल दमकबाट घर ल्याउने वेला कागजमा सही गर्दा थाहा भयो उहाँको नाम मनरानी रहेछ।

आँगन अघिल्तिरको घर याक्खाको छ । मेरी काहिंली सानिमाले त्यो घरकी ठूलीछोरीसँग मीत लगाउनुभएको छ । उमेरले साना भए पनि उहाँका बहिनीहरू मेरा सानिमा भए । दाजुभाइ मामा बने । त्यो घरकी बूढी हजुरआमा केही वर्षअघि परलोक हुनुभयो । उहाँको शव लाइफलाइन अस्पताल दमकबाट घर ल्याउने वेला कागजमा सही गर्दा थाहा भयो उहाँको नाम मनरानी रहेछ।

रात ढल्नै लाग्दा शोकविह्वल परिवार एकातिर थियो, मैले नै शव जिम्मा बुझ्न कागजमा सही गरेको थिएँ । सधैं मलाई नाति भनेर बोलाउने उहाँ वेलावेला रक्सी पिउनुहुन्थ्यो । एक दिन मातेको वेला ‘यो नातिको बिहेमा एउटा खसी किन्नुछ’ भन्दै हुनुहुन्थ्यो । त्यो बोलीको जवाफमा म हाँस्थें मात्र।

पखाला लाग्दा उहाँहरूका करेसाको पाकेको अठिया केरा औषधिको रूपमा मैले धेरै पटक खाएको छु । टुप्पो घुमेको लामो खुकुरी र केही फूलफलेदो राखेको ‘लिम्बूको देउता कोठो’ बाहेक त्यो घरका कुनै पनि कुनामा ‘बाहुन केटो’ पुग्थ्यो । त्यो घरका कतिपय निर्णयमा परामर्श लिने घर हाम्रै थियो।

गाउँमा माया गर्ने अर्की हुनुहुन्छ ‘भुक्केकी आमा’ । घरदेखि पाँच मिनेट हिंड्दा पुगिने चिया बगानमा आमा घाँस काट्न भुक्केकी आमासँग जानुहुन्थ्यो । उनी राजु धिमालकी श्रीमती हुन् । छोराको नाम देवराज हो । उसलाई सबैले भुक्के भन्थे । शायद देवराज सानामा मोटो थियो । उसकै बोलाउने नामबाट आमाको पनि दोस्रो न्वारान भयो।

गाउँमा माया गर्ने अर्की हुनुहुन्छ ‘भुक्केकी आमा’ । घरदेखि पाँच मिनेट हिंड्दा पुगिने चिया बगानमा आमा घाँस काट्न भुक्केकी आमासँग जानुहुन्थ्यो । उनी राजु धिमालकी श्रीमती हुन् । छोराको नाम देवराज हो । उसलाई सबैले भुक्के भन्थे । शायद देवराज सानामा मोटो थियो । उसकै बोलाउने नामबाट आमाको पनि दोस्रो न्वारान भयो।

गाउँमा सिटौल्नी काकी, खनाल्नी काकी, रामजीनी (रामजी धिमालकी श्रीमती) काकी, चिमोरियानी दिदी, ओलीनी साहिंली काकी, बाँस्कोटीनी कान्छी, रायानी कान्छी, कुँवरनी काइँली, खड्किनी काकी आदि यस्ता मान्छे छन् जोसँग ‘नाम’ नै छैन । गाई–भैंसी पाल्ने काहिंला कुँवरकी श्रीमती भएपछि उहाँको नाम भयो, कुँवरनी काइँली।

हामी केटाहरूसँग गफ मिलाउन खप्पिस छन्, सूर्य काका । उहाँकी श्रीमतीलाई गाउँले ‘सुर्जेनी’ भनेर चिन्छन् । हामी काकी भन्छौं । करीब ३५ वर्षदेखि आउजाउ भएको यो परिवारका काकी, हजुरआमा र दिदीको नाम गाउँका कसैलाई थाहा छैन । विवाहपछि श्रीमान्को नामको अन्तिम अक्षरमा ‘नी’ जोडिदिएपछि उनीहरूको न्वारान भइहाल्छ।

ती धेरैको माइतीघरमा पनि नाम गोप्य नै रह्यो । जेठी, माहिली, साहिंली, कान्छी, नेप्टी, भुण्टी, काली आदि भनेरै काम चल्थ्यो । नाम राख्ने तरिका सनातनी थियो । अलिक पातलीलाई खिनाउटी, मोटीलाई थुम्बे, मसिना खुट्टा भएकीलाई कागखुट्टी, पातला नङ भएकीलाई चरिनङ्ग्रे आदि।

मेरी काहिंली सानीआमालाई हजुरबुवाले ‘थुम्बे’ भनेरै बोलाउनुहुन्थ्यो । ११ पुस २०६६ मा उहाँको स्वर्गारोहण भएपछि यो नामले बोलाउने कोही भएनन् । तर, उहाँका पछाडि यही नामले पुकारिन्छ।

आमा बनेपछि महिलाको नाम बदलिन शुरू हुन्छ । जस्तो, मेरी आमाकी हितैषी साथी ‘भुक्केकी आमा’ वा ‘बराल दिपेकी आमा’ । गाउँमा अरू पनि बराल थिए, तर अरू बरालको दिपे नामको छोरो थिएन।

उहाँ सानामा मोटी हुनुहुन्थ्यो रे ! अनि नाम थुम्बे भयो । ५ कक्षासम्म पढेकी सानीआमाको नाम भने हरिमाया हो । बिहेपछि नागरिकता बनाएकोले उहाँको थर रिजाल होइन, पौडेल भयो । मेरी आमाको पनि नागरिकतामा नाम ‘तुलसादेवी गड्तौला’ छ । उहाँ नरपति र कौशिलादेवी रिजालकी माहिली छोरी हो । सिउँदोमा सिन्दुर परेसँगै जन्मिंदाको उहाँहरूको थर बदलियो।

आमा बनेपछि महिलाको नाम बदलिन शुरू हुन्छ । जस्तो, मेरी आमाकी हितैषी साथी ‘भुक्केकी आमा’ वा ‘बराल दिपेकी आमा’ । गाउँमा अरू पनि बराल थिए, तर अरू बरालको दिपे नामको छोरो थिएन।

घरदेखि १०० मिटरभन्दा कम दूरीमा रहेकी कुमार दर्नालकी आमाको नाम उसले श्राद्ध गर्दा मात्र उच्चारण गर्दाे हो । म जस्ता छिमेकीलाई केको थाहा हुनु ?

सधैं बुवालाई तिहारमा भाइटीका लगाइदिने र हरेकजसो तीजमा आइरहने कान्छीदिदीलाई हामी केटाकेटीले पनि आमाकै भाकामा ‘कान्छीनानी’ भन्छौं । उहाँको पनि नाम थाहा छैन । कैयौं वर्ष सरस्वती मावि पढाउनुभएका शरद थापा सरले सरल भाषामा प्यारो गरेर गीतको लयमा अक्षर चिनाउनुहुन्थ्यो । चुट्किला भनिरहनुहुन्थ्यो । उहाँको घर स्कूल जाने बाटैमा पर्थ्यो।

शरद सरको जेठो छोरो अनिल मेरो बालसखा । सरको आँगनमा आँप र लिचीका बोट थिए । स्कूलबाट फर्किंदा अनिलको भाग काटेर मलाई पनि आँप–लिची दिनुहुन्थ्यो थपिनी गुरुआमा । तर थपिनी गुरुआमाको नाम मलाई थाहा छैन।

नाति भनेर हुरुक्क हुने बहिदार्नी हजुरआमा अझै हुनुहुन्छ । सानो छँदा राँगागाडीको चक्काले पेलेर मेरो खुट्टो भाँचिएको थियो । ब्याण्डेज बाँधेर ६ महीना लडेको मलाई हरेक बिहान कचौरामा लुकाएर ल्याई ‘बेसनको रोटी’ भन्दै नरम चिज खुवाउनुहुन्थ्यो । कुरो बुझ्ने भएपछि थाहा पाएको, त्यो त ‘अमलेट’ पो रहेछ।

जीउमा तागत आउँछ, छिट्टै खुट्टो निको हुन्छ भनेपछि बुवाले आँखा चिम्लिदिनुभयो र मैले खान पाएँ । नत्र त्यो वेला पुरोहितको घरमा अण्डाको भोजन ! असम्भव । कोठाभित्र खाटमा सुतिरहेको मलाई झ्यालबाट हात छिराएर अण्डारोटी खुवाउने बहिदार्नी हजुरआमाको नाम मलाई थाहा छैन।

गोरो वर्णकी ढकाल्नी ठूलीकाकी, हाम्रै खेतमा झुप्रो हालेर बसी गाउँभरिकाको लुगा सिलाउने वीरबहादुर वर्देवाकी श्रीमती ‘मास्टर्नी’ यस्ता कति छन् कति, जसको नाम नागरिकताको बाक्लो कागजमै सीमित भयो।

मेरा आमाका दिदीबहिनी सात जना । आमाकी जेठी दिदीको नाम थाहा छैन । म र मेरा बहिनीहरू उहाँलाई आमाकै सारमा ‘ठूल्दिदी’ भन्छौं । आमा र आमा मुनिका बाँकी ६ जनाको नाम जान्दछु।

गोरो वर्णकी ढकाल्नी ठूलीकाकी, हाम्रै खेतमा झुप्रो हालेर बसी गाउँभरिकाको लुगा सिलाउने वीरबहादुर वर्देवाकी श्रीमती ‘मास्टर्नी’ यस्ता कति छन् कति, जसको नाम नागरिकताको बाक्लो कागजमै सीमित भयो।

ठूलीआमाको नाम ‘नामरुपा’ हो । तर, यो नाम नजिकका धेरै नातेदारले पनि २०५८ साल बैशाखमा उहाँ निधन हुँदा मात्र थाह पाए ।

बडिआमाको नाम नागरिकतामा नारायणी गड्तौला छ । उहाँ १० वर्षको नहुँदै बडाबासँग बिहे भएको रे ! बडाबाको नाम नारायणप्रसाद भएकाले नागरिकतामा बडिआमाको नाम नारायणी भएको घरमै सुनेको थिएँ । तर, सातपत्र बेरेर रातो टालोले बेरेपछि दराजको कुनामा थन्क्याइएको उहाँको जन्मपत्रिका ‘चिना’ अनुसार उहाँको न्वारानको नाम ‘ज्ञालक्ष्मी’ हो रे!

घरधन्दा भ्यायो, खेतको काममा गोरु झैं जोतियो, बच्चा जन्मायो, हुर्कायो, तिनका पखेटामा प्वाख भरिदियो, श्रीमान्का अगाडि नतमस्तक भइरह्यो । न दाम चाहियो, न नाम चाहियो । नाकमा टाँसेको सानो फुलीमाथि पनि अधिकार नहुने । लगाउन पाइयो, बेच्न पाइएन।

आमाहरूले गोठका वस्तुको भाषा बुझ्छन् । मान्छे (लोग्नेमान्छे) र वस्तुलाई भोक–तिर्खा लागेको थाहा पाउँछन् । किर्ना झारीमाग्न बाख्राका पाठा तिनका नजिक आउँछन् । घरका सबैको रुचिको ख्याल गर्ने आमाहरूको रुचि कसैले कहिल्यै सोध्दैनन्।

खेतको कुन गरामा ज्यादा भ्यात्लुङ (ठूलो खालको जुको) लाग्छ, वर्षेनि धान रोप्दा छेस्को बिझ्ने सखुवाको जरो कुन गराको कुन कुनामा छ, आमालाई ठ्याक्कै थाहा हुन्छ । खोल्साका डिलको कुन बोटको केरा छिटो पसाउँछ पनि आमा भन्न सक्नुहुन्छ।

खोलापारिको आम्बारी बजार वर्षमा एकपटक पुग्नु उहाँहरूको ठूलो यात्रा हो । म नजन्मिंदै नागरिकता बनाउन विराटनगर जानुभएको थियो रे, मेरी आमा । घरबाट राँगागाडी चढेर मावा खोलो तर्दै उर्लावारी पुग्यो । अनि मोटर चढेर इटहरी हुँदै विराटनगर पुग्दा साँझ पथ्र्यो । एकतर्फी यात्रा नै पूरा एकदिनको । ब्राह्मणले चलाएको ‘बाजे होटल’ मा बास बसी भोलिपल्ट नागरिकता बनाई फर्किएको म गर्भमा नबस्दैको त्यो विराटनगर यात्राको सप्रसङ्ग बयान आमा अझै सुनाउनुहुन्छ ।

आमाहरूले गोठका वस्तुको भाषा बुझ्छन् । मान्छे (लोग्नेमान्छे) र वस्तुलाई भोक–तिर्खा लागेको थाहा पाउँछन् । किर्ना झारीमाग्न बाख्राका पाठा तिनका नजिक आउँछन् । घरका सबैको रुचिको ख्याल गर्ने आमाहरूको रुचि कसैले कहिल्यै सोध्दैनन्।

मरेपछि पिण्ड तर्पण दिनुपर्नेहरूका नाम बुवाले कागजमा कतै लेखेर राखेको म सम्झिन्छु । खोजी र दरकार नपर्ने त्यस्तो चिर्कटो अहिले त हराइसकेको छ।

भर्खरै बाटो मास्तिरका रमेश श्रेष्ठकी श्रीमतीको निधन भएको खबर अमेरिका आइपुग्यो । अहिले खबर आउन समय नै लाग्दैन । उहाँलाई हामी काकी भन्थ्यौं । भैंसीलाई आहाल बसाउन खोल्सामा लिएर जाँदा उहाँहरूको घर देखिन्थ्यो । मलाई बोलाएर फिका चिया, थालमा चिउरा र चिनी दिने ती काकीको नाम निधन हुँदा फेसबूकमा श्रद्धाञ्जली लेख्ने वेलामा खोजें र अरूको पोष्टबाट थाहा पाएँ।

कनकाई, रतुवा र मावा खोलामा धेरैपटक मलामी गएको छु । मलामी जाँदा अँजुली दिने वेला भीडभाडमा कसैले भन्ने एउटा नाममा ‘हो हो’ मिलाएर निहुरिंदै तीनपटक पानी हुत्याएपछि त्यो नाम त्यतै विलाउँथ्यो । यो रित चलिरहेको छ । मृत्युपछि समाजले थाहा पाएको त्यो नामको उच्चारण पहिलो र अन्तिम त्यहीं हुन्छ।

आमाहरूको नाम सुनिन थालेको छ

१० वर्षअघिको घटना । गाउँमा साँझ साप्ताहिक कीर्तनका लागि तालिका बनायौं । तालिकामा कहिले कसको घरमा कीर्तन गर्ने भन्ने उल्लेख थियो।

कीर्तनका लागि पुरुषभन्दा महिलामा बढी रुचि छ । उनीहरू नै पहिला जुट्छन् । कीर्तनमा हरेक पटक खातामा नाम लेखेर हाजिर गर्ने चलन चलायौं । गाउँका ३५ घरमा पालैपालो हुने यस अनुष्ठानको हाजिर खातामा धेरैजसोको वास्तविक नाम लेखिएको छ । यसले सानो आयतनमा भए पनि आमाहरूको नाम लेखिन र सुनिन थालिएको थियो।

कनकाई, रतुवा र मावा खोलामा धेरैपटक मलामी गएको छु । मलामी जाँदा अँजुली दिने वेला भीडभाडमा कसैले भन्ने एउटा नाममा ‘हो हो’ मिलाएर निहुरिंदै तीनपटक पानी हुत्याएपछि त्यो नाम त्यतै विलाउँथ्यो । यो रित चलिरहेको छ । मृत्युपछि समाजले थाहा पाएको त्यो नामको उच्चारण पहिलो र अन्तिम त्यहीं हुन्छ।

अहिले गाउँमा घरहरू बाक्लिंदै गएका छन् । विदेशमा हुनेहरूले पठाएको पैसा लिन मनी ट्रान्सफरहरूमा जाँदा आमाहरूले नागरिकता बोक्नुहुन्छ । सहकारीको काउन्टरमा बस्नेले पनि नामबाटै उहाँहरूलाई बोलाउँछन् । थोरै पैसा भए पनि राख्न आमा, काकी, बडिआमा, दिदी, भाउजूहरूको नाममा सहकारीहरूमा खाता खुल्ने क्रम बढेको छ।

त्यहाँ उहाँहरू नामबाटै चिनिन थाल्नुभएको छ । काठमाडौं र विदेश आउ–जाउ गर्दा काटिने टिकटमा पनि उहाँहरू नामाङ्कित हुन थाल्नुभएको छ । शुल्क कम्ती लाग्ने भएकोले महिलाको नाममा अचल सम्पत्ति राख्ने चलन शुरू भएको छ । राजश्व बचाउन मात्र यसो गरिए पनि आमाहरूले आफ्नो नाम सुन्न पाउनुभएको छ।

प्रतिकृया दिनुहोस