खुला आकाशमुनि नै बिताए भूकम्पपीडितले तेस्रो रात
![खुला आकाशमुनि नै बिताए भूकम्पपीडितले तेस्रो रात](https://www.himalkhabar.com/uploads/posts/800X600/khalanga_5-1699324172.jpg)
शक्तिशाली भूकम्पले घरमा क्षति पुग्दा सडकमा बस्न बाध्य भूकम्प प्रभावितले तेस्रो रात पनि खुला आकाशमुनि नै बिताएका छन्।
चिसो बढ्दै गएको छ। साँझ छिप्पिएसँगै शीत पर्न थाल्छ। घरभित्रै पनि पर्याप्त ओढ्ने-ओछ्याउने नहुँदा जीउ काँप्न थाल्छ। तर जाजरकोट सदरमुकामकै भूकम्पपीडितले तेस्रो रात पनि खुला आकाशमुनि नै बिताएका छन्।
गएराति १२ बजे जाजरकोटको सदरमुकाम खलंगा सुनसान थियो। सदरमुकामको प्रहरी चौकी नजिकै पीपलको बोटमुनि रहेको चौतारोको भुइँभरि भूकम्पपीडित सुतिरहेका थिए। पाल पनि टाँगिएको थिएन।
![khalanga_11.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/khalanga/khalanga_11.jpg)
चौतारा वरिपरि लस्करै सुतिरहेका उनीहरूसँग ओढ्ने-ओछ्याउने पनि प्रशस्त थिएन। कतिपयले भुइँमै म्याट ओछ्याएका थिए। कतिपयसँग ब्ल्यांकेट पनि थिएन। कोही त्रिपालै ओढेर पल्टिरहेका थिए।
सदरमुकाममै भए पनि उनीहरूलाई कसैले सहयोग गरेनन्। किनकि उनीहरूका घर भत्किएका थिएनन्, चर्किएका मात्रै थिए। घर चर्किएर भित्र बस्न नसकिने भएपछि उनीहरू चौतारामा सुत्न थालेको तीन रात भइसक्यो। खुला आकाशमुनि रात बिताइरहेका भूकम्पपीडितमा बालबालिका र वृद्धवृद्धा पनि छन्।
![khalanga_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/khalanga/khalanga_1.jpg)
![khalanga_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/khalanga/khalanga_2.jpg)
![khalanga_4.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/khalanga/khalanga_4.jpg)
![khalanga_7.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/khalanga/khalanga_7.jpg)
यो पनि पढ्नुहोस्: परदेशीलाई पर्खिरहेका शव