उहिलेका शासकले पुस्तक जोगाए, अहिलेकाले वास्तै गरेनन्
लिच्छविदेखि राणा शासकहरूले पुस्तकको संरक्षण गरेको अभिलेख पाइन्छ। तर, अहिलेको पुस्ता इतिहास र पुस्तकको संरक्षणमा जिम्मेवार बन्न सकेन।
नेपालको इतिहासका अरू पक्षमा जस्तै पुस्तकालयको इतिहास पनि हामीले राम्रोसँग भन्न सक्ने स्थिति छैन। तर पनि, हामी के भन्न सक्छौं भने, अहिलेभन्दा करीब १८ सय वर्षअघि लिच्छविकालका अभिलेख पाइएका छन्। ती अभिलेखले हामीलाई सबै कुरा बताउँदैनन्।
किनभने, अभिलेखमा तत्कालीन शासकहरूले प्रचार गर्न खोजेका कुरा नै बढि लेखिएको पाइन्छ। हाम्रो अध्ययन परम्परा पनि बलियो छैन। यसो भएता पनि लिच्छिविकालमा पुस्तकालयको राम्रो व्यवस्था थियो भनेर भन्न सकिन्छ।
संस्कृतमा पनि एउटा भनाइ छ- ‘पुस्तकी भवती च पण्डित’ अर्थात् जोसँग पुस्तक हुन्छ त्यो पण्डित हो। मल्लकालमा कति राजा आफैंले लेख्थे, कति उनीहरूका पण्डितहरूले लेख्थे।
लिच्छविकालका अभिलेखहरूको प्रकाशन वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल ईन्द्रजी सर्वप्रथम गरेका हुन। लिच्छविकालका अभिलेखमा ताम्रपत्रको उल्लेख आउँछ। हनुमान ढोका दरबारमा मल्ल राजा गएपछि पनि शाह राजाहरू पृथ्वीविरविक्रम शाहको पालाको सुरूसम्म राजाहरू नै बसिरहेको हुनाले त्यहाँ कस्ता ताम्रपत्र टाँसिएका थिए, हेर्न पाइएन।
तलेजुमा रहेका सन्धिपत्ररुपका ताम्रापत्र छापिएका थिए। भक्तपुर र पाटनका धेरै ताम्रपत्र, सुवर्णपत्र हराए। संशोधन-मण्डल पद्धतिबाट हाम्रा गुरुहरूका अनुसार विदेशीका भरियाहरूले त्यस्ता ताम्रपत्र, सुवर्णपत्र विदेश पुर्याए। तर गरुङ्गा शिलापत्र पुर्याउन सकेनन्। लिच्छविकालीनको भाषा जो प्राञ्जल छ, त्यो रातारात तयार हुने कुरा होइन्। त्यसैले त्यस वेलामा पनि पुस्तकालय थिए भन्ने परिकल्पना गर्न सक्छौं।
लिच्छविकालपछि र स्थितिराज मल्ल आउनुभन्दा अघिको काल (पूर्वमध्यकाल)मा एउटा हस्तलिखित ग्रन्थमा ‘सफु छें’ अर्थात् ‘पुस्तक हल’ भनेर लेखिएको छ। त्यसको अर्थ पुस्तक मानिसको निजी संग्रहालयमा पनि हुन्थे भन्ने हो। संस्कृतमा पनि एउटा भनाइ छ- ‘पुस्तकी भवती च पण्डित’ अर्थात् जोसँग पुस्तक हुन्छ त्यो पण्डित हो। मल्लकालमा कति राजा आफैंले लेख्थे, कति उनीहरूका पण्डितहरूले लेख्थे।
वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेपछि भक्तपुर दरबारमा भएका सुनचाँदीसँगै निकै पुस्तक पनि भेटेका थिए। त्यो दरबारहरूमा पुस्तक हुन्थे भन्ने प्रमाण हो।
एक दिन पण्डितजीहरूले पृथ्वीनारायण शाहलाई ‘हजुरले मिताक्षरा सुन्नुपर्यो’ भनेछन्। मिताक्षरा यज्ञवल्क्यस्मृतिको टीका हो। संस्कृत परम्परामा बरु मान्छेले यज्ञवल्क्यस्मृति भनेको नबुझ्लान्, तर विज्ञानेश्वरको मिताक्षरा भनेको बुझ्छन्। यसको अर्थ मूलमा नभएको कुनै पनि कुरा व्याख्या गरिदिने हो। मुहूर्तचिन्तामणि भन्ने रामदैवज्ञले बनाएको पुस्तकको पियूषधारा टीका प्रसिद्ध छ।
त्यतिवेला मिताक्षरा गोरखामा पाइएन र तनहुँबाट ल्याई काम चलाइयो। प्रसिद्ध ज्योतिषी भास्कराचार्यका बाबु महेश्वर आचार्यले ‘वृतशतक’ भनेर १०० श्लोकमा बनाएको मुहूर्तग्रन्थ पिताजी नयराज पन्तको मातृकुलका लीलानाथ पाण्डेले मसिना अक्षरले लेखेको करीब ८०० पृष्ठको टीका छ। त्यो अझै अपूर्ण नै छ। यो सबै भनिरहँदा मैले बुझाउन खोजेको कुरा त्यस वेला पनि पुस्तक हुन्थे। हामीले खोजी नगरेको मात्र हो।
१५ भदौ १८६९ मा गीर्वाणयुद्धविक्रम शाहको नामबाट पण्डित केदारनाथ झालाई दिइएको पत्रमा दरबारका पुस्तक अरूलाई नदिनु, नयाँ-नयाँ पुस्तक लेखाउनु, पुरानो मुसाले काटेको पुस्तक भए सच्याएर सुरक्षित राख्नु भन्ने व्यवस्था गरिएको थियो। त्यही कारण १५ भदौलाई राष्ट्रिय पुस्तकालय दिवस भनेर मनाउन थालिएको छ।
जंगबहादुरले आफ्नो पालामा राजकीय पुस्तकालयबाट विदेशीलाई केही पुस्तक दिएछन्। त्यो पुस्तकालय पछि वीर पुस्तकालय र अहिले राष्ट्रिय अभिलेखालयमा परिणत भएको छ। त्यहाँबाट दिएको पुस्तक फिर्ता नदिएपछि निजी पैसा खर्च गरेर जंगबहादुरले ती पुस्तकहरू नयाँ लेखेर पुस्तकालयमा बुझाएको टिपोट छ। यसको मतलब शासकहरू पनि पुस्तकलाई रक्षा गर्न प्रतिबद्ध थिए।
श्री ३ वीरशमशेरको पालामा वीर पुस्तकालय खुल्यो। राजकीय संरक्षणमा भएका पुस्तक त्यहाँ राखिए। त्यसभन्दा अघि झण्डै अहिलेको पुस्तकालयकै रूप भन्न सकिने १५ भदौ १८६९ मा गीर्वाणयुद्धविक्रम शाहको नामबाट पण्डित केदारनाथ झालाई एउटा लालमोहर दिइएको थियो। त्यो काम त्यसवेलामा मुख्तियार भीमसेन थापाले गराएका हुन्।
पत्रमा दरबारका पुस्तक अरूलाई नदिनु, नयाँ-नयाँ पुस्तक लेखाउनु, पुरानो मुसाले काटेको पुस्तक भए सच्याएर सुरक्षित राख्नु भन्ने व्यवस्था गरिएको थियो। त्यही कारण १५ भदौलाई राष्ट्रिय पुस्तकालय दिवस भनेर मनाउन थालिएको छ।
मेरो हिसाबले अभिलेखालय र पुस्तकालय समानार्थक शब्द जस्तै हुन्। राष्ट्रिय अभिलेखालयमा हस्तलिखित पुस्तक मात्र छैनन्, प्रेसमा छापिएका पुस्तक पनि छन्। अहिले पत्रपत्रिका मार्फत पुस्तकालयहरूको व्यवस्थापन नभएको थाहा पाउँछु। सबै कुरा सरकारले गर्नुपर्छ, मौका परे सरकारी र विदेशीहरूले दिएको पैसा खानुपर्छ, सक्दो भष्ट्राचार गर्नुपर्छ भन्ने धारणा बढेको छ।
पुस्तकालयलाई मैले रक्षा गर्नुपर्छ भन्ने दृष्टि हराउँदै गएको छ। वि.सं. २०२४ मा भारतले तापक्रमदेखि सबै कुरा मिलाएर राष्ट्रिय अभिलेखालय बनाइदिएको थियो। पछि त्यो झण्डै त्यहाँबाट हट्ने पर्ने भएको थियो।
पुस्तक संरक्षणमा व्यक्ति, समुदाय लाग्नुपर्छ। सरकारको सहयोग त चाहिन्छ नै। तर, त्योभन्दा पनि अहिलेको पुस्ता चनाखो बन्नुपर्छ।
हामीले थाहा पाउँदा काठमाडौंमा घर नहुने प्राध्यापकहरूको ‘क्वार्टर’ जमलमा थियो। त्यहाँ विदेशी र स्वदशी दुवै बस्थे। पछि त्यो जनप्रशासन क्यामपसको भयो। वि.सं. २०७२ को भूकम्पबाट हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालय भत्कियो।
राष्ट्रिय पुस्तकालयका पुस्तक विभिन्न ठाउँमा छरिएर अस्तव्यवस्तरुपमा राखियो। त्यही जनप्रशासन रहेको क्षेत्रमा राष्ट्रिय पुस्तकालय बन्ने भयो। तर पछि त्यहाँ नबनाइने भयो। यि सबै कुरा शासाकहरूमा पुस्तकप्रति प्रेम नरहेको कुराका सटिक उदाहरण हुन्।
राष्ट्रिय अभिलेखालयमा अहिले धेरै दरबन्दी होला, पद व्यवस्था अनुसार, दरबन्दी पूरा नभएको पनि होला। पहिलो, दोस्रो र तेस्रो खण्डको सूचीपत्र एक पैसा खर्च नगरी भीमशमशेर ‘कमाण्डर-इन-चीफ’ हुँदा सोमनाथ सिग्देल, राधानाथ लोहनीहरू २ बजेसम्म रानीपोखरी संस्कृत पाठशालमा पढाउनुहुन्थ्यो। त्यसपछिको समयमा वीर पुस्तकालयमा पुगेर पनि सूचीपत्र बनाउनुभएको हो।
पुस्तक संरक्षणमा व्यक्ति, समुदाय लाग्नुपर्छ। सरकारको सहयोग त चाहिन्छ नै। तर, त्योभन्दा पनि अहिलेको पुस्ता चनाखो बन्नुपर्छ। सरकारले दिए राम्रै हो, नदिए आफैं अघि सर्नुपर्छ।
(ज्ञान-गोष्ठी संवाद शृंखला-२ अन्तर्गत ‘बेथिति पुस्तकालयको जिम्मेवारी कसको?’ शीर्षकमा पन्तले राखेको धारणा।)