दस्तावेज शनिबार, असार ६, २०७७

जंगबहादुर राणाको आदेश– कामी, सार्की र दमाईको जागिर नखोस्नू !

हिमालखबर

जंगबहादुर राणाको आदेश– कामी, सार्की र दमाईको जागिर नखोस्नू !
स्केच: भानु भट्टराई

जंगबहादुरले लेखेथे– ‘कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि विग्रन्छ । कारखाना पनि विग्रन्छ । यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्।’

राजकुमार दिक्पाल

जसको श्रम र सीपले यो देश सञ्चित हुन सकेको छ, उनै श्रमिक र शिल्पी समुदाय आज कथित उपल्ला जात र समुदायबाट उत्पीडित, अपहेलित भएर बाँच्नु परिरहेको छ। यदि यी समुदायको श्रम र सीपको उपयोग नभएको भए, यो देश कसरी अगाडि बढ्थ्यो होला? कहाँबाट अस्त्रशस्त्र ल्याएर यहाँका शासकहरुले युद्ध लड्थे होलान्?

उनै श्रमिक र शिल्पीका सन्तान नवराज विक जस्ता आशलाग्दा युवाले आज अन्तरजातीय प्रेमकै कारण आफ्ना अरु साथीहरुका साथ कथित उपल्ला जातका समुदायको सामूहिक आक्रमणबाट रुकुममा ज्यान गुमाउनु परेको छ ।

यो पनि पढ्नुस्ः पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद

युगौैंदेखि शोषण, दमन, दलन र उत्पीडनमा परेका नेपालका कामी, सार्की, दमाईलगायतका जातिले यो देशमा गरेको योगदान कम महत्वको छैन । इतिहासतिर फर्केर हेर्दा उनीहरुको योगदानका बारेमा सहजै थाहा पाउन र बुझ्न सकिन्छ ।

इतिहास शिरोमणि बाबुराम आचार्यले यी श्रमिक र शिल्पी समुदायलाई ‘पुहुनी जात’ भनेका छन् । गोरखाको जग बसेदेखि पश्चिमबाट बसाइँ आउने ब्राह्मण–क्षत्री र पुहुनीको सङ्ख्या बढ्दै द्रव्य शाहको समय (वि.सं. १६१६–१६२७) र यिनका छोरा पूर्ण शाहको प्रशासनकाल (वि.सं. १६२७–१६६२) सम्म पूर्वतिर गण्डकीसम्म र दक्षिणतिर मस्र्याङ्दी र गण्डकीबीचका मगरातसम्म ब्राह्मण–क्षत्री र पुहुनीहरुको आवादी फैलिएर गोरखाको वृद्धि निक्कै भएको आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः७)मा उल्लेख गरेका छन् ।

युगौैंदेखि शोषण, दमन, दलन र उत्पीडनमा परेका नेपालका कामी, सार्की, दमाईलगायतका जातिले यो देशमा गरेको योगदान कम महत्वको छैन । इतिहासतिर फर्केर हेर्दा उनीहरुको योगदानका बारेमा सहजै थाहा पाउन र बुझ्न सकिन्छ ।

आचार्य (उहीः१२) अनुसार द्रव्य शाहका साथ आएका र पछि थपिएका समेत पुहुनी जातिका सार्कीले छाला कमाउने, कामीले खानी खन्ने र भाँडा वर्तन बनाउने काम गर्थे।

युद्धमोर्चामा बिसे नगर्ची

श्रमिक र शिल्पी समुदायका ऐतिहासिक अगुवामध्ये बिसे नगर्ची एक उदाहरणीय व्यक्तित्व हुन् । प्रायः नाटक र कविताको माध्यमबाट उनलाई प्रस्तुत गरिएका कारण उनी काल्पनिक पात्र हुन् कि भन्ने भ्रम पनि पर्छ । तर, उनी पृथ्वीनारायण शाहकालीन ऐतिहासिक व्यक्ति हुन् । उनी केही युद्धमोर्चाहरुमा पनि खटिएको इतिहास पाइन्छ।

आचार्य (उहीः१५०–१५१)ले उल्लेख गरेअनुसार पृथ्वीनारायण शाह गोरखाका राजा भइसकेपछि कसलाई काजी पद दिने भन्नेमा दोधारमा थिए । आफ्नो राज्याभिषेक लगत्तै बनारस भ्रमणमा जाँदा सँगै गएका विराज बखतीले राजाको मन जितेका थिए।

यता कालु पाँडेले पनि पृथ्वीनारायण युवराज छँदै लमजुङसँग सन्धि गर्दा देखाएको बुद्धिमत्ता अर्को महत्वपूर्ण पक्ष थियो । यसो हुँदा पृथ्वीनारायण शाहले गोरखाका भैयाददेखि बिसे दमाई (नगर्ची)सम्मको सल्लाह लिंदा कालु पाँडेको पक्षमा सम्मति पाएपछि उनैलाई गोरखाको काजी पदको पगरी पहिराइदिएका थिए।

काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागेका थिए । सबैले ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस् भनी सल्लाह दिएपछि कालु पाँडेले काजी स्वीकार गरेको ‘प्राचीन नेपाल’ सङ्ख्या २१ (२०२९ कात्तिकः२०)मा पढ्न पाइन्छ ।

काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागेका थिए । सबैले ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस् भनी सल्लाह दिएपछि कालु पाँडेले काजी स्वीकार गरेको ‘प्राचीन नेपाल’ सङ्ख्या २१ (२०२९ कात्तिकः२०)मा पढ्न पाइन्छ।

यस प्रसङ्गबाट पनि तत्कालीन गोरखा राज्यमा बिसे नगर्चीको महत्व निक्कै ठूलो थियो भन्ने सङ्केत मिल्छ।

पृथ्वीनारायण शाहले राज्यविस्तारको उद्योग शुरुआत गर्दै युद्धपश्चात १५ असोज १८०१ मा नुवाकोटलाई गोरखाको अधीनमा ल्याए । युद्धमा गोरखालीहरुले चार ठाउँमा मोर्चा बाँधेका थिए । तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाह, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडे, र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वमा गोरखाली फौज अगाडि बढेको थियो।

युद्ध जितिसकेपछि ब्राह्मणबाट वेद वाचन र जयघोष भयो । नगरा बज्यो। नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरुलाई मणिराम गाइनेले सारङ्गीको धुनले साथ दिएका थिए भन्ने अनुमान गर्न गाह्रो छ्रैन ।

यता तीनघारेको बाटोमा स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए । यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक भएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २१ (उहीः२८) मा उल्लेख छ ।

युद्ध जितिसकेपछि ब्राह्मणबाट वेद वाचन र जयघोष भयो । नगरा बज्यो । नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरुलाई मणिराम गाइनेले सारङ्गीको धुनले साथ दिएका थिए भन्ने अनुमान गर्न गाह्रो छ्रैन।

यो पनि पढ्नुस्ः किन दुखिरहन्छ सुगौली सन्धि ? किन बल्झिरहन्छ कालापानी ?

नेपालको इतिहासमा सिह्रानचोकको युद्ध निक्कै महत्वपूर्ण छ । यो युद्धमा पनि बिसे नगर्ची सहभागी थिए । १४ साउन १८१२ मा शनिबार भएको यस युद्धमा गोरखालीको जीत भयो । गोरखालीहरुले शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सैन्य अधिकारीहरुलाई त्यहाँबाट छिर्न लगाएका थिए ।

यसबारे ‘पूर्णिमा’ पूर्णाङ्क ६ (२०२२ः४६–४७)मा भाषा वंशावलीलाई उद्धृत गर्दै ‘लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौविसी हटाया । पश्चिम थेग्लाया...’ भन्ने परेबाट बिसे नगर्ची विभिन्न महत्वपूर्ण युद्धमोर्चामा खटिएका थिए भन्ने प्रमाणित हुन्छ ।

यसबारे ‘पूर्णिमा’ पूर्णाङ्क ६ (२०२२ः४६–४७)मा भाषा वंशावलीलाई उद्धृत गर्दै ‘लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौविसी हटाया ।

शस्त्रअस्त्रका आधार

गोरखा राज्यमा शाहवंशीय शासनका संस्थापक द्रव्य शाहकै पालादेखि आवाद भएर आफ्नो श्रम र सीपले मुलुक भिजाउँदै आएका हुन्, कामी, सार्की तथा दमाईहरुले । युद्धका लागि अत्यावश्यक हतियार र फौजी पोशाक उनै श्रमिक र शिल्पी समुदायको अनुपस्थितिमा सम्भव हुने कुरै भएन ।

पृथ्वीनारायण शाहको समयदेखि गोरखालीहरुले बन्दुकजस्ता आधुनिक हतियार प्रयोगमा ल्याउन थाले । आचार्य (उहीः११७–११८)अनुसार पृथ्वीनारायण शाहले पहिलोपटक बनारसबाट बन्दुक खरीद गरेर ल्याएका थिए । त्यो बेला प्रतिगोटा बन्दुकको मूल्य ६० रुपैयाँ पथ्र्यो । उनले दलाल मार्फत केही बन्दुक खरीद गरेका थिए । कालिगढका लागि एक मुसलमान उस्ताद पनि ल्याएका थिए ।

इतिहासकार डा. राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’ (२०६१ः१७०) लाई उद्धृत गर्दै पद्मलाल विश्वकर्मा (र, अरु) ले सम्पादन गरेको ‘नेपालको दलित आन्दोलनको संक्षिप्त इतिहास’ (२०६३ः४७)मा पृथ्वीनारायण शाहले येखाजङ्ग विश्वकर्मा (कामी) लाई बनारसबाट ल्याएर गोरखाली सैनिकलाई हतियार चलाउने तालिम दिएको उल्लेख गरिएको छ ।

पृथ्वीनारायण शाहको समयदेखि गोरखालीहरुले बन्दुकजस्ता आधुनिक हतियार प्रयोगमा ल्याउन थाले । आचार्य (उहीः११७–११८)अनुसार पृथ्वीनारायण शाहले पहिलोपटक बनारसबाट बन्दुक खरीद गरेर ल्याएका थिए ।

यसबाट आधुनिक हतियारको कालीगढका लागि मुसलमान र प्रशिक्षणका लागि येखाजङ्गलाई बनारसबाट पृथ्वीनारायण शाहले ल्याएको भन्ने बुझ्न सकिन्छ।

विश्वकर्मा (उही) अनुसार पृथ्वीनारायण शाहका कालमा उनलाई साथ सहयोग दिने श्रमिक तथा शिल्पी समुदायका अगुवाहरुमा बिसे नगर्ची र येखाजङ्गसँगै कालु सार्की, जसवीर कामी तथा मनिराम गाइनेको योगदान पनि महत्वपूर्ण रहेको छ । तीमध्ये कालुले सैनिकले लगाउने छालाको टोपी, तोपको दाप, खुँडा, खुकुरी, धनुकाँड सुरक्षित राख्ने झोला, बन्दुक बोक्ने पेटीजस्ता छालाका सामग्री बनाउँथे।

यस्तै जङ्गल फाँडेर गोल बनाई फलामका खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँड जस्ता हतियार बनाउने काम जसवीर कामीले गर्थे। मणिराम गाइनेले चाहिं विभिन्न भागमा डुलेर गीत गाउँदै पृथ्वीनारायण शाहको पक्षमा सुराकी गर्थे।

‘कामी, सार्की र दमाईलाई नखोस्न’

युद्धमा बन्दुकजस्ता आधुनिक हतियारको प्रयोग पृथ्वीनारायण शाहकै समयदेखि शुरु भयो । उनी आफूमाथि आक्रमण गर्ने विदेशी शत्रु सेनामध्ये कतिपयलाई संहार गरेर तथा कतिपयलाई भगाएर बन्दुक र तोप हात पार्न सफल भएका थिए ।

आचार्य (उहीः२८७)अनुसार १८१९ माघ १० गते गुरगिन खाँको नेतृत्वमा आफूविरुद्धको युद्धमा आएको मुस्लिम फौजलाई हराएर गोरखाली फौजले पाँच सय नाल बन्दुक र दुई वटा तोप कब्जा गर्दा पृथ्वीनारायण शाहको खुशीको सीमा थिएन । यस्तै १८२४ को भदौ–असोजमा किन्लकको नेतृत्वमा भएको आक्रमणमा पनि अंग्रेज सेनालाई गोरखाली सेनाले लखेट्दा शत्रुसेनाबाट यस्ता हतियार खोसेको आचार्य (उहीः३३६)ले उल्लेख गरेका छन् ।

जनरल भीमसेन थापालाई नेपाली सेना आधुनिकीकरण गर्ने र हतियार कारखाना खोल्ने जस जान्छ । उनले नेपाल–अंग्रेज युद्ध शुरु हुन लाग्दा बल्ल सैनिकहरुका लागि गोला–बारुद तथा हातहतियार निर्माण गर्ने नयाँ कारखाना खोलेको आचार्यले ‘जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ’ (२०६५ः३३)मा उल्लेख गरेका छन्।

शत्रु सेनाबाट खोसिएको र पछि नेपालमै बन्दुकजस्ता आधुनिक हतियार बन्न थालेपछि नेपाली सेनालाई आधुनिकीकरण गर्दै लगियो । यसमा नेपाली श्रमिक र शिल्पी समुदायले सानो योगदान दिएका छैनन् ।

जनरल भीमसेन थापालाई नेपाली सेना आधुनिकीकरण गर्ने र हतियार कारखाना खोल्ने जस जान्छ । उनले नेपाल–अंग्रेज युद्ध शुरु हुन लाग्दा बल्ल सैनिकहरुका लागि गोला–बारुद तथा हातहतियार निर्माण गर्ने नयाँ कारखाना खोलेको आचार्यले ‘जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ’ (२०६५ः३३)मा उल्लेख गरेका छन्।

यिनै हतियार कारखानाहरुमा पनि श्रमिक र शिल्पी समुदायका सदस्यहरुकै सीप र पसिना उपयोग भयो । यस्ता गोला बारुद र हतियार निर्माण तथा मर्मत गर्ने ठाउँलाई मेगेजिन अड्डा भनिन्थ्यो । अड्डामा फलामको काम गर्ने कामी र छालाको काम गर्ने सार्कीहरुको अत्यन्तै जरुरत पथ्र्यो।

इतिहासकार भवेश्वर पंगेनीको ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८ः६५–६९) अनुसार मेगेजिन अड्डामा आरन, रेतान, ढलान, साफी, सिकर्मी र सार्की फाँट थिए । आरनमा कामीहरुले र छालामा सार्कीहरुले काम गर्थे ।

मेगेजिन अड्डामा फलाम र गोलाबारुदको मात्र होइन, छालाको काम पनि हुन्थ्यो । बन्दुक भिर्ने फित्ता, पेटी, खुकुरी, सङ्गीन आदिका दाप, जुत्ता छालाबाट बन्ने हुँदा यस कामको जिम्मा सार्कीहरुको थियो।

एउटा अचम्मको कुरा के भने राज्यले कामी, सार्की र दमाईलाई तोकेरै देशभरका जिम्मावाल तालुकदारहरुबाट कर पनि उठाउँथ्यो । यस लेखकसँग सुरक्षित राजा राजेन्द्रविक्रम शाहको समयको कर उठाउने विषयमा तालुकदार किपटिया सुब्बाहरुको नाममा जारी लालमोहर उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । १८८४ चैत वदीमा जारी गरिएको यो लालमोहरमा कामीको ताल, सार्कीको पलेटी र दमाईको सुजेरो भन्ने उल्लेख भएको पाइन्छ।

इतिहासकार भवेश्वर पंगेनीको ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८ः६५–६९) अनुसार मेगेजिन अड्डामा आरन, रेतान, ढलान, साफी, सिकर्मी र सार्की फाँट थिए । आरनमा कामीहरुले र छालामा सार्कीहरुले काम गर्थे ।

यो लालमोहरमा उनीहरुबाट कति कर उठाउने गरिएको थियो भन्ने स्पष्ट छैन । तर, राजेन्द्रविक्रमकै समयको अर्को एक लालमोहर अनुसार उनीहरुबाट असुलिने कर अन्य जातिको तुलनामा चौगुना भएको खुल्न आउँछ । राजेन्द्रविक्रमकै शासनकालमा १८८८ कात्तिक सुदी १४ रोज ६ मा जारी भएको यो रुक्का दूधकोशी र बहादुरा खोलादेखि पूर्व र अरुण नदीदेखि पश्चिममा रहेका पुरोहित, भैयाद, चौतारिया, काजी आदिका नाममा जारी गरिएको हो ।

रुक्कामा प्रत्येक घरले हरेक वर्ष मेगेजिन अड्डामा छाला बुझाउन भनिएको छ । छाला बुझाउन नसक्ने घरबाट वर्षेनि दुई–दुई आनाको दरले नगद उठाउनु भनिएकोमा कामी र सार्कीको घरबाट भने वर्षेनि आठ–आठ आना उठाउनु भन्ने आदेश जारी गरिएको छ । यसबाट श्रमिक तथा शिल्पी समुदायलाई ठूलो आर्थिक शोषण पनि गरिंदो रहेछ भन्ने प्रमाणित हुन्छ ।

यसरी अनेक हण्डर खाँदै आफ्नो श्रम र सीपले देशको माटो छपक्क भिजाउनेहरुको महत्व कति थियो र छ भन्ने कुरा जंगबहादुर राणाले आफ्ना भाइलाई लेखेको चिठीमा परेको वाक्यले स्पष्ट पार्छ ।

जंगबहादुरले आफू बेलायत भ्रमणमा रहेको बेला आफ्ना भाइ तत्कालीन कार्यवाहक प्रधानमन्त्री बमबहादुर राणालाई आफ्नै हातले लेखेको पत्र कमल दीक्षितको ‘जंग गीता’ (२०४०ः११) मा छापिएको छ ।

जंगबहादुरले आफू बेलायत भ्रमणमा रहेको बेला आफ्ना भाइ तत्कालीन कार्यवाहक प्रधानमन्त्री बमबहादुर राणालाई आफ्नै हातले लेखेको पत्र कमल दीक्षितको ‘जंग गीता’ (२०४०ः११) मा छापिएको छ ।

चिठीमा भनिएको छ, ‘कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि विग्रन्छ । कारखाना पनि विग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन् ।’

स्वीकार्नैपर्छ, आजसम्म यिनै श्रमिक र शिल्पीहरु माथिको दलन र उत्पीडनले हाम्रो समाजकोे अविवेकी र असभ्य चरित्र प्रतिबिम्बित गरिरहेको छ ।

प्रतिकृया दिनुहोस