रिपोर्ट शनिबार, असार ६, २०७७

“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?”

शुष्मा बराली

“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?”
जाजरकोट र रुकुमको बीचमा रहेको भेरी नदी ।

जवान छोरो गुमाएको पीडामा रहेका मुनलाल र उर्मिला बिकसँगै जाजरकोटको सिंगो रानागाउँ यतिवेला न्यायको पर्खाइमा छ। एक्लो छोरामाथि आफ्नो भविष्य देखेका थिए मुनलाल र उर्मिला दम्पतीले । गाउँका लागि नाम चिनाउने चम्किलो तारा सम्झेको थियो रानागाउँले । गएको १० जेठमा रुकुम पश्चिमको सोतीगाउँमा प्रेमिका लिन गएका नवराज बिक आफ्ना पाँचजना साथीसँगै जातीय विभेदको शिकार बनाइए । अहिले भेरीमा बगाइएका तिनै नवराजसहित ६ जनाको न्यायका लागि लडिरहेको छ, सिंगो रानागाउँ।

प्रेमिकाको कथित उपल्लो जात नवराज बिकका लागि मृत्युको कारण बन्न पुग्यो । प्रहरीले ‘जातीय विभेदकै कारण हत्या भएको निष्कर्ष’ सहित जिल्ला अदालत रुकुममा मुद्दा दायर गरिसकेको छ । हत्या आरोपित २९ जनाले पनि प्रहरीसमक्ष अपराध स्वीकार गरेका छन् ।

तर, प्रहरीको मुचुल्का, मृतकको शवको पोस्टमार्टम रिपोर्ट र राजनीतिक चहलपहलले न्याय पाउनेमा निश्चिन्त छैनन् पीडित परिवारहरू ।

यो पनि पढ्नुसः चौरजहारी घटना: तीन वर्षदेखिको प्रेम, तीन मारिए, तीन बेपत्ता

चौरजहारी घटनाका मृतक र वेपत्ताका आफन्तहरू । तस्वीरहरु: प्रवीर

मुनलाल र उर्मिलाका आँखा अझै ओभाएका छैनन् । नवराजको कोठा र कोठामा सजाइएका उनका प्रमाणपत्रले झस्काउँछ उनीहरूलाई । मुसार्दै भक्कानिन्छिन् उर्मिला । घटना घटेकै दिन मध्यराति पहिलो पटक छोराको शव देखेर बेहोश भएका मुनलाल टोलाइरहन्छन्, वेला–वेलामा अचेत भइरहन्छन्।

मुनलाल र उर्मिलाका आँखा अझै ओभाएका छैनन् । नवराजको कोठा र कोठामा सजाइएका उनका प्रमाणपत्रले झस्काउँछ उनीहरूलाई । मुसार्दै भक्कानिन्छिन् उर्मिला । घटना घटेकै दिन मध्यराति पहिलो पटक छोराको शव देखेर बेहोश भएका मुनलाल टोलाइरहन्छन्, वेला–वेलामा अचेत भइरहन्छन्।

खेलकुदमा च्याम्पियन नवराज गाउँका युवाहरूका आकर्षण थिए । विद्यालय, क्षेत्रीय, जिल्लास्तरीयदेखि प्रथम राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितासम्म जितेका दर्जनौं मेडल र प्रमाणपत्रले सिंगारिएको छ नवराजको कोठा । एनसीसी क्याडेटमा स्वयंसेवक हुँदा पाएको नीलो रंगको पोशाक कोठाको एउटा कुनामा झुण्ड्याइएको छ ।

खेल र पढाइमा अब्बल नवराजले प्रहरीमा जागिर खाएर परिवार पाल्ने सपना बोकेका थिए । नवराजको त्यही सपनाले तर्साउँछ उर्मिला दम्पतीलाई । त्यो भन्दा बढी तर्साएको छ, प्रेम गरेर बदलामा मृत्यु पाएका नवराजसहित उनका पाँचजना साथीहरूले न्याय नपाउने चिन्ताले ।

“प्रहरीमा जागिर गरेर पाल्छु भनेको थियो, विवाह गर्न खोज्दा हत्या भयो” मुनलाल र उर्मिलाले चिन्ता व्यक्त गर्छन्, “मनले नमाने पनि उसलाई त मारिसके, न्याय पनि मार्छन् कि भन्ने चिन्ता छ । के थाहा, गरीबको पक्षमा फैसला नगर्न पनि त सक्छन् !”

नवराजको प्रेमसँग डर थियो बुवाआमालाई

रुकुमको सदरमुकाम खलंगा नजिकैको कुदुमा २०७५ सालको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना भएको थियो । नवराज खेलाडीका रूपमा सहभागी हुन कुदु पुगेका थिए । प्रतियोगिता हेर्ने हजारौंको भीडमा पुगेकी थिइन्, चौरजहारीकी एक किशोरी सुष्मा मल्ल (नाम परिवर्तन) पनि। 

मृतक नवराजका आमाबुवा।

खेलकुदमा राम्रो प्रदर्शन गरेका नवराजले धेरैको प्रशंसा बटुले । आकर्षणमा परे उनी । त्यहीं भएको थियो, सुष्मा र नवराजबीचको पहिलो भेटघाट । त्यसपछि फेसबूकमा साथी बनेका उनीहरूले जीवनसाथी बन्ने सपना बुनिसकेका थिए । फेसबूक र फोनबाट उनीहरूको सम्बन्ध विस्तारै भेटघाटमा बदलिएको थियो ।

नवराज कथित दलित थिए, सुष्मा कथित ठकुरी । जातलाई उनीहरूको प्रेमले जितेको थियो, डरले नवराजको परिवारलाई।

सुष्मासँगको छोराको प्रेम बारे उनी घरमा बस्न आउँदा नै थाहा पाएकी थिइन् उर्मिलाले । “पहिलो पटक घरमा आउँदा त छोरीकी साथी हो भन्ने सोचेका थियौं । पछि छोराको कोठामा गफ गरेको सुनेपछि चाल पायौं, छोरी होइन छोराकै साथी रहिछन्”, उनले भनिन्। 

हरेक वर्षको पुस महीनामा जाजरकोटमा रानागाउँ नजिकै मेला लाग्छ । गएको वर्षको मेलामा रानागाउँ आएकी सुष्मा नवराजकै घरमा बसेकी थिइन् । “पुसको मेला हेर्न आएको वेला चार दिनसम्म हाम्रै घर बसेकी थिइन्” उर्मिला सम्झिन्छिन् “त्यही महीनाको दोस्रो हप्ता पनि मेरी बहिनीको छोराको जन्मदिनमा आएकी थिइन् । त्यतिवेला तीन दिन हाम्रै घरमा बसेर गएकी हुन्।”

सुष्मासँगको छोराको प्रेम बारे उनी घरमा बस्न आउँदा नै थाहा पाएकी थिइन् उर्मिलाले । “पहिलो पटक घरमा आउँदा त छोरीकी साथी हो भन्ने सोचेका थियौं । पछि छोराको कोठामा गफ गरेको सुनेपछि चाल पायौं, छोरी होइन छोराकै साथी रहिछन्”, उनले भनिन्।

यो पनि पढ्नुसः रुकुम घटनाबारे छानबिनका लागि संसदीय समिति बनाउन सांसदहरुको माग

सञ्जु विककी आमा (बीचमा) ।

छोराको मोबाइलमा दुई जनाको फोटो देखेपछि डराएका नवराजका बुवाआमाले छोरालाई नसम्झाएका होइनन् । मुनलालले फोटो भएको छोराको मोबाइल बोकेर किशोरीका आफन्तलाई समेत जानकारी गराएका थिए । खलंगामा व्यापार गरेर बस्ने किशोरीका आफन्त (ठूलोबुवा) इन्द्रबहादुर मल्ललाई भेट्न गएका मुनलालले धम्की खेपेर फर्किनुपर्‍यो। “के हो तिमीलाई पनि मल्ल ठकुरीको सम्धी हुने मन छ ?” इन्द्रबहादुरले सोधेको तीखो प्रश्न अहिले सम्झिन्छन् मुनलाल।

डराएका मुनलालले त्यसपछि राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ र कुशे गाउँपालिका १ का अध्यक्ष तथा दलित अधिकारकर्मी गोपाल नेपालीसँग पनि यस विषयमा सल्लाह मागेका थिए।

सुष्मा मात्रै होइन उनका भाइ लक्ष्मण मल्ल पनि गएको वैशाखमा ८ दिनसम्म बसेका थिए नवराजको घरमा।

डराएका मुनलालले त्यसपछि राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ र कुशे गाउँपालिका १ का अध्यक्ष तथा दलित अधिकारकर्मी गोपाल नेपालीसँग पनि यस विषयमा सल्लाह मागेका थिए।

त्यही दिन हो, नवराजलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाइएको । नवराज र उनका दुई जना साथी भएर किशोरीका भाइलाई पुर्‍याउन रुकुमको सोतीगाउँ गएका वेला उक्त घटना भएको थियो । वडाध्यक्ष डम्बरबहादुर मल्लले कुटपिट गरेर प्रहरीलाई बुझाएको र छलफल गर्न आउभन्दा नगएपछि दोस्रो दिन प्रहरीले आफूलाई बोलाएर छोरालाई बुझ्न कागजमा हस्ताक्षर गर्न लगाएको उर्मिलाले बिर्सेकी छैनन् ।

योजनाबद्ध आक्रमण

गएको १० जेठ, दिउँसो करीब १ बजेदेखि ३ बजेको समयमा नवराज र उनका साथीहरूले विभिन्न ठाउँमा भेटेर भेरी नदीको झोलुङ्गे पुल तरेर सोतीगाउँतिर लागे ।

यो पनि पढ्नुसः रुकुम घटना अनुसन्धान गर्न गठित संसदीय समितिद्वारा सभामुखसँग छलफल

झोलुङ्गे पुल तरेर ग्राभेल गरिएको मध्यपहाडी लोकमार्ग हुँदै केहीबेर उकालो हिंडेपछि ढुंगाखानी आउँछ । त्यहाँबाट तेर्साे लागेपछि सुष्माको घर पुगिन्छ । बेलुकाको करीब ५ बजे नवराज र उनका साथीहरू सोती पुगेपछि सुष्माको घरभन्दा करीब १०० मिटर वरै बारीमा उनकी आमासँग भेट भयो । घाइते भएका नवराजका साथीहरूका अनुसार सुष्माकी आमाले परैबाट जातीय विभेदजन्य गाली गर्न थालिन् ।

उनीहरू त्यसपछि केही नबोली बाटैबाटो फर्किएर केही तल पुगेर ओरालोमा पानी पिए । घटनामा घाइते भएका इन्द्रजङ्ग शाहीका अनुसार पानी पिएर ओरालो लाग्दै थिए, एकाएक एक हूल मानिसको झुन्डले उनीहरूमाथि आक्रमण शुरू गर्‍यो ।

नवराज विकको घरमा जम्मा भएका आफन्त र स्थानीयहरू।

शाहीका अनुसार कान्लैकान्लाबाट हाम्फाल्दै युवाको समूह मध्यपहाडी राजमार्गमा पुगे । तर त्यहाँ दुवैतिर मानिसहरू छेकेर बसेका थिए ।

चारैतिरबाट घेरिएका उनीहरूलाई भेरीपारि पनि फूटबल खेल्न गएका सोतीका युवाले छेकेर आक्रमण गरेको घाइते सुदीप खड्काले हिमालखबरसँग बताए । “सयौं मानिस हातमा आँसी, लट्ठी, ढुंगामुढा लगायतका घरेलु हतियारले अन्धाधुन्द आक्रमण गरिरहेका थिए” हातमा आँसीले हानेको घाउ देखाउँदै खड्काले भने ।

एकैपटक लखेट्न आइपुगेका त्यति धेरै मान्छे देखेपछि आफू निराश भएको र मरे पनि मरिन्छ भनेर भेरीमा हाम फालेको घाइते युवाको बयान छ। घाइते खडका भन्छन्, “पारिबाट त सबै घरका मान्छे जम्मा भएर लखेटे पनि वारि समेत त्यति ठूलो हूल आएर कुटपिट गर्न थालेपछि बल्ल हामीलाई पहिल्यै योजना बनाएको थाहा भयो। तर, त्यतिवेला हामीसँग समय थिएन। हामी तितरवितर भइसकेका थियौं।”

यो पनि पढ्नुसः चौरजहारी घटना छानविनका लागि संसदीय विशेष समिति गठन

“युवाहरू आफ्नो बाटो फर्किसकेपछि गाउँले बोलाएर आक्रमण गरेको देखिन्छ” भन्छन् डीएसपी किशोरकुमार श्रेष्ठ ।

“बन्दाबन्दीमा १८ जना मान्छे कसरी अर्को जिल्ला पुगे भन्ने प्रश्न पनि उठेको थियो” उनी भन्छन्, “विभिन्न ठाउँबाट पुलमा जम्मा भएर हिंडेका रहेछन् । चौरजहारी, मटेला, जाजरकोटबाट उनीहरू छुट्टाछुट्टै हिंडेर एकान्तमा रहेको धल्ला पुलमा जम्मा भएर गएको देखियो ।”

चारैतिरबाट घेरिएका उनीहरूलाई भेरीपारि पनि फूटबल खेल्न गएका सोतीका युवाले छेकेर आक्रमण गरेको घाइते सुदीप खड्काले हिमालखबरसँग बताए । “सयौं मानिस हातमा आँसी, लट्ठी, ढुंगामुढा लगायतका घरेलु हतियारले अन्धाधुन्द आक्रमण गरिरहेका थिए” हातमा आँसीले हानेको घाउ देखाउँदै खड्काले भने ।

त्यत्रो घटना हुँदा पनि उल्टै पीडितलाई पक्राउ गरेको भनेर प्रहरीको आलोचना भइरहेको छ । घाइते खड्काका अनुसार सडकमा आफूहरूमाथि हातपात भइरहँदा प्रहरीले सिट्ठी बजायो मात्रै मूकदर्शक भएर बस्यो र, उल्टै घाइतेलाई नियन्त्रणमा लिएर रातभर सोधपुछ गर्‍यो । तर, हराएका नवराज लगायतको खोजीमा ध्यानै दिएन । घाइते खड्का भन्छन्, “आक्रमण भएकै समयमा हामी को को थियौं भनेर सोधी दिएको भए नवराजहरू नमारिन पनि सक्थे ।”

मृतक नवराज विकको घर जाजरकोटको भेरी गाउँपालिकामा जम्मा भएका स्थानीय ।

घटना भएकै राति ८ बजेतिर पुल नजिकै भेरीमा शव भेटिएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । राति ११ बजेसम्म त प्रहरीले उक्त शव नवराज बिकको नै हो भन्ने सनाखत नै गरिसकेको थियो ।

यो पनि पढ्नुसः रुकुमको चौरजहारी घटना : 'आउँदैछन् भन्ने थाहा पाएपछि बाटो ढुकेर आक्रमण' {तस्वीरहरू}

तर नियन्त्रणमा लिइएका युवाहरूलाई साथमा को को थिए भन्ने विषयमा प्रहरीले सोधीखोजी नै गरेन । घाइते पीडितहरू प्रहरीको उक्त भूमिका शंकास्पद रहेको बताउँछन् । “त्यतिका मान्छेले हामीलाई लखेटी–लखेटी हाने, तर पुलिसले हामीलाई नै समात्यो । हाम्रै साथीहरू बारे हामीलाई सोध्दै सोधेन”, घाइतेमध्ये एकजना १७ वर्षीय लालबहादुर खड्काले भने । उनका अनुसार नवराजसहित अन्य ६ जना साथीहरू हराएको सूचना प्रहरीलाई नदिएका होइनन् । तर, पुलिसले त्यतातिर चासो दिन आवश्यक नै ठानेन ।

प्रहरीको औपचारिकता, स्थानीयको सक्रियता

शव खोज्नका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थल पुगे पनि उनीहरू पीडित परिवारप्रति संवेदनशील नदेखिएको बताउँछन् मृतक गोविन्द शाहीका दाजु सन्देश शाही । “उनीहरू आएर खोजी गर्ने काममा लाग्दै नलागेको त होइन तर संवेदनशीलता भन्ने नै देखिएन”, सन्देशले हिमालखबर सँग भने ।

सन्देशले आफ्नै साथी सुवर्ण रोकायालाई लिएर लगातार दश दिन खोजेपछि आफ्नो भाइको शव भेट्टाए । तर शवको प्रकृति र अवस्थाबारे मुचुल्कामा नलेखिएको सुवर्णले बताए । “सबै शव निकाल्ने म नै हुँ। मृतक गणेश बुढामगरको हात डोरीले कसेर बाँधिएको र भाँचिएको अवस्थामा भेटिएको थियो । ती कुरा मुचुल्कामा प्रष्टसँग उल्लेख गरिएको छैन”, उनले भने ।

न्यायको माग गर्दै नाराबाजी गरिरहेका स्थानीय ।

भेरी नदीमा भेटिएका शवहरू कसैको पनि पेट नफुलेको, अंगभंग भएको, गर्दन भाँचिएको, कसैको दाँत झरेको, खुट्टा, हात भाँचिएको, टाउको फुटेको, आँखा फुटेको, पिठ्युँ, छातीमा चोट लागेको र यौनाङ्ग समेत काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ ।

शवको अवस्थाबारे जस्ताको त्यस्तै यथार्थ मुचुल्कामा नउतारेकाले न्याय पाइन्छ भन्ने आशंका व्यक्त गर्छन् सन्देश शाही।

घटना भएको दोस्रो दिन दिउँसो ४ बजे टीकाराम सुनारको शव सुवर्णले निकालेका थिए । टीकारामको मुख, नाक र कानबाट आलै खुन आएको थियो, तर मुचुल्का टोलीले त्यसलाई उल्लेख नै गरेन । त्यति मात्रै होइन, सुवर्ण र सन्देशले तीन वटासम्म शव फेला पार्दासम्म पनि प्रहरी प्रशासनले कुनै कारबाही अगाडि नबढाएको पीडितको गुनासो छ।

यो पनि पढ्नुसः रुकुम घटना: फौजदारी अपराध कि जातपात र राजनीति ?

१४ जेठमा घटनास्थलको ४० किलोमिटर पर भेरी नदीमा लोकेन्द्र सुनारको शव पछाडि हात बाँधेको अवस्थामा भेटियो । तर प्रहरीले माछा मार्ने जाली अल्झिएको भनेर मुचुल्कामा लेख्यो । “बकाइदा डोरीेले पछाडि लगेर कसेर हात बाँधेको छ, मुचुल्का टोलीले हातमा माछा मार्ने जाल अड्किएको भन्दा निकै दुःख लाग्यो”, सुवर्णले भने।

घटना भएको दोस्रो दिन दिउँसो ४ बजे टीकाराम सुनारको शव सुवर्णले निकालेका थिए । टीकारामको मुख, नाक र कानबाट आलै खुन आएको थियो, तर मुचुल्का टोलीले त्यसलाई उल्लेख नै गरेन । त्यति मात्रै होइन, सुवर्ण र सन्देशले तीन वटासम्म शव फेला पार्दासम्म पनि प्रहरी प्रशासनले कुनै कारबाही अगाडि नबढाएको पीडितको गुनासो छ।

मुचुल्का टोलीले घटनाको प्रकृति यथार्थ उल्लेख नगरेपछि सुवर्ण रोकाय लगायतका स्थानीय आफैं विना सेफ्टी शव खोज्न नदीमा पस्नु परेको उनीहरूको भनाइ छ । सबैभन्दा अन्तिममा शव भेटिएका गोविन्द शाहीलाई त हत्यापछि गाडेर पछि नदीमा फालिएको उनीहरूको आरोप छ । “गोविन्दको मुखमा दाँत थिएनन्, निधार, नाक सब काटिएको, र गर्धन भाँचिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा मारेपछि शवलाई गाडे र हल्लाखल्ला भएपछि शव निकालेर भेरीमा फालेका रहेछन्”, सन्देशले भने।

तस्वीरः विगन्युजखबर

यति बीभत्स हत्या गरेको शवको पोस्टमार्टम रिपोर्ट डाक्टरले फर्जी निकालेको भन्दै उनीहरू आक्रोशित बनेका छन् । शव निकालेपछिको फोटो र भिडियोमा घरेलु हतियार प्रयोग गरेको घाउ–चोट देखिंदा पनि पोस्टमार्टम रिपोर्टमा नदीमा बगेको भनेर उल्लेख भएपछि मिलेमतो रहेको आशंका उनीहरूको छ।

साथै, घटनाले यति ठूलो रूप लिइसक्दा पनि जाजरकोट र रुकुमपश्चिमका स्थानीय जनप्रतिनिधिबीच अहिलेसम्म एकपटक पनि छलफल भएको छैन । चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा र भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमगरबीच टेलिफोन संवादसम्म भएको छैन । उनीहरू दुवैजना सत्तारुढ नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

उनीहरूको धारणा पनि फरकफरक छ । “घटनाको प्रकृति हेर्दा योजनाबद्ध गरिएको र एकतर्फी आक्रमण गरिएको प्रष्टै देखिन्छ”, जाजरकोटको भेरी नगरपालिकाका मेयर घर्तीमगर भन्छन्।

चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा भने “हत्या नभएर भेरी नदीमा हामफालेर मरेको र घटनाको कारकतत्व जातीय विभेद नरहेको” बताउँछन्।

यो पनि पढ्नुसः जर्ज फ्लोइड र नवराज विक हत्यापछि उठाइएका जातीय प्रश्न

प्रतिकृया दिनुहोस