समाचार सोमबार, माघ १३, २०७६

शंकास्पद दुई बिरामी नोभल कोरोनाभाइरस संक्रमित नभएको पुष्टी

रामु सापकोटा

शंकास्पद दुई बिरामी नोभल कोरोनाभाइरस संक्रमित नभएको पुष्टी

नोभल कोरोनाका संकास्पद बिरामीको स्वास्थ्य परिक्षणबाट उनीहरु उक्त भाइरसबाट संक्रमित नभएको देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन जना शंकास्पद बिरामीको घाँटीमा भएको स्वाब जाँच गरेकोमा दुई जनामा नोभल कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको हो ।

प्रयोगशालाका अनुसार बाँकी एक जनाको स्वास्थ्य परिक्षण रिपोर्ट मंगलबारमात्र आउनेछ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पनि हिमालखबरसँग कुरा गर्दै दुई जना बिरामीमा कोरोनाभाइरस ‘नेगेटिभ’ देखिएको र एक जनाको स्वास्थ्य परिक्षण भइरहेको बताएका छन् ।

शंकास्पद तीन जना बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो ।

त्यसै क्रममा उनीहरुलाई नोभल कोरोनाभाइरस भए वा नभएको पुष्टी गर्न प्रयोगशालामार्फत स्वाब जाँच गरिएको थियो ।

नोभल कोरोनाभाइरस नेगेटिभ देखिएका दुई बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबार डिसचार्ज गरिसकेको छ ।

नेपालमा यसअघि नोभल कोरोनाभाइरस जाँच्ने उपकरण भए पनि रिएजेन्टको अभावमा सञ्चालनमा आउन सकेको थिए ।

तर, प्रयोगशालाले रिएजेन्ट ल्याएर नोभल कोरानाभाइस जाँच्न उक्त ल्याब पहिलो पटक सञ्चालनमा ल्याएको हो ।

यसअघि नेपालमा कोरोनाभाइरसबाट एकजना नेपाली संक्रमित भएको पुष्टि भएको थियो । १० माघमा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर पहिलोपटक चीनबाट फर्किएका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार साँझ कोरोनाभाइरस पुष्टि नभएको विज्ञप्तीसमेत सार्वजनिक गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विज्ञप्ती।

 

कोरोना भाइरसबारे प्रधानमन्त्रीसँग छलफलपछि चीनमा रहेका शंकास्पद बिरामी खोजिंदै

कोरोना भाइरसबाट चीनमा ८० जनाको मृत्यु, २७ सयभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा छुट्टै ‘पार्किङ’

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस