समाचार मंगलबार, मंसिर ३, २०७६

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु

रासस

मरेको कुखुराको मासु खाँदा मंगलबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँकी १५ वर्षीया पुष्पा पार्की रहेकी छन्।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

मासु खाएपछि बान्ता हुने, झाडापखाला लगायत लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो।

मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् ।

उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस