समाचार मंगलबार, कात्तिक २६, २०७६

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

रासस

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस