समाचार शुक्रबार, कात्तिक २२, २०७६

 नेपाल राष्ट्र ब्यांकले सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

रासस

नेपाल राष्ट्र ब्यांकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गरेर सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

ब्यांकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी २८ माघमा परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी ३० वैशाखमा परिपक्व हुनेछ ।

ब्यांकले यसअघि यही १८ कात्तिकमा रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिकृया दिनुहोस