समाचार शुक्रबार, कात्तिक १५, २०७६

जीप दुर्घटनामा दुईको मृत्यु

रासस

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जीप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अर्का एक मृतकको पहिचान खुलेको छैन ।

प्रहरी निरीक्षक शर्माका अनुसार जीपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीनजना जीप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भीरमा खसेका थिए । रुखमा अड्किएका एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा जीप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।

प्रतिकृया दिनुहोस