समाचार मंगलबार, कात्तिक १२, २०७६

नेपाल संवत्‌ले आपसी सद्भाव अभिवृद्धि गरोस्: राष्ट्रपति भण्डारी

रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत्‌को नयाँ वर्ष ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र प्रगतिको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको मौलिक संवत्‌को रुपमा रहेको नेपाल संवत्‌ले सबैमा सहिष्णुता, भ्रातृत्व र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको मंगलबार जारी शुभकामना सन्देशमा उल्लेख गरेकी छन्।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, "नेपाल संवत्‌को नयाँ वर्षले सबैमा नयाँ जोश, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस्।"

प्रतिकृया दिनुहोस