समाचार शनिबार, कात्तिक ९, २०७६

प्रधानमन्त्री ओली पाकिस्तानी र बाङ्लादेशी समकक्षीसँग भेट्दै

रासस

असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पाकिस्तानी र बाङ्लादेशी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले शनिबार अपरान्ह बाङ्लादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले बताए । 

आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस