समाचारबिहिबार, ९ आश्विन , २०७६

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

रासस

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तस्वीर : रासस

सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रूपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो।

प्रतिकृया दिनुहोस