खेलकुदबुधबार, ८ आश्विन , २०७६

टेनिसमा कमल थापालाई दोहोरो उपाधि

रासस

नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआईसी एशिया ब्यांक नेपाल आईटीएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् ।

फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रंगशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि प्राप्त गरेका हुन्।

त्यसैगरी थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगलतर्फको समेत उपाधि जितेको छ। थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो ।

च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् ।

३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् ।

प्रतिकृया दिनुहोस