४२ वर्षपछि भगवानबहालमा फर्किए नागराज
काठमाडौंको नक्सालस्थित भगवानबहालमा ४२ वर्षपछि नागराजको मूर्ति पुन:स्थापना गरिएको छ।
स्थानीय बासिन्दाले सोमबार नागराजको मूर्ति पुन:स्थापना गरेका हुन्। छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट पूजापाठ गरेर स्थानीय बासिन्दाले नागराजलाई नक्सालमा ल्याएका छन्।
नागराजको मूर्ति २०३९ सालमा भगवानबहालबाट चोरी भएको थियो। नेपालबाट चोरी भएको मूर्ति अमेरिकाको मेरिलिन बी. आल्सफोर्ड ट्रस्टमा भेटिएको थियो। दुवै देशका सरकारी निकाय, संघसंस्थाको पहलबाट २०७९ सालमा उक्त मूर्ति नेपाल फिर्ता ल्याइएको थियो। त्यसयता छाउनीस्थित संग्रहालयमा राखिएको थियो।