सीके राउतद्वारा आन्दोलनको घोषणा (तस्वीरहरू)
![सीके राउतद्वारा आन्दोलनको घोषणा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ck-raut-(7)-1716887821.jpg)
सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ आन्दोलनको घोषणा गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्।
देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ।
घोषणासभामा सहभागी हुन तराई-मधेशका विभिन्न भागबाट सर्वसाधारण काठमाडौं आएका छन्। उनीहरू र्याली सहित भृकुटीमण्डप पुगेका छन्।
![ck raut (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/janamat party/ck/ck raut (8).jpg)
![ck raut (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/janamat party/ck/ck raut (2).jpg)
![ck raut (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/janamat party/ck/ck raut (1).jpg)
![ck raut (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/janamat party/ck/ck raut (4).jpg)