पोखरा नेपालकाे पर्यटकीय राजधानी घोषणा
![पोखरा नेपालकाे पर्यटकीय राजधानी घोषणा](https://www.himalkhabar.com/uploads/posts/800X600/pokhara-(4)-1709129639.jpg)
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशको पर्यटकीय राजधानी पनि घोषणा गरिएको छ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पोखरासँग जोडिएका स्थानीय सरकार तथा संघसंस्थाको पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो।
आइतबार बाराहीघाट लेकसाइडमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गरेका हुन्।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले भने, “प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अदिप्तीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु।”
![tourism capital (1).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (1).JPG)
पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लामो समयदेखि प्रयास भइरहेको थियो। पोखराका पर्यटन व्यवसायीले यसका लागि दवाव दिँदै आएका थिए।
पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लामो समयदेखि प्रयास भइरहेको थियो। पोखराका पर्यटन व्यवसायीले यसका लागि दबाब दिंदै आएका थिए।
![tourism capital (5).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (5).JPG)
गण्डकी सरकारले २०७५ सालमा पर्यटकीय राजधानी घोषणाका लागि तयारी थालेको थियो। तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ मंसीर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति मागेका थिए। संघीय सरकारले अनुमति दिएको थिएन।
त्यसपछि प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यसलाई समेटेको थियो। गण्डकी सरकारको नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै देशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने उल्लेख गरिएको थियो।
![tourism capital (11).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (11).JPG)
त्यस्तै, पोखरा महानगरको २०७९ जेठमा बसेको नगर कार्यपालिकाको बैठकले पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो।
प्रदेश र स्थानीय सरकारको आग्रह संघीय सरकारले मानेको थिएन। अहिले भने प्रदेश र स्थानीय सरकारले आफ्नै पहलमाी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन्।
![tourism capital (12).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (12).JPG)
पोखराका मेयर धनराज आचार्यले पोखरा प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकीय गन्तव्यका रूपमा रहेको उल्लेख गर्दै पर्यटकीय राजधानी घोषणाले यस क्षेत्रलाई नै फाइदा पुग्ने बताए। आचार्यले भने, “गण्डकी प्रदेशसँगै मुलुकको समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौं।”
यससँगै मेयर आचार्यले पोखराका प्रमुख पर्यटकीय स्थल आजदेखि नै चौबीसै घण्टा खुला रहने घोषणा गरेका छन्। स्थानीय प्रशासनसँगको समन्वयमा पोखराका पर्यटकीय स्थलमा चौबीसै घण्टा सुरक्षाको व्यवस्था गरिएको उनले बताए।
![tourism capital (15).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (15).JPG)
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय पर्यटकीय राजधानी घोषणा अध्ययन समिति गठन गरिएको थियो। त्यसले दिएका सुझावका आधारमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने मेयर आचार्यले बताए।
![tourism capital (17).JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/pokhara/tourism capital/tourism capital (17).JPG)