लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त
![लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त](https://www.himalkhabar.com/uploads/posts/800X600/Lumbini-1709711124.jpg)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्री चौधरीले मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमूना)लाई बुधबार पदबाट बर्खास्त गरेका हुन्। मास्की अर्थ र केसी शहरी विकासमन्त्री थिए।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी आफूले पार्टीको निर्देशन अनुसार माओवादीका मन्त्रीलाई हटाएको हिमालखबरलाई बताए।
मुख्यमन्त्री चौधरीले बर्खास्त गरेपछि आफ्ना मन्त्री बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा र प्रमुख सचेतक इन्द्रजित थारुले एक विज्ञप्ति जारी गरेर संविधानको धारा १८८ उपधारा २ अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।