सिंहदरबार पुग्न नपाएका पैताला (तस्वीरहरू)
![सिंहदरबार पुग्न नपाएका पैताला (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/meter-byaj-main-1708691583.jpg)
पूर्व र पश्चिमबाट हिंडेको २५औं दिनमा काठमाडौं पुगेका मिटरब्याज पीडितलाई सिंहदरबार नपुग्दै रोकिएको छ।
देशका विभिन्न भागबाट आएका उनीहरू सिंहदरबार पुगेर समस्या सुनाउने योजनामा थिए। तर प्रहरीले सिंहदरबार क्षेत्रमा प्रवेश गर्न नदिएपछि भृकुटीमण्डप पुगेर प्रदर्शन गरेका छन्।
उनीहरू आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिंहदरबार मार्चका लागि आएका थिए। मेची र महाकालीबाट आएका दुवै टोली चितवनबाट सँगसँगै काठमाडौं पुगेका हुन्।
![meter byaj (4).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (4).jpg)
उनीहरूले २५ दिनमा ७०० किलोमिटरभन्दा बढी पैदलयात्रा गरेका छन्। यस क्रममा कैयौं पीडित बिरामी परेका छन्।
धेरैजसोका पैताला फुटेका छन्। कैयौंका पैतालामा फोका उठेका छन्। जसले गर्दा हिंड्न पनि मुश्किल भइरहेको उनीहरूले सुनाए।
![meter byaj (16).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (16).jpg)
यसअघि पनि उनीहरू पैदल मार्च गर्दै काठमाडौं आएका थिए। त्यति वेला माग पूरा गर्ने प्रतिबद्धता गरेर सरकारले फिर्ता पठाएको थियो।
यस पटक भने उनीहरूलाई सिंहदरबार छेउछाउ पनि जान दिइएन। उनीहरू भृकुटीमण्डप पुगेर सुस्ताइरहेका छन्।
![meter byaj (10).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (10).jpg)
![meter byaj (11).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (11).jpg)
![meter byaj (3).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (3).jpg)
![meter byaj (13).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (13).jpg)
![meter byaj (1).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (1).jpg)
![meter byaj (2).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (2).jpg)
![meter byaj (5).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (5).jpg)
![meter byaj (14).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (14).jpg)
![meter byaj (8).jpg](https://www.himalkhabar.com/uploads/editor/social/meterbyaj pidit/meter byaj (8).jpg)