विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा प्रारम्भ
![विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा प्रारम्भ](https://www.himalkhabar.com/uploads/posts/800X600/WSF_4-1707980351.jpg)
विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा प्रारम्भ भएको छ।
काठमाडौंको भृकुटीमण्डमा सम्मेलन शुरू भएको हो। ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ शुरू भएको सम्मेलनको यो १६औं संस्करण हो।
![WSF_1.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_1.jpg)
सम्मेलनको उद्घाटनअघि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ। भृकुटीमण्डपबाट शुरू भएको सांस्कृतिक झाँकी सहितको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेको छ।
दिउँसो साढे १ देखि अपराह्न ४ बजेसम्म उद्घाटन समारोहका सत्र सञ्चालन हुनेछन्। त्यसपछि साँझ पनि सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
![WSF_8.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_8.jpg)
आजदेखि प्रारम्भ भएको सम्मेलन फागुन ७ गतेसम्म चल्नेछ। सम्मेलनमा १३ वटा मुख्य विधा र त्यसमा आधारित ४०२ वटा उपविधामा छलफल हुनेछ।
सम्मेलनका लागि विभिन्न देशका सामाजिक आन्दोलनमा सहभागी अगुवा, अभियन्ता तथा नागरिक काठमाडौंमा आइपुगेका छन्। उनीहरूले पाँच दिनसम्म वैकल्पिक विश्वबारे विचारविमर्श गर्नेछन्।
![WSF_6.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_6.jpg)
![WSF_5.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_5.jpg)
![WSF_2.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_2.jpg)
![WSF_7.jpg](https://www.himalkhabar.com/uploads/editor/social/WSF_2024/WSF_7.jpg)