दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप (तस्वीरहरू)
![दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/durga-balkhu-(6)-1700731551.jpg)
काठमाडौंको बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको हो।
प्रदर्शनका क्रममा प्रसाईंका समर्थकले सुरक्षा घेरा तोड्न खोजेपछि झडप भएको हो। प्रसाईंलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको थियो।
![durga balkhu (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (1).jpg)
काठमाडौंका विभिन्न भागबाट बल्खु पुगेका प्रसाईंका समर्थक निर्धारित क्षेत्र छोडेर कुलेश्वरतिर आउन खोजेपछि प्रहरीले रोकेको थियो। त्यही क्रममा उनीहरूले ढुंगा प्रहार गरेपछि झडपको स्थिति आएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। बल्खु चोकबाट शहरतिर पस्न खोज्ने प्रदर्शनकारीलाई रोक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
![durga balkhu (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (4).jpg)
प्रसाईं र राष्ट्रिय युवा संघले माइतीघरमा प्रदर्शन गर्ने तय गरेका थिए। झडपको स्थिति आउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंलाई बल्खु र युवा संघलाई तीनकुनेमा प्रदर्शनका लागि अनुमति दिएको थियो।
युवा संघले तीनकुनेमा प्रदर्शन गरिरहेको छ। प्रसाईंका समर्थक भने बल्खु चोक छोडेर शहरतिर आउन खोजिरहेका छन्।
![durga balkhu (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (3).jpg)
![durga balkhu (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (5).jpg)
![durga balkhu (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (2).jpg)
![durga balkhu (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/durga balkhu (7).jpg)